×

NMB BANK
NIC ASIA

खुल्दै एचआईभी संक्रमित

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

केही समय अघिसम्म एचआईभी लागेको मान्छेले आफ्नो समस्याबारे कसैलाई भन्न सक्ने अवस्था थिएन। गाउँ समाजबाट बहिष्कार हुने त्रासका कारण संक्रमित भएको खण्डमा पनि लुकाउने गर्थे। तर, पछिल्लो समय नेपालमा पनि एचआईभी संक्रमित खुल्न थालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

धौलागिरि अस्पतालको ‘ए आरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआईभी संक्रमितहरू खुल्न थालेका हुन् । धौलागिरि अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको ए आरटी सेन्टरले एचआईभी एड्स भए नभएको पहिचान गर्ने, संक्रमितहरू परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण संक्रमितहरू खुलेर आउन थालेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एचआईभी संक्रमितहरू पनि अरु मानिस सरह बाँच्न सक्छन् भन्ने उद्देश्यका साथ ए आरटी सेन्टरले एचआईभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमुनाहरू संकलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि संक्रमितहरू खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित ए आरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए । 


Advertisment
Nabil box
Kumari

‘ए आरटी सेन्टरले सङ्क्रमित आमाबाट जन्मेका बालबालिकालाई अस्थायी रुपमा  पोषण गृहमा राखेर समेत स्याहारसुरार गर्दै आइरहेको छ’, आचार्यले भने, ‘संक्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौं ।’

Vianet communication
Laxmi Bank

सेन्टरले एचआईभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा संक्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको छ। सो सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमितहरु ४०७ पुगेका छन् जसमध्ये १६४ ले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।

सेन्टरको तथ्यांकअनुसार सङ्क्रमितको संख्या बढ्दो छ । गोप्य रुपमा परीक्षण तथा परामर्श पाउने भएपछि सङ्क्रमितहरु खुलेर आउन थालेपछि तथ्यांकमा वृद्धि भएको छ । वर्षमा २० देखि २५ जना संक्रमित थपिनुले उनीहरू विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविन बाबु पौडेलले बताए। 

जिल्लामा हालसम्म ६४ संक्रमितको मृत्यु भइसकेको छ । हाल उक्त सेन्टरलाई धौलागिरि पोजेटिभ समूह तथा एड्स हेल्थ केयर फाउण्डेसन तथा स्थानीय तहले आर्थिक सहयोग गर्दै आइरहेका छन् । सेन्टरमा खुलेका संक्रमितलाई गोप्य रुपमा परामर्श, औषधि तथा अन्य सेवा प्रदान दिएपछि संक्रमितहरू खुल्न थालेको  एड्स हेल्थ केयर फाउण्डेसनका प्रतिनिधि सुषमा क्षेत्रीले जानकारी दिए। नेपालमा संक्रमितको संख्या ३१ हजार २० रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x