सरकारी रिपोर्ट बोकेका ५ जनाको हङकङमा पोजिटिभ

नेपालबाट सरकारी प्रयोगशालाको पीसीआर नेगेटिभ रिपोर्ट बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा हङकङ पुगेका ५ नेपाली यात्रुको रिपोर्ट पोजिटिभ देखिएको छ ।

निगम स्रोतका अनुसार सोमबार राति नेपालबाट उडेका २ सय ५१ यात्रुको हङकङ सरकारले विमानस्थलमै कोभिड–१९ जाँच गर्दा ५ जनामा रिपोर्ट पोजिटिभ देखिएको हो । ‘पोजिटिभ देखिएका यात्रु हङकङको स्वास्थ्य डेस्कको निगरानीमा छन्,’ स्रोतले भन्यो, ‘हङकङको नागरिक उड्डयन विभागअन्तर्गतको एयरलाइन्स कमिटीले बिहीबार जारी गर्ने नोटको प्रतीक्षामा छौं ।’


Advertisement

निगमको उडानमा नेपालबाट कोभिड रिपोर्ट नेगेटिभ लिएर उडेका यात्रुको त्यहाँ पुनः जाँच गर्दा पोजिटिभ देखिएपछि हङकङको नागरिक उड्डयन विभागले यसअघि अक्टोबरमा दुई पटक र नोभेम्बरमा एक पटक काठमाडौं–हङकङ–काठमाडौं उडानमा दुई–दुई साता रोक लगाएको थियो ।

‘हङकङ विमानस्थलमा रहेको स्वास्थ्य डेस्कले जानकारी दिइसकेको खबर आएको छ, निगमको यस पटक उडान स्थगन गर्ने वा नगर्नेबारे बिहीबार मात्रै थाहा हुन्छ,’ निगमका एक अधिकारीले कान्तिपुरसँग भने । निजी प्रयोगशालाको रिपोर्टमा समस्या देखिएपछि सरकारले सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गरेको रिपोर्ट लिएर मात्र यात्रा गर्नुपर्ने नियम बनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्