×

NMB BANK
NIC ASIA

अर्थतन्त्र उकास्न पर्यटन र सम्पदा संरक्षणलाई जोड दिनुपर्छः मेयर शाक्य

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको माध्यमबाट अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने बताएका छन् । काठमाडौं महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

अध्ययन भ्रमणकै क्रममा पोखरा पुगेका प्रमुख शाक्यसहितको टोलीलाई स्वागतका लागि पोखरा महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षण गरे अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाक्यले पर्यटनका माध्यमबाट मुलुकको अर्थतन्त्रलाई उन्नत बनाउन समन्वय र अनुभव आदान–प्रदान आवश्यक रहेको पनि प्रष्ट पारे ।


Advertisment
Nabil box
Kumari

‘मानव निर्मित सम्पदाले धनी काठमाडौं सांस्कृतिक शहर हो । काठमाडौं महानगरलाई मुर्त–अमुर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भने, ‘पोखरा प्रकृतिको सुन्दरताले धनी छ । यी दुई महानगरबीच प्रकृति र सम्पदाको प्रवद्र्धन र व्यवस्थापन गर्नसक्ने हो भने कोरोनाका कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउन सकिन्छ ।’

Vianet communication
Laxmi Bank

उनले काठमाडौं भूगोलले सानो भए पनि जनघनत्व बढी भएकाले व्यवस्थापनमा चुनौती भएको भन्दै पोखराले अहिलेदेखि नै व्यवस्थित मानव बसोबासका लागि योजना बनाउनु पर्नेमा जोड दिए । 

‘पोखराको भूगोल ठूलो छ । तर, जनसंख्या त्यो अनुपातमा कम छ । त्यसैले अहिलेदेखि नै पोखराले काठमाडौंको अवस्थालाई हेरेर व्यवस्थित मानव बसोबासका लागि योजना बनाउन आवश्यक छ,’ शाक्यले भने, ‘दुबै सहरका लागि अव्यवस्थित बसाइसराइ चुनौति बनेको छ । त्यसैले एकीकृत बस्ती विकासलाई सबैभन्दा बढी ध्यान दिनुहोला ।’
 
यस्तै, पोखरा महानगरका मेयर मानबहादुर जिसीले काठमाडौं महानगरपालिका संघीय राजधानीको महानगरपालिका भएकाले धेरै कुरा त्यहीबाट सिक्नुपर्ने भएकाले काठमाडौं महानगरको अभिभावकीय भूमिका हुनुपर्नेमा जोड दिए ।

स्थानीय तहको भूमिकालाई कमजोर बनाउने प्रयास भएको भन्दै संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्नेमा पनि उनले जोड दिए । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि सहयोग आदन–प्रदानमा जोड दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x