×

NMB BANK
NIC ASIA

राइड सेयरको बजारमा ‘एटेन्ड’ को प्रवेश, ट्याक्सीदेखि हेलिकप्टरसम्मको सुविधा

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली राइड सेयर बजारमा विभिन्न अद्भुत सुविधाका साथ ‘एटेन्ड’ एपले आफ्नो सेवाको सुरुवात गरेको छ । हाल बजारमा उपलब्ध अरु राइड सेयर एपभन्दा धेरै नै उत्साहजनक र आकर्षक सुविधाका साथ आएको यस एपले आफ्नो निजी सवारीसाधन नभएका यात्रुहरुको समस्याको हल गर्ने विश्वास लिइएको छ ।                                                            

Sagarmatha Cement
Muktinath Bank

देशभर जहाँकहिँ जान पनि आफ्नो प्रयोजनमा आउन सक्ने भएकाले यस राइड सेयर एप चाँडै नै यात्रुमाझ जान पहिचान हुने आँकलन गरिएको छ । एप सार्वजनिक एटेन्ड प्रा.लि.का निर्देशक भिमकान्त भण्डारीले भने, ‘यो अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको छ । मोडल त हाम्रो पनि राइड सेयर नै हो तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ । हामीले मोटरसाइकल, एम्बुलेन्स, शववहान, ट्याक्सी, कार, जिप, मालबाहक ट्रकदेखि हेलिकप्टर सम्मको सेवा दिन्छौं, साथै यसमा हेल्थ सर्भिस अन्तर्गत घरमै औषधि पुर्याउने, डक्टर नर्स पठाउने र विभिन्न ल्याव समन्धी सम्पूर्ण कार्यकालागि ल्याव टेक्निसियन घरमै पठाउने काम पनि गर्ने छौँ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको छ, जसमा अग्रिम बुकिङ सेवाका साथै चालकसहित वा चालकबिनाको गाडी लिन र इन्धन सहित वा आफैंले इन्धन हाल्न पाउने विकल्प समेत राखेको छ । साथै दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै र हाल चलिरहेको बीमा सम्बन्धी विषय सम्बोधन गर्न, कम्पनीसँग आवद्ध सम्पूर्ण गाडी तथा मोटरसाइकलमा यात्रारत चालक र यात्रुको तेश्रो पक्षीय बीमा समेत गरिने भण्डारीले बताए ।


Advertisment
Nabil box
Kumari

त्यस्तै सेवाको उपयोग गरे पश्चात यात्रुलाई पैसा तिर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले नगद बाहेक जुनसुकै बैंकको एटिएमबाट पनि पैसा तिर्न मिल्ने प्रणाली विकास गरिएको छ भने राइडरबाट कम्पनीले सेवा उपलब्ध गराए वापत १० प्रतिशत कमिसन लिने छ । हाल बजारमा चलिरहेको राईड सेयरको तुलनामा यो कमिसन न्यून रहेको छ । एम्बुलेन्स र शव वहानबाट भने कुनै कमिसन नलिने कम्पनीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

सुरक्षाको दृष्टिकोणले समेत यो एप विश्वासिलो रहेको छ र यसमा रहेको इमर्जेन्सी बटन दबाएमा नम्बर सेट गरिएको आफन्तको मोबाइलमा म्यासेज र प्रहरीलाई समेत फोन जाने सुविधा रहेको छ । सुरुवाती अवस्थामा रहेता पनि  हाल कम्पनीमा करिब ५ सय गाडी आवद्ध भइसकेका छन् भने ट्याक्सी र बाइकलाई क्रमशः आबद्ध गराउँदै लैजाने कम्पनीको योजना रहेको छ । साथै बाहिर गएर खोजी खोजी बुक गर्न भन्दा आफ्नै मोबाइल एपबाट एक क्लिकको भरमा बुक गर्न मिल्ने यस एप आर्थिक दृष्टिकोणले समेत लाभदायी रहेको कम्पनीले दावी गरेको छ ।
यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले आईओएसमा गएर सजिलै आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x