×

NMB BANK
NIC ASIA

भानुका जंगलमा २५ चितुवाका तस्वीर कैद

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको भानु नगरपालिकाका जंगलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन् । 

Muktinath Bank

डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जंगलमा राखिएका क्यामरामा ती संख्यामा चितुवाका तस्वीर कैद भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानु नगरपालिका–२, ३, ४, ५ र ६ का सामुदायिक वनमा ६५ वटा क्यामरा जडान गरिएको छ । गत कात्तिक २२ गतेदेखि १५ दिनसम्म जंगलमा क्यामरा जडान गरिएकामा चितुवाका तस्वीर कैद भएको र तस्वीरको अध्ययन भइरहेको उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘कतिपय चितुवा दोहोरिएका छन्, चितुवाको तस्वीर हेरेर छुट्याउने काम भइरहेको छ,’ उनले भने, ‘केही दिनभित्रै अध्ययनको प्रतिवेदन सार्वजनिक गर्छौं ।’ 

Vianet communication
Laxmi Bank

बाइस सामुदायिक वनको ४ हजार २०० हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिएको थियो । यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको थियो । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा चितुवा गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने जनाइएको छ । 

कार्यालय प्रमुख बरालका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको संख्या पत्ता लगाउन सहयोग पुग्ने  र आगामी दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जंगल फँडानी गरेर बस्ती बसाल्ने, जंगली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको बताए ।

जिल्लामा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्नसक्ने समयलगायतका विषयमा उपभोक्तालाई सचेतनामूलक कार्यक्रम अगाडि बढाइएको छ । ‘चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै हो तर जीवजन्तु मानिसले खाइदिन थाले, चितुवाले जंगलमा खाना पाउँदैन अनि बस्ती छेउ आएर गाईभैंसी, बाख्रा हुँदै मानिसलाई पनि आक्रमण गर्न थालेको छ,’ उनले भने, ‘चितुवालाई बाँच्ने अवस्था सिर्जना मानिसले गरिदिनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x