सीजीले बजारमा ल्यायो जाडोलाई न्यानो बनाउने सामग्रीहरू

नेपालको उत्कृष्ट ब्राण्ड सीजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामग्रीहरू बजारमा ल्याएको छ । 

सीजीले सम्पूर्ण उपभोक्तामा न्यानो सम्बन्ध राखी जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू जस्तै पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट प्रस्तुत गरेको छ । 


Advertisement

यसैगरी जुनसुकै स्थानमा जतिबेला पनि तातोपानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने न्यानो बनाई राख्न विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरू उपलब्ध गराएको छ । यस लगायत सीजीले चिसो पानीले नुहाउने टेन्सनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ ।

सीजीले प्रस्तुत गरेका घरायसी सामग्रीहरू गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका छन् । नवीनतम प्रविधिद्वारा उत्पादित सीजीका घरायसी सामानहरू घर भित्र्याई जाडोयाममा तातो न्यानो हुन सीजीले आग्रह गरेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्