×

NMB BANK
NIC ASIA

तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ– वामदेव गौतम

मंसिर १६, २०७७

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने कोशिश भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सचिवालय बैठकपछि लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै विवाद मित्रताउन्मुख भएको बताएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

‘तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने कोशिश भएको छ । आजको केन्द्रीय सचिवालय बैठकको सार यही हो,’ गौतमले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवारको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रतिवेदनमाथि औपचारिक छलफल शुरु भएको छ । 


Advertisment
Nabil box
Kumari

मंगलवारको सचिवालय बैठकमा सहमतिका लागि अनौपचारिक छलफल गर्ने समेत सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताएका थिए । पार्टीको विवाद जटिल मोडमा पुगेको समयमा उपाध्यक्ष गौतमले ‘तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने कोशिश भएको’ भनी दिएको प्रतिक्रियालाई निकै महत्वका साथ हेरिएको छ । 

Vianet communication
Laxmi Bank

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति विमति जनाउँदै सचिवालयमा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डलाई ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । 

जवाफी प्रतिवेदनमा ओलीले प्रचण्डले राखेको प्रस्ताव सचिवालयले खारेज गरेर भदौ १६ को सहमतिमा फर्किनुपर्ने बताएका छन् । एक अर्कोलाई आरोपित गरेर सचिवालयमा दुई अध्यक्षका प्रस्ताव आएपछि नेकपा विवाद जटिल मोडमा पुगेको विश्लेषण भइरहेको छ । 

मंगलवारको बैठकमा बोल्ने अधिकाशं नेताले विवाद सहमतिमा समाधान गर्नुपर्ने धारणा राखेका थिए । नेकपा सचिवालयको अर्को बैठक भोलि बुधवार पुनः बस्दैछ । त्यसअघि नेताहरुबीच अनौपचारिक छलफलको तयारी भएको नेकपा स्रोत बताउँछ ।

नेकपा स्थायी कमिटी बैठक १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ देखि काठमाडौंमा शुरु हुँदैछ । नेकपा प्रवक्ताले १८ गतेका लागि निर्धारित स्थायी कमिटीको बैठक तोकिएको मितिमै बस्ने बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x