×

NMB BANK
NIC ASIA

बैंक भौचरले खुल्यो दुई एसपीको असुली धन्दा

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादव रूपन्देहीमा डीएसपी दर्जामा कार्यरत रहँदा आर्थिक अनियमिततामा मुछिएपछि २०६९/७० ताका निलम्बनमा परेका थिए ।

Muktinath Bank

शक्ति केन्द्रको भनसुन र दबाबमा उनको निलम्बन फुकुवा भएको थियो । तर प्रहरी मुख्यालयले उनी जहाँ–जहाँ सरुवा भएर जान्थे, निगरानी पनि सँगसँगै बढाउँदै लग्थ्यो । पटक–पटक अनियमितता र आचरणविपरीतका तथ्य र प्रमाण हुँदा पनि उनीमाथि कारबाही हुन सकेको थिएन । सिन्धुली प्रहरी प्रमुख छँदा एसपी यादवमाथि लागूऔषध तस्करसँग मिलेर असुली गरेको आरोपमा उजुरी परे पनि नेताको दबाबका कारण कारबाही नै भएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादव जस्तै अनियमितता र आचरणमा सधैं विवादास्पद अर्का एसपी विमल बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत धनकुटा कार्यालयमा छँदा अख्तियारको गाडीसहित होटलमा पुगेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।


Advertisment
Nabil box
Kumari

पछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दबाबमा उनीमाथि कुनै कारबाही नै भएन । बरु दुवै एसपीलाई आकर्षक स्थानमा सरुवा गर्न सत्तारूढ र प्रतिपक्षी दलकै नेताहरू लागिपर्थे । दुवै एसपीको सरुवा हुने बेला गृह मन्त्रालयसँग प्रहरी प्रधान कार्यालयको बारम्बार विवाद हुने गर्दथ्यो । स्रोतका अनुसार गत वर्ष मात्रै एसपी यादवलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा सरुवा गर्न गृह मन्त्रालयका उच्च अधिकारीदेखि सत्तारूढ दलकै नेतासम्मले दबाब दिएका थिए । तर प्रहरी मुख्यालयले यादवको विगतको ट्र्याक रेकर्ड देखाएपछि महाशाखा जान पाएनन् । तर भनसुन र दबाब दिएरै उनी कर्णाली प्रदेश ट्राफिक कार्यालय प्रमुखमा सुर्खेत सरुवा भए ।

Vianet communication
Laxmi Bank

पछिल्लो पटक एसपी सरुवामा यादवको सरुवा महाशाखामा नै भयो । त्यहाँ जान उनले शक्तिकेन्द्रमार्फत दबाब दिएका थिए । महाशाखा आउनुअघि एसपी यादव सुर्खेतमा अर्का विवादास्पद एसपी बस्नेतको ठाउँमा सरुवा भएका थिए ।

बस्नेत २०५३ र यादव २०५५ मा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गरी २०५८ सालमा प्रहरीमा स्थानान्तरण भएका थिए । यी दुवै एसपीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार निलम्बन गरेको छ । यादव र बस्नेतसँगै अनियमिततामा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरसिया पनि निलम्बनमा परेका छन् ।

यी तीनै जना प्रहरी अधिकारी कर्णाली प्रदेश ट्राफिक कार्यालयमा छँदा अनियमितता गरेको आरोपमा निलम्बनमा परेका हुन् । निलम्बित एसपी बस्नेत २०७५ चैतदेखि २०७६ असोजसम्म र यादव २०७६ असोजदेखि २०७७ भदौसम्म कर्णाली प्रदेशको ट्राफिक प्रमुख बसेका थिए । यस्तै २०७६ असारदेखि २०७७ असोजसम्म चौरसिया सोही कार्यालयमा कार्यरत थिए ।

बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरी र यादव ट्राफिक महाशाखामा कार्यरत छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तीनै जनामाथि कर्णाली प्रदेशमा छँदा मातहत विभिन्न युनिटबाट रकम असुल्ने गरेको आरोप लगाइएको छ ।

‘चालक र बडीगार्डमार्फत बस्नेत र यादवले मातहत विभिन्न युनिटबाट रकम असुल्ने गरेका थिए, त्यसमा प्रहरी निरीक्षक चौरसियाको पनि संलग्नता देखियो,’ प्रहरी महानिरीक्षकको सचिवालय स्रोतले भन्यो, ‘धेरैपटक उनीहरूमाथि उजुरी र गुनासा आएका थिए, सूक्ष्म रूपमा छानबिन गर्दा अनियमितता गरेको भेटिएपछि निलम्बन गरिएको हो ।’ तीनै जना अधिकारीमाथि तत्कालीन आईजीपी ठाकुरप्रसाद ज्ञवालीका पालाबाटै छानबिन सुरु भएको थियो । तर कोरोना महामारीका कारण छानबिन अघि बढेको थिएन । पछिल्लो पटक महानिरीक्षक मातहतको निरीक्षणालयले भदौबाट अनुसन्धान गरेको थियो । सुरुमा बेनामे उजुरी परेको थियो । त्यसपछि डीएसपीको नेतृत्वमा उजुरी छानबिन गर्न अनुसन्धान टोली सुर्खेत नै पुग्यो । त्यसपछि अनियमितताको पोल एकपछि अर्को गरेर खुल्दै गयो ।

‘बडीगार्ड र आफ्ना चालकमार्फत संकलन गरिएको रकम विभिन्न बैंक र आईएमईमार्फत लिने रहेछन्,’ स्रोतले भन्यो, ‘पछि रकम लिएको भर्पाई र बिल तथा उजुरी दिनेसँग सोधपुछ गर्दा अनियमितता गरेको पुष्टि भयो ।’ बडीगार्ड र चालक दुवै जनाले दिएको बयानअनुसार दुवै एसपीले रकम नदिने युनिट इन्चार्जलाई सरुवा गर्थे । छानबिनका क्रममा एसपीद्वय यादव र बस्नेतका बडीगार्ड र चालकले दिएको बयानमा भनिएको छ, ‘दुवै एसपी साबले रकम संकलन गर्न हामीलाई खटाउनु हुन्थ्यो । युनिट इन्चार्जबाट उठाएको रकम आईएमई र बैंकबाट पठाउँथ्यौं, कहिले दराजमै उहाँहरूले भनेअनुसार राखिदिन्थ्यौं ।’ एक दिन एसपी यादव काठमाडौं आएका रहेछन् । त्यही बेला यादवले आफ्ना बडीगार्डलाई फोन गरेर भनेका थिए, ‘तेरो नाममा पैसा आउँछ, दराजमा लगेर राखिदिनू ।’

यादव र बस्नेत दुवैले रकम नदिने ट्राफिक प्रहरीलाई छानीछानी अन्यत्रै सरुवा गर्थे । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले अनियमितता र आचरणविपरीतका काम गरेपछि निलम्बन गरिएको बताए । ‘प्रहरीमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गरिएको, गल्ती गर्ने जुनसुकै दर्जाका अधिकृत भए पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने पनि यसबाट स्पष्ट हुन्छ,’ प्रवक्ता कुँवरले भने, ‘आचरणविपरीत र गैरव्यावसायिक चरित्र देखाउने कसैले पनि उन्मुक्ति पाउँदैनन् ।’

महानिरीक्षकको सचिवालयले पछिल्लो पटकको अनुसन्धानका क्रममा यादवले लिएको १ लाख र बस्नेतले लिएको ५० हजार रुपैयाँको बिल भर्पाई पनि फेला पारेको छ । यादवले नेपाल बैंकमार्फत वीरगन्जमा २ पटकमा २/२ लाख लाख गरी ४ लाख रुपैयाँ पठाएको पनि भेटिएको छ ।

त्यसपछि प्रहरी प्रधान कार्यालयमा बोलाएर तीनै जना अधिकृतसँग पटक–पटक बयान लिइएको थियो । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले पछिल्लो पटक भएको निलम्बनले आचरणविपरीतका काम गर्ने जोसुकै पनि प्रहरी प्रधान कार्यालयको निगरानीमा छन् भन्ने स्पष्ट पारेको बताए ।

‘अनियमितता गर्नेमाथि निलम्बन गर्नु एकदम सही कदम हो, प्रहरीको छवि र चरित्रलाई बदनाम गर्नेलाई यसैगरी कारबाहीको दायरामा ल्याउनुपर्छ,’ मल्लले कान्तिपुरसँग भने, ‘यस्ता गलत चरित्र भएका प्रहरीका लागि दबाब र भनसुन गर्नेमाथि पनि सूक्ष्म रूपमा निगरानी गरिनुपर्छ ।’ बदनाम छवि भएका व्यक्तिका पक्षमा भएका दबाब आईजीपीले अस्वीकार गर्नुपर्ने उनको भनाइ छ । कान्तिपुर दैनिकमा मातृका दाहालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x