×

NMB BANK
NIC ASIA

सभ्यताको द्वन्द्वमा ‘जघन्य युद्धअपराध’ खुलासाले अस्ट्रेलियाको छवि धूमिल

मंसिर १७, २०७७

NTC
Sarbottam
तस्वीर स्रोत : एबीसी न्युज
Premier Steels
Marvel

मानवअधिकारको सम्मान गर्ने मुलुकको छवि बनाएको अस्ट्रेलिया दुई हप्ताअघि सार्वजनिक गरिएको एक प्रतिवेदनका कारण लज्जास्पद स्थितिमा पुगेको छ । 

Muktinath Bank

मंसिर ४ गते अस्ट्रेलियन डिफेन्स फोर्सको इन्सपेक्टर जनरल कार्यालयले ब्रेरेटन छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको हो । त्यस प्रतिवेदनमा अफगानिस्तानमा खटिएका अस्ट्रेलियाली सेनाका विशेष बलहरूले सन् २००५ देखि २०१६ को अवधिमा जघन्य युद्धअपराध गरेको खुलासा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त अस्ट्रेलियाका सैनिकहरूले अफगानिस्तनमा गलत आचरण देखाएको भन्ने गाइँगुइँ निकै अघिदेखि सुनिँदै आएको थियो । यस विषयमा अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले अफगान फाइल्स नामक रिपोर्ट शृंखला लगायतमा चर्चा गरेको पनि हो । दी एज, द सिड्नी मर्निङ हेराल्ड, सीबीएस न्युजको ६० मिनट्स लगायतका अन्य सञ्चारमाध्यमले पनि यस विषयमा रिपोर्टहरू दिइरहेका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि सरकारले न्यु साउथ वेल्स राज्यको सर्वोच्च अदालतका न्यायाधीश तथा सेनाका मेजर जनरल रहेका पल ब्रेरेटनको अध्यक्षतामा सन् २०१६ मा छानबिन समिति बनाएको थियो । उक्त समितिले चार वर्ष लगाएर गरेको अनुसन्धानको निष्कर्ष यसै महिना प्रकाशित प्रतिवेदनमा सार्वजनिक गरिएको हो । 

Vianet communication
Laxmi Bank

विशेष सैन्य बलका जवानहरूले निर्दोष अफगानीहरूलाई रमाइलो तथा मोजमस्तीका लागि हत्या गर्ने गरेको अनि तालिबान लडाकूको नक्कली खुट्टाबाट बीयर पिएको जस्तो जघन्य अपराधहरू प्रतिवेदनमा परेका छन् । 

जवानहरूले गरेको युद्धअपराधलाई शीर्ष अधिकारीहरूले मौन भई अनुमति दिएको अनि कतिपय सन्दर्भमा आफैं पनि अपराधमा संलग्न रहेको तथ्य प्रतिवेदनमा उजागर गरिएको छ । 

विशेष बलमा युद्धका नियमलाई बेवास्ता गर्ने वा तोड्ने अभ्यास सामान्य रहेको भनी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा चीफ अफ डिफेन्स फोर्स जनरल एंगस क्याम्पबेलले बताए । 

प्रतिवेदनको निष्कर्षअनुसार, अस्ट्रेलियाका सैनिकहरूले ३९ जना निःशसत्र अफगानीको हत्या गरेका थिए र थप दुईजनामाथि क्रूर व्यवहार देखाएका थिए । 

यस्ता अपराधमा विशेष बलका कुल २५ बहालवाला तथा पूर्व अधिकारीहरू पीडक रहेको र उनीहरूले कम्तीमा एकपटक वा धेरैपटक अपराध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

युद्धको स्थितिमा कतिपय अवस्थामा सैनिकहरूबाट ज्यादती हुन सक्ने तथ्यलाई स्वीकार्न सकिए पनि अस्ट्रेलियाका सैनिकहरूले अफगानीमाथि गरेको अपराध चाहिँ मानवताविरुद्धको अपराध तथा युद्धअपराध नै भएको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा जनरल क्याम्पबेलले बताए । प्रतिवेदनमा २८ वटा घटनाको अनुसन्धान गर्दा त्यो युद्धका क्रममा नभएको, युद्धभूमिबाट टाढा अर्कै ठाउँमा ज्यादती गरिएको उल्लेख छ । 
 

ब्रेरेटन छानबिन समितिले चार वर्षको अवधिमा २० हजारभन्दा बढी दस्तावेज अध्ययन गरेको थियो, २५ हजार तस्वीरहरू हेरेको थियो अनि ४२३ जना प्रत्यक्षदर्शीसँग लिइएका ५१० वटा अन्तर्वार्ताको समीक्षा गरेको थियो । 

प्रतिवेदनमा उल्लेख भएअनुसार, अस्ट्रेलियाका सैनिकहरूले निःशस्त्र अफगान नागरिकको हत्या गरेपछि उनीहरूको शरीरमा हतियार राखेर तस्वीर खिचाउने र ती नागरिक हतियारधारी लडाकू थिए भन्ने भ्रम पार्ने गरेका थिए । निःशस्त्र व्यक्तिको हत्या युद्धअपराध हो र यसमा आफू नफसियोस् भन्नका लागि अस्ट्रेलियाका सैनिकहरूले यस्ता झूटा तस्वीरहरू खिच्ने गरेका थिए । 

कनिष्ठ सैनिकहरूलाई वरिष्ठ सैनिकहरूले कैदीको हत्या गर्न लगाउने अर्को जघन्य अपराध भएको प्रतिवेदनमा औंल्याइएको छ । यसलाई उनीहरूले ब्लडिङ भन्ने गर्थे । 

प्रतिवेदनमा उल्लेख गरिएअनुसार, गश्तीका कमान्डरले नियन्त्रणमा लिइएका व्यक्तिको हत्या गर्न कनिष्ठ सैनिकहरूलाई आदेश दिन्थे । 

त्यसरी नियन्त्रणमा लिइएका र निःशस्त्र व्यक्तिको हत्या गरेपछि उनीहरूको हातमा हतियार राखेर तस्वीर खिचाइन्थ्यो । यसो गर्दा युद्धका क्रममा सशस्त्र लडाकूहरू मारिएको भनी भ्रम छर्न सकिन्थ्यो । 

प्रतिवेदन सार्वजनिक हुनुभन्दा केही महिनाअघि फोर कर्नर्स नामक टीभी कार्यक्रममा एक अस्ट्रेलियाली सैनिकले हातमा रेडियो बोकेका एक अफगानी युवकलाई खेतमा गोली हानेर मारेको भिडियो प्रसारण गरिएको थियो । ती कनिष्ठ सैनिकले आफूभन्दा माथिका अधिकारीलाई ‘यसलाई मारिदिऔं’ भनी सोध्दा उनीहरूले मौन सम्मति दिएको देखिन्छ । यस्ता खालका युद्धअपराधका घटना बाक्लै भएका थिए । 
 

एबीसीले प्रसारण गरेको रिपोर्टमा सन् २०१२ मा कन्दहार प्रान्तमा गरिएको कारवाहीका क्रममा १० जना निहत्था अफगानी नागरिकको सामूहिक हत्या अस्ट्रेलियाका सैनिकहरूले गरेको उल्लेख छ । प्याजको बोरा लिएर गइरहेका निर्दोष सर्वसाधारणलाई समेत तारो बनाएर उनीहरूले मारेका थिए । 
 

ब्रेरेटन प्रतिवेदनभन्दा अघि सैन्य समाजशास्त्री समान्था क्रोम्पभोएट्सले विशेष वायुसेना बलका सैनिकहरूले दुई किशोर अफगानीहरूको घाँटी काटेको अनि सेनाको हेलिकप्टर आउँदाखेरी भाग्ने गाउँलेहरूलाई जथाभावी गोली हानेर मारेको खुलासा गरेकी थिइन् । 
 

ब्रेरेटन प्रतिवेदन सार्वजनिक हुनुअघि तथा पछि अस्ट्रेलियाली सेनाका नौ सैनिकले आत्महत्या गरिसकेका छन् । आफूहरूले गरेको अपराधले दिएको आघात सहन नसकी उनीहरूले आत्महत्या गरेको बताइएको छ । 

प्रतिवेदन सार्वजनिक भएलगत्तै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अफगानिस्तानका राष्ट्रपति अशरफ गानीलाई फोन गरेर दुःख प्रकट गरेका थिए अनि दोषी सैनिकहरूलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 

डिफेन्स फोर्सका प्रमुख एंगस क्याम्पबेलले पीडित परिवारहरूसँग माफी मागेका छन् । अस्ट्रेलियाले आफ्ना सेनाबाट भएका ज्यादतीमा पीडितलाई क्षतिपूर्ति दिनका लागि योजना बनाइरहेको छ । 

अफगानिस्तान इन्डिपेन्डेन्ट ह्युमन राइट्स कमिसनले पीडितहरूलाई तत्कालै क्षतिपूर्ति उपलब्ध गराउन, प्रत्येक पीडितसँग सम्पर्क गरेर माफी माग्न अनि पीडितहरूको सम्झनामा स्मारक बनाउन समेत अस्ट्रेलियालाई आग्रह गरेको छ । अनि यस्ता अपराध नदोहोरिने प्रत्याभूति गराउन पनि उसले आह्वान गरेको छ । 

अमेरिकी र बेलायती सैनिकहरूबाट पनि यस्ता किसिमका ज्यादतीहरू अफगानहरूमाथि भएको विभिन्न मिडिया रिपोर्ट सार्वजनिक भएका छन् । तिनको छानबिन गर्नका लागि पनि ब्रेरेटन छानबिन समितिको प्रतिवेदनले ती ती देशका सरकारलाई प्रेरित गरेको छ । 

त्यसो त अमेरिकी सैनिकले इराकको अबु ग्रैब लगायतका स्थान र अफगानिस्तानका विभिन्न भागमा व्यापक मात्रामा मानवअधिकार उल्लंघन गरेको भनी विभिन्न सञ्चारमाध्यममा रिपोर्टहरू आएकै हुन् । 
 

अस्ट्रेलियाली सैनिकको ज्यादतीलाई युद्धको मनोविज्ञानबाट मात्र हेर्न नमिल्ने विभिन्न विश्लेषकहरूको कथन छ । सभ्यताको द्वन्द्वमा क्रिस्चियनहरूले मुसलमानमाथि आतंकवादविरुद्धको युद्धका नाममा गरेको अत्याचारको लामो शृंखलाअन्तर्गत यस्तो ज्यादती गरेको प्यालेस्टाइनी–इजिप्टेली लेखिका रान्दा अब्देल–फत्तहले लेखेकी छन् । श्वेत सर्वोच्चतावादी चिन्तनका कारण यस्ता अपराधहरू हुने गरेको कटु तथ्य उनले औंल्याएकी छन् । 

त्यसै सिलसिलामा चीनको सरकारी टेलिभिजन सीजीटीएनको अन्लाइन संस्करणमा ब्राड्ली ब्लान्केनशिपको विश्लेषण छापिएको छ । 

त्यसमा उल्लेख भएअनुसार, बेलायतको पूर्व उपनिवेश रहेका मुलुकहरू अस्ट्रेलिया र अमेरिका श्वेत सर्वोच्चतावादमा आधारित रही बनाइएका राज्य हुन् र तिनले गैरश्वेत समुदायलाई मानवभन्दा निम्न कोटिको प्राणीका रूपमा व्यवहार गरेर उनीहरूमाथि हिंसा गर्ने गरेका छन् । जर्मनीका नाजीहरूले पनि यहुदीमाथि हिंसा गर्ने शिक्षा बेलायतका उपनिवेशवादीहरूबाटै सिकेको ब्लान्केनशिपको दाबी छ । 

यसै प्रकरणलाई लिएर चीन र अस्ट्रेलियाबीच वाग्युद्ध चलिरहेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमवार बिहान ट्विटरमा एउटा तस्वीर पोस्ट गरेका थिए जसमा एक अस्ट्रेलियाली सैनिकले एक अफगान किशोरको घाँटी रेट्न लागेको देखिन्थ्यो । 

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले यसमा कडा आपत्ति जनाउँदै चीनलाई माफी माग्न आग्रह गरेका छन् तर चीनले माफी नमाग्ने अड्डी लिएको छ । उल्टो आफ्ना सैनिकहरूको क्रियाकलापले अस्ट्रेलिया लज्जित हुनुपर्ने भनी चीनको परराष्ट्र मन्त्रालयकी अर्की प्रवक्ता हुआ चुनयिङले बताएकी छन् । 
 

समान्था क्रोम्पभोएट्सको खुलासामा आधारित रही चीनका कलाकार चिलिन भनिने फु युले उक्त तस्वीर बनाएकोमा अस्ट्रेलियाले यति साह्रो आपत्ति नउठाउनुपर्ने हो । चीनलाई हङकङ र ताइवान अनि कोभिडको उत्पत्तिका विषयमा चिढ्याउने अस्ट्रेलियाले आफ्ना सैनिकबाट भएको ज्यादतीको ऐना उसलाई देखाइदिँदा चीनप्रति आक्रोश पोख्नु त्यति जायज देखिँदैन । 

अमेरिकाको नेतृत्वमा चलेको कथित आतंकवादविरुद्धको अन्त्यहीन युद्धमा अस्ट्रेलिया पनि साझेदार बनेर युद्धअपराधमा संलग्न भई आफ्नो छवि धमिल्याएको छ । अब अफगानहरूको हितमा काम गरेर छवि उज्यालो बनाउने दायित्व उसैको हो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x