×

NMB BANK
NIC ASIA

धवलागिरि अस्पतालको आईसीयूमा जनशक्ति अभाव

मंसिर १६, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

धवलागिरि अस्पतालकोे सघन उपचार कक्ष (आईसीयू) मा अहिले २ जना कोरोना संक्रमित उपचाररत छन् ।

Muktinath Bank

महामारीको समयमा कुनै पनि बेला ३ शय्याको आईसीयूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आईसीयूमा कोरोनाका गम्भीर बिरामी बढेमा सेवा प्रवाह चुनौतीपूर्ण हुने पक्का छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईसीयू सञ्चालनका लागि चाहिने दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ अस्पतालमा छैन । 


Advertisment
Nabil box
Kumari

अस्पतालका अन्य विभाग र सेवामा कार्यरत चिकित्सक नै आईसीयूमा खटिनुपरेको छ । आईसीयू हेर्ने चिकित्सक/नर्सलाई आइसोलेसन कक्षको समेत जिम्मेवारी छ । ३ शय्याको आईसीयूमा १२ जनासम्म नर्स आवश्यक पर्ने अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेल बताउँछन् ।

Vianet communication
Laxmi Bank

‘अहिले जम्मा ५–६ जना नर्स हुनुहुन्छ, आइसोलेसन र आईसीयू दुवैतिर उहाँहरू नै खटिनुपरेको छ,’ उनले भने । ३ चरणमा पालो गरेर खटिनुपर्नेमा नर्सले त्योभन्दा बढी कार्यबोझ उठाउनुपर्ने अवस्था छ । गम्भीर लक्षण सहितका संक्रमित बढ्ने र धेरैलाई आईसीयू चाहिने स्थिति आएमा हालको जनशक्ति अपुग हुने देखिन्छ ।

‘पहिलेदेखि नै दरबन्दी अनुसारको जनशक्ति थिएन, कोरानापछि त झन् चुनौती थपिएको छ,’ प्रमुख चिकित्सक पोखरेलले भने, ‘आईसीयूका लागि विशेषज्ञ सहितको अलग्गै चिकित्सक टोली चाहिने हो तर अहिले पुरानै जनशक्तिबाट काम चलाइरहेका छौं ।’ उनले प्रदेशको सामाजिक विकास मन्त्रालयमा आईसीयूका लागि जनशक्ति माग गरिएको बताए ।

आईसीयू सेवाका लागि करारमा ५ जना नर्स राख्न गत वैशाखमा प्रदेश सरकारले केही रकम उपलब्ध गराए पनि पछिल्लो समय रकम नदिएको उनको भनाइ छ । आईसीयूमा एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिस्टलगायत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल केही विशेषज्ञ चिकित्सक रहे पनि आईसीयूका लागि थप जनशक्तिको व्यवस्था गर्नुपर्ने खाँचो छ । पछिल्लो समय सघन उपचारलाई अलग्गै विधाका रूपमा लिने गरिन्छ । त्यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै टोली चाहिन्छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले तत्काललाई जनशक्तिकै कारण आईसीयू सेवा प्रभावित हुने अवस्था नरहेपनि क्षमता भने बढाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । ‘हाम्रो आईसीयूमा बिरामीको ठूलो चाप पनि छैन । सधै यही अवस्था नरहन सक्छ, हामीले जनशक्ति र उपकरण थप्नैपर्छ,’ उनले भने ।

सदस्य शर्माले चिकित्सकको ‘टीम’ बनाएर आईसीयूमा खटाइको र थप नर्स र सहयोगी राख्न सकेमा सेवा थप सहज हुने बताए । उनले आइसोलेसन कक्षमा भने जनशक्ति व्यस्थापनमा केही जटिलता देखिएको र सुदृढ व्यवस्थापनसँगै स्तरीय उपचार सेवाका लागि समिति क्रियाशील रहेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x