देशभर कति संक्रमित छन् भेन्टिलेटर र आईसीयूमा ?

देशभरमा गरी आज ३६५ सङ्क्रमित आइसियुमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ३२, प्रदेश २ मा सात, वाग्मती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा नौ र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् ।

त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेश १२ र लुम्बिनी प्रदेश तीन र सुदूरपश्चिम दुई गरी जम्मा ६४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
देशभर आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ५४७ पुगेको मन्त्रालयले जनाएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्