×

NMB BANK
NIC ASIA

जाडोमा घरबारविहीनलाई न्यानो दिनेबारे गृहमन्त्री थापाको चासो, क्षति रोक्न आग्रह

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

गृह मन्त्रालयमा मंगलवार भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको नवौं बैठकमा गृहमन्त्री थापाले सरकारको प्रमुख लक्ष्य भनेकै जाडोको समयमा हिमपात तथा शीतलहरका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्नु रहेको उल्लेख गर्दै आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा उनले विषयगत मन्त्रालयसँगको समन्वयमा आवश्यक तयारीका काम थालिएको समेत जानकारी दिए । मन्त्री थापाले मातहतका निकायलाई क्षति कम गर्न आवश्यक योजनाका साथ अघि बढ्नसमेत निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

जाडोबाट हुने उत्पन्न परिस्थितिको सामना गर्न नीतिगत योजना निर्माण गर्दै आएको र गत वर्ष सफलतापूर्वक कार्ययोजना लागू हुँदा क्षति कम भएको मन्त्री थापाको जिकिर थियो । उनले भने, ‘विगतजस्तो यो वर्ष सहज छैन, कोभिड–१९ ले थप चुनौतीपूर्ण बनाएको छ, हिमपात र शीतलहरका साथै कोरोना नियन्त्रणमा ध्यान दिनुपर्छ ।’

Vianet communication
Laxmi Bank

उनले कार्य क्षेत्रमा खटिने निकायलाई साधन सम्पन्न गराउने कुरामा सरकार गम्भीर रहेको प्रस्ट पारे । हिमपातलाई सामना गर्न हिमाली क्षेत्रमा आवश्यक पर्ने लत्ताकपडा तथा साधन स्रोतको व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘बाढी पहिरोका कारण यसवर्ष धेरै घरबारविहीन छन्, उनीहरूलाई न्यानो हुने अवस्था सिर्जना गर्न सकेनौं भने चुनौती हुनसक्छ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ,’ बैठकमा मन्त्री थापाले भने । छलफलमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो । 

बैठकमा शीतलहर एवं हिमपातका पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका सम्बन्धका छलफल भएको थियो । विपद् खोज, उद्धार तथा आधारभूत तालिमको पाठ्यक्रम २०७७ र विपद्का समयमा खोज तथा उद्धार, प्राथमिक उपचार र शव व्यवस्थापनका लागि आवश्यक सामग्रीसम्बन्धी मापदण्ड २०७७ को स्वीकृतिका विषयमा पनि छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x