असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लेखक गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ छिट्टै बजारमा आउने भएको छ । यो उनको दोस्रो कविता संग्रह र छैटौं कृति हो ।
समाज, राजनीति, माया प्रेम र मानवीय संवेदनामा आधारित ३६ वटा कविता नयाँ संग्रहमा समेटिएका छन् ।
विक्रम संवत् २०६० देखि २०७७ सम्म लेखिएका कविता संग्रहमा समावेश भएका छन् ।
खुलामञ्च प्रकाशनले प्रकाशन गर्न लागेको संग्रहमा एक चौथाइ कविता ०७० को दशकमा लेखिएका हुन् भने बाँकी २०६० को दशकमा लेखिएका हुन् ।
राजनीति नैतिक मूल्य मान्यतामा आधारित हुनुपर्ने, जनताको जीवनस्तरमा सुधार आउनु पर्ने विषय उनको लेखनका विशेषता हुन् ।
‘समाजमा देखिएका असामाजिक, संवेदनहीन, दारुण गरीबी, शासन सञ्चालनको शैली, राजनीतिक नेतृत्वको अनैतिक क्रियाकलाप र राष्ट्रिय अस्मिता जस्ता विषयले मलाई कविता लेख्न प्रेरणा दिन्छ,’ घिमिरेले लोकान्तरसँग भने, ‘कविता लेख्न मलाई एकान्त ठाउँँ नै चाहिँदैन, पोखरा नै जानुपर्दैन, कोलाहलको बीचमा पनि लेख्छु ।’
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्ष समेत बनिसकेका केन्द्रीय सदस्य घिमिरेले राजनीति सँगसँगै लेखनलाई पनि निरन्तरता दिँदै आएका छन् ।
घिमिरेको पहिलो कविता संग्रह ‘प्रतिज्ञाको पहाड’ २०७३ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो ।
यस अतिरिक्त जेलको संस्मरण, दुईवटा विचार संग्रह, एउटा कथा संग्रह प्रकाशित भइसकेका छन् । निकट भविष्यमै घिमिरेको एउटा उपन्यास र विचार संग्रह प्रकाशन हुँदैछ ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...