×

NMB BANK
NIC ASIA

बेरुजु फछ्र्यौटमा समन्वयको भूमिका निर्वाह गर्न आग्रह

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले त्रिविमा आर्थिक अनुशासन कायम गर्दै बेरुजु न्यूनीकरण गर्न कुनै कसुर बाँकी नराख्न सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।

Muktinath Bank

उनले आन्तरिक लेखा परीक्षणमा  एकरुपता कायम गरी लेखा परीक्षणमा सम्लग्न कर्मचारीलाई बेरुजु फछ्र्यौटमा समन्वयको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले भने, “हामी शासक होइनाैं सेवक हौँ भन्ने भावनाका साथ सहजीकरण सम्बन्धित महाशाखाले बेरुजुलाई क्रमशः शून्य अवस्थामा ल्याउन आवश्यक छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालय रजिष्ट्रारको कार्यालयद्वारा आयोजित आन्तरिक लेखा परीक्षण, बेरुजु फछ्र्याैट र सम्परीक्षणसम्बन्धी दुई दिने तालीमको उद्घाटनका अवसरमा उपकुलपति डा बाँस्कोटाले उक्त निर्देशन दिएका हुन् । शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले बेरुजु फछ्र्यौट कार्यलाई वार्षिक रुपमा समीक्षा आर्थिक अनुशासन कायम गर्नुपर्ने बताए । उनले समग्र विश्वविद्यालयको आर्थिक क्रियाकलापलाई प्रविधिमा रुपान्तरण (सफ्टवेयर निर्माण) गरेर बेरुजु न्यूनीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।


Advertisment
Nabil box
Kumari

तालीममा आन्तरिक लेखा परीक्षणलाई व्यवस्थित गर्ने, समग्र बेरुजुको अवस्थाका बारेमा सिंहावलोकन गरी बेरुजु फछ्र्यौटलाई प्रभावकारी कार्यान्वयन गर्ने र सम्परीक्षण कार्यलाई थप व्यवस्थित पार्ने विषयमा छलफल हुनेछ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले विश्वविद्यालयमा आर्थिक पारदर्शिता र अनुशासनको अवस्था विकराल रहेकाले विद्यमान नियम÷कानूनसँग बाजिएका सम्पूर्ण आर्थिक गतिविधिलाई कारवाहीको दायरामा ल्याइने बताए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x