×

NMB BANK
NIC ASIA

सत्ताधारीको किचलो

नेकपाको घम्साघम्सी नयाँ मोडमा : सकसमा सचिवालय बैठक

मंसिर १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको शक्तिसंघर्षको उत्कर्ष रूप मंगलवार बसेको सचिवालय बैठकमा छताछुल्ल भयो ।

Muktinath Bank

सचिवालयकै एक सदस्यले 'हात हालाहालबाहेक सबै भएको' भन्दै लोकान्तरलाई दिएको प्रतिक्रियाबाट बुझ्न सकिन्छ - नेकपाको दुख आउने दिनमा अझै पीडादायी भएर जानेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले औपचारिक र अनौपचारिक दुवै छलफललाई अगाडि बढाउने सहमति भएको जनाएका थिए । तर बितेका १८ घण्टामा नेताहरूबीच कुनै अनौपचारिक छलफल हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

सचिवालय बैठक पुनः बुधवार (आज) दिउँसो १ बजे बस्ने कुरा छ । 'भोलि १ बजे बैठक बसौं' भनेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भनेपछि ओली यस्तो बैठक बस्न सकिन्न भन्दै उठेका थिए ।

Vianet communication
Laxmi Bank

'बैठक बुधवार १ बजे बस्ने तय भएपछि प्रधानमन्त्रीले बैठकमा म आउन सक्दिन भन्नुभएको थियो,' प्रवक्ता श्रेष्ठले लोकान्तरलाई भने, 'त्यसयता अध्यक्षद्वय बीच कुनै माध्यमबाट अनौपचारिक छलफल भएको हुन सक्छ । बैठक आजकै लागि तय हो ।'

तर बालुवाटार स्रोतले भने प्रधानमन्त्री बैठकमा नआउने जनाएको छ । 'लान्छना मात्र लगाउन खोजिने बैठकमा प्रधानमन्त्री उपस्थित हुनुको कुनै अर्थ रहँदैन,' ओलीनिकट एक नेताले लोकान्तरसँग भने ।

सचिवालय बैठकमै ओलीले भनेका थिए, 'अब यस स्थितिमा बहुमत र अल्पमत भन्न खोज्नु भनेको यो जालझेल र षडयन्त्रको कुरा मात्रै हो । यो ‘कू’ को कुरा हो र यो फाटोतर्फको यात्राको ‘प्रस्ताव’ हो ।' 

आफूमाथि कमिटी बैठकमार्फत् 'कू' गर्न खोजिएको भन्दै प्रधानमन्त्री सचिवालय बैठकमा नआउने अडान लिएका हुन् । यद्यपि उनी आउने नआउने विषय १ बजेबाट शुरू हुने बैठकमै थाहा होला । यो समाचार टिपणी लेख्ने बेलासम्म ओली सचिवालय बैठकमा नआउने अडानमा छन् ।

मंगलवारको बैठकमा ओलीले सचिवालय बैठकमा प्रस्तुत प्रचण्डको प्रस्तावमा छलफल हुनै नसक्ने अड्डी लिएपछि प्रचण्डले प्रश्न गरेका थिए, 'प्रस्तावमाथि छलफल हुनु हुँदैन भन्ने तपाईं को हो ? सचिवालयका सबै सदस्यहरूले छलफलको माग गर्ने, तपाईं एक्लैले हुँदैन भन्नुको अर्थ तपाईंमा दम्भ बढिरहेको छ भन्ने हो ।'

बैठकमा महासचिव विष्णु पौडेलले प्रस्तावमाथि छलफल हुनु पर्छ कि पर्दैन भन्नेमा आफ्नो कुनै धारणा नरहेको बताएका थिए भने बाँकी ७ जना सदस्यले प्रस्तावमाथि छलफल शुरू भइसकेको राय दिएका थिए ।

यसअघि कतै नखुलेका मानिएका गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसमेतले प्रस्तावमाथि छलफल शुरू भइसकेकाले फिर्ता लिनुपर्छ भन्ने तर्क गर्न नमिल्ने बताए ।

बैठकमा प्रधानमन्त्रीनिकट मानिएका नेता ईश्वर पोखरेलले पनि प्रस्तावमाथि छलफल नै नहुने कुरा गलत रहेको बताएका थिए ।

मंगलवार देखिएको तनावसँगै नेकपाको भविष्य पुनः फूटतिर उन्मुख देखिएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको प्रस्ताव छलफल गरेरै उपयुक्त निष्कर्षमा पुग्नुपर्ने अडान छाडेका छैनन् ।

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अनौपचारिक छलफलको प्रयास भइरहेको बताए । 'सचिवालय बैठक बुधवार १ बजे तय नै छ, प्रधानमन्त्री आउनु हुँदैन भनेर हल्ला चलाइएको मात्र हो,' नेम्वाङले लोकान्तरसँग भने, 'हिजो र आजको बीचमा केही अनौपचारिक छलफलका प्रयासहरू भएका छन् ।' उनले सहमतिमै विवाद समाधान हुने विश्वास गरे ।

प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले ओलीसँग सीमित विकल्प रहेको बताए ।

'कि त बैठकमा उपस्थित भएर आफ्ना कुराहरू राख्नुपर्यो, कि त अध्यक्ष प्रचण्डलगायत अन्य नेताहरूलाई अनुरोध गरेर बैठक केही दिनपछि सार्न सक्नुपर्यो, नत्र भने आफू अनुपस्थित भए पनि बैठकले गरेको निर्णय मान्नुपर्यो,' ती नेताले भने ।

उनका अनुसार यतिबेला प्रचण्ड-नेपाल पक्ष दृढतापूर्वक 'ओली प्रवृत्ति'विरुद्ध संघर्ष गरेर जाने अवस्थामा पुगेको छ । सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा बहुमत रहेको प्रचण्ड-नेपाल पक्षले ओलीलाई सकेसम्म अध्यक्ष र प्रधानमन्त्री दुवैबाट, नभए कुनै एक पदबाट राजीनामा गराउने अडानमा छ ।

ओलीले भने अल्पमत/बहुमतको खेल नमान्ने, प्रचण्डले लगाएका लान्छनायुक्त आरोपसहितको प्रस्ताव फिर्ता हुनुपर्ने, माफी माग्नुपर्ने लगायतका अडानहरू सार्वजनिक गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x