×

NMB BANK
NIC ASIA

झारफुकको भर पर्दा सुत्केरीले गुमाइन् ज्यान

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अछाम सदरमुकामबाट झन्डै ६५ किलोमिटर टाढाको तुर्माखाँद गाउँपालिका–४ ल्वारागोदेकी ३८ वर्षीया नामसरा विकले बेलैमा उपचार नपाउँदा सोमबार राति ज्यान गुमाउनुपर्‍यो । पाँच दिनदेखि पेट दुख्नुका साथै हल्का रगत बगिरहेको थियो । गर्भवती भएको आठ महिना मात्रै भएकाले परिवारले उनको समस्यालाई सामान्य रूपमा लिए । घरमै सुत्केरी हुने चलन रहेकाले स्वास्थ्यचौकी लैजानुपर्छ भन्ने कसैले सोचेनन् ।

Muktinath Bank

‘भाउजूलाई स्वास्थ्यचौकी लैजानुपर्छ भन्ने थाहै भएन । हामी त्यो दिन देवता मान्ने काममा व्यस्त थियौं,’ नामसराका देवर गोप विकले भने, ‘दाजु (मृतकका श्रीमान्) आफैं पनि पितर धामी हुन् । पहिले देवता मान्ने त्यसपछि स्वास्थ्यचौकी लैजाने कुरा भएको हो । घरमा हुँदा झारफुक गर्‍यौं, जडीबुटी पनि खुवायौं ।’ उनका अनुसार छैटौं सन्तान जन्म दिने क्रममा नामसराको ज्यान गयो । अहिले उनका तीन छोरा र दुई छोरी छन् । स्थानीयका अनुसार अन्धविश्वास र अशिक्षाका कारण अझै पनि बिरामी हुँदा विशेष अवस्थाबाहेक त्यहाँका बासिन्दा स्वास्थ्य संस्था जाँदैनन् । गाउँलेको पहिलो प्राथमिकता स्थानीय धामीझाँक्री हुन् । झारफुकबाट ठीक भएन भने जडीबुटीको भर पर्छन् । बिरामी गम्भीर अवस्थामा नपुग्दासम्म स्वास्थ्य संस्था पुर्‍याउँदैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सन्तान नभएर पनि होइन, छोराकै लागि हो भनौं भने पनि तीन छोरा छन्,’ गोपले भने, ‘एक दम्पतीले जति सन्तान जन्माउँछन्, ती सबैलाई भगवान्को बरदानका रूपमा लिने चलन छ । गाउँमा सबै महिलाको अवस्था भाउजूको जस्तै हो ।’


Advertisment
Nabil box
Kumari

परिवारका सबै सदस्य देवता पुज्न व्यस्त भएका बेला नामसरा बेहोस भएर ढलेकी थिइन् । त्यसपछि मात्रै उनलाई करिब १ घण्टा टाढाको तुर्माखाँद स्वास्थ्यचौकीमा सोमबार दिउँसो १२ बजे पुर्‍याइएको थियो । स्वास्थ्यचौकी पुर्‍याउनुभन्दा १५ मिनेटअघि धेरै रगत बग्यो । त्यहाँ प्राथमिक उपचार भयो । ‘भाउजूको अवस्था गम्भीर भइसकेको रहेछ,’ गोपले भने, ‘यस्तो अवस्थाका गर्भवती र सुत्केरीलाई सरकारले हेलिकप्टरबाट उपचारमा लैजान्छ भन्ने हामीलाई थाहा थिएन । कसलाई भनेपछि हेलिकप्टरले लैजान्छ भनेर भनिदिने पनि कोही भएन ।’ स्वास्थ्यकर्मीले जिल्ला अस्पताल रेफर गरेपछि गाडी खोज्न धेरै समय लागेको थियो ।

Vianet communication
Laxmi Bank

तुर्माखाँद–४ का वडाध्यक्ष कविराम बयकले भने, ‘ढिला थाहा पाएँ । अस्पताल पठाउनलाई एम्बुलेन्स खोजें । एम्बुलेन्सको कन्डिसन पनि ठीक थिएन । विस्तारै भए पनि जिल्ला अस्पताल लैजाउँ भनेर बिग्रेकै एम्बुलेन्समा पठाएका हौं ।’ बाटोमा एम्बुलेन्स बिग्रियो । अर्को गाडी खोज्दासम्म अबेर भएर ढिलो अस्पताल पुर्‍याइएको उनले बताए ।

जिल्ला अस्पतालका डा. अतुल भारद्वाजका अनुसार नामसरालाई तुर्माखाँदबाट मंगलसेन ६ घण्टापछि पुर्‍याइएको थियो । ‘रगत धेरै बगिसकेकाले बिरामीको अवस्था गम्भीर थियो,’ उनले भने, ‘हामीले नर्मल डेलिभरी नै गराएका हौं, बच्चा पेटमै मरिसकेको रहेछ ।’ राति १२ बजे बच्चा जन्मेको केही समयपछि उच्च रक्तस्रावकै कारण सुत्केरीको मृत्यु भएको उनले बताए । ‘सुत्केरी भइसकेपछि हामी रगत दिने तयारीमा थियौं । अनेक प्रयास गर्दा पनि बचाउन सकिएन,’ उनले भने ।

राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रमअन्तर्गत लकडाउनपछि मात्रै अछामका ७ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरबाट उद्धार भएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा स्वास्थ्यचौकी वा स्थानीय तहबाट खबर आउनुपर्छ । यो केसमा मलाई समयमा खबर नै आएन । जिल्ला अस्पताल पुर्‍याएपछि मात्रै जानकारी आयो,’ उनले भने । कान्तिपुर दैनिकमा मेनुका ढुंगानाले खबर लेखेकी छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x