×

NMB BANK
NIC ASIA

चिनियाँ खोप अन्तिम चरणमा, युद्धस्तरमा वितरण प्रणाली बनाइँदै

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभरि दशौं लाख आपूर्तिको प्रतिबद्धता जनाएको चीनले कोभिड–१९ विरुद्धको खोप भण्डारणको बलियो तयारी गरेको छ । दक्षिणी चीनको शेनजेन शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एक कुनामा सेता च्याम्बरबाहिर लगाइएको पर्दामा भित्रको तापक्रम देखाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सुरक्षा कामदारहरु सर्जिकल गाउन, अनुहार ढाक्ने मास्क र रबरको पञ्जा लगाएर बाहिर पहरा दिँदैछन् । उक्त च्याम्बरभित्र प्रवेश गर्ने जो कोहीले कम्तिमा दुई साताको क्वारेन्टिन पुरा गरेको हुनुपर्ने वा टाउकोदेखि पैताला ढाक्ने पहिरन लगाएको हुनुपर्ने ब्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३५० वर्गमिटरमा फैलिएको तापक्रम नियन्त्रित कोठाहरुमा छिट्टै चीनले विकास गरेको खोपले भरिभराउ हुनेछ । चिनियाँ औषधि नियामक निकायले खोपको स्वीकृति दिएपछि विमानस्थलको उक्त च्याम्बरमा खोप लगिनेछ । त्यहाँबाट जेटसम्म पुर्याउँदा तापक्रम नियन्त्रित उपकरण सहित विश्वका विभिन्न स्थानमा आपूर्ति गरिनेछ ।


Advertisment
Nabil box
Kumari

चीनले तेस्रो चरणको ट्रायल गरेको राष्ट्रहरुमा सयौं लाख खोप आपूर्ति गर्ने तयारी गर्दैछ । चिनियाँ नेतृत्वले खोपको सफलतापूर्वक परीक्षणपछि थुप्रै राष्ट्रमा आपूर्तिको प्रतिबद्धता समेत जनाएका छन् । खोप आपूर्ति गर्ने विश्वब्यापी अभियानले भएको सीएनएनले उल्लेख गरेको छ ।

Vianet communication
Laxmi Bank

चिनियाँ परराष्ट्र नीतिलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय प्रभाव कायम गर्ने उपकरणको रुपमा चीनले खोपको प्रयोग गर्न सक्ने वाशिंगटनस्थित परराष्ट्र सम्बन्धमा विश्व स्वास्थ्य हेर्ने यान्झोंग हुआगं बताउँछन् ।

महामारीको सुरुवाती चरणमा चीनले मास्क र अन्य स्वास्थ्य उपकरण तथा सामग्री सहयोगमा उपलब्ध गराएर सद्भाव बनाउने प्रयास गरेको थियो । तर उक्त स्वास्थ्य सामग्रीको कमजोर गुणस्तरलाई लिएर पुनः चीनमाथि दोष लागेपछि वेइजिंगले कोरोनाभाइरसको अध्याय अन्त मोड्न खोजेको आरोप लागेको थियो । वेइजिंगको खोप कुटनीतिले पुनः एकपटक अवसर दिएको हुआंग बताउँछन् ।

चीनले हाल चारवटा कम्पनीको पाँचवटा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ । खोप परीक्षणको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण चरणमा प्रवेश गरेर खोप विकासकत्र्ताले नियामक निकायबाट अनुमति लिने अवस्थामा पुगेको छ । चीनले हालसम्म १६ राष्ट्रमा खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारे तेस्रो चरणको परीक्षण गरिरहेको छ । बदलामा चीनले सफलतापूर्बक परीक्षणपछि खोपमा छिटोभन्दा छिटो पहुँच हुने प्रतिबद्धता गरेको छ ।

वेइजिंगस्थित सिनोभ्याक बायोटेकले ब्राजिललाई चार करोड ६० लाख र टर्कीलाई पाँच करोड डोज उपलब्ध गराउने सम्झौता गरेको छ । इन्डोनेसियामा उत्पादनका लागि सिनोभ्याकले चार करोड डोज बराबरको कच्चा खोप उपलब्ध गराउने सम्झौता गरेको छ ।

क्यानसिनो बायोलोजिक्सले मेक्सिकोलाई तीन करोड ५० लाख डोज खोप दिने सम्झौता गरेको छ । चिनियाँ सेनाको अनुसन्धान इकाईले उक्त खोप विकास गर्दैछ ।

चीनको सरकारी स्वामित्वको नेशनल फर्मास्युटिकल्स ग्रुप(सिनोफार्म) को इकाई नेशनल बायोटेक ग्रुप(सीएनबीजी)ले खोप आपूर्तिको सम्झौताका लागि कम खुलेको छ । सीएनबीजीको दुईवटा खोप विभिन्न दश राष्ट्रमा तेस्रो चरणको परीक्षणमा छन् । अधिकांश मध्यपूर्ब र दक्षिण अमेरिकी राष्ट्र छन् ।

यूएईका शासक शेष मोहम्मद बिन राशिद अल मख्तौम समेत उक्त खोपको ट्रायलमा स्वयंसेवीको रुपमा सहभागी हुनेछ । उक्त खोप आकस्मिक प्रयोगका लागि अनुमति समेत पाइसकेको छ । एमिराती कम्पनीले सिनोफार्मसँगको समन्वय र साझेदारीमा सात करोड पचास लाखदेखि एक अर्ब डोज खोप उत्पादन गर्ने अपेक्षा गरेको छ ।

सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनले पछिल्लो महिना दर्जनौं राष्ट्रले कम्पनीको खोप खरिदका लागि आग्रह गरेको  बताएका थिए । उनले कुन राष्ट्रले कति डोज खोप किन्न प्रस्ताब गरेको सम्बन्धमा केही खुलाएनन् । यद्दपी उनले सन् २०२१ मा सीएनबीजीले एक अर्बभन्दा बढी खोप उत्पादन गर्न सक्षम रहेको बताएका थिए । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x