गण्डकीमा ११७ कोरोना संक्रमित थपिए, प्रदेश २ मा कति पुगे ?

गण्डकी प्रदेशमा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८ वर्षीया महिला र नवलपरासीको कावासोती नगरपालिका– १४ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
 यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १६२ पुगेको छ ।

आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३५ जना छन् । त्यस्तै लमजुङका २५, तनहुँका २३, गोरखाका १७, वाग्लुङका १०, पर्वतका तीन, स्याङ्जाका दुई तथा नवलपरासी र मुस्ताङका एकएक जना रहेको निर्देशनालयले जनाएको छ ।
यस्तै प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Advertisement

सङ्क्रमितहरुमा झापामा २६, सुनसरीमा २१, मोरङमा २० मध्ये विराटनगरमा १३, इलाममा २०, धनकुटा र उदयपुरमा दुई÷दुई र पाँचथरमा एकजना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २७ हजार ५३३ पुगेको छ ।

प्रदेशमा आज ५० जना सङ्क्रमितहरु होम आइसोलेसन र विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुने सङ्क्रमितमा होम आइसोलेसनबाट ४३, मेची अस्पतालबाट छ र विराट मेडिकल कलेजबाट एक जना रहेका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४२७ पुगेको छ ।


Advertisement

 प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार ७५६ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्