पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कपिलवस्तुमा निर्माण भइरहेको हुलाकी मार्गमा निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको पाइएको छ ।
शिवराज नगरपालिका खरेन्द्रपुर–शीतलापुर–भिल्मी हुलाकी मार्ग निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि समग्र मधेशको विकाससँग जोडिएको सडकको गुणस्तरमाथि प्रश्न खडा भएको छ ।
सडक निर्माणको जिम्मा पाएको काठमाडाँैको स्वछन्द सिरुवा वल्डवाइड जेभी कम्पनीले अहिले सोही सडकखण्डमा कल्भर्ट निर्माणको काम गरिरहेको छ । सडक पूर्वाधारको रुपमा रहेको कल्भर्ट निर्माणमा नै निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको पाइएको छ ।
एक नम्बरी पक्की इँटाको प्रयोग गर्नुपर्ने ठाउँमा कमसल इँटालगायत अन्य सामग्री प्रयोग गरेको स्थानीयले बताएका छन् ।
तोकिएको मापदण्डअनुसार एक नम्बरी इँटा प्रयोग गरी कल्भर्ट निर्माण गर्नुपर्ने भए पनि कम्पनीले कमसल खालको इँटा प्रयोग गरी निर्माण गरेकाले कल्भर्टको भविष्यमाथि नै स्थानीयवासीले प्रश्न उठाएका छन् ।
‘घर निर्माणमा समेत प्रयोग नहुने कमसल इँटा कल्भर्ट निर्माणमा प्रयोग भएको छ । यस्तो कमसल सामग्री प्रयोग भएको कल्भर्टले कतिसम्म धान्ला ?’ स्थानीय बाहाउ धोबीले प्रश्न गरे ।
निर्माणका क्रममा पटकपटक इँटा गुणस्तरहीन भएको भनेर आवाज उठाउँदासमेत आयोजना तथा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीय सुवास कुर्मीको गुनासो छ ।
खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी सडक आयोजनाका सुपरभाइजर नागेन्द्र मिश्रले शुरुआतदेखि नै ठेकेदार पक्षले गुणस्तरहीन इँटा प्रयोग गरेको बताए ।
‘मैले पटकपटक ठेकेदार पक्षलाई यो विषयमा जानकारी गराएको हुँ’, उनले भने, ‘पछिल्लो पटक आयोजनालाई जानकारी गराई दुई ट्र्याक्टर इँटा फिर्ता गराएँ । हुलाकी सडकमा निर्माण भइरहेको कल्भर्टमा कमसल इँटा प्रयोग भएको हुलाकी सडक आयोजनाले स्वीकार गरेको छ ।’
हुलाकी सडक आयोजना कार्यालय गोरुसिंहका प्रमुख रामकुमार देवले सडकमा कमसल सामग्री प्रयोग भएको सूचना आएपछि आफूहरुको ध्यानाकर्षण भएको बताए । उनले सडकको अनुगमनपश्चात् गलत पाइए सच्चाउन निर्देशन गर्ने बताए ।
उक्त साइट हेरिरहेका इञ्जिनीयर शरद आचार्यले कमसल इँटा आएको स्वीकार गर्दै फिर्ता गरिएको बताए । निर्माण पक्षका साइड इञ्चार्ज भरत चौलागाईले आफूहरुले गुणस्तरीय इँटा माग गरे पनि उद्योेगले कमसल इँटा पठाएको बताए ।
कपिलवस्तुको खरेन्द्रपुर, शीतलापुर, भिल्मी सडकखण्ड निर्माणका लागि ७६ करोड ६४ लाख ६३ हजार ६६२ को लागतमा तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण पक्षले कामको जिम्मा लिएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...