५० वर्षसम्म पार्टी नफुट्ने योगेश भट्टराईको विश्वास

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले देशको भाग्य र भविष्य नेकपासँग जोडिएको हुनाले अर्को ५० वर्षसम्म पार्टी नफुट्ने विश्वास व्यक्त गरेका छन् ।  उनले बहुमतको सरकार यथावत रहने पनि बताएका छन् ।

 विमानस्थाल अनुगमन गर्न आज हुम्लाको सिमकोट पुगेका मन्त्री भट्टराईले भने, “ठूलो पार्टी हो, धेरै नेता भएकाले महत्वकांक्षा हुन्छ, आकांक्षा हुन्छ । पार्टीमा देखिएको अन्तरविरोध व्यवस्थित हुन्छ ।”


Advertisement

उनले मुलुकलाई नेकपाको सरकारले गलतबाटोतिर जान नदिने बताए ।

हुम्लाको सिमकोट पुगेका मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नुका साथै नेकपाका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्