×

NMB BANK
NIC ASIA

संक्रमित हुँदा झन् सास्ती

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वीरेन्द्रनगरका अपांगता भएका २९ वर्षीय एक व्यक्तिलाई गत भदौ ९ गते कोरोना संक्रमण पुष्टि भयो ।

Muktinath Bank

नास्ता पसल चलाइरहेका उनलाई पसलमा आउने ग्राहकबाटै संक्रमण भएको अनुमान छ । उनी संक्रमित भएपछि परिवारका अन्य तीन सदस्यमा पनि कोरोना देखियो । आइसोलेसनमा बस्न खासै समस्या भएन । तर संक्रमित भएको थाहा भएपछि उनको पसलमा ग्राहक नै आउन छाडे । ‘अरू काम गरौं भने पनि राम्रोसँग हिँडडुल नै गर्न सक्दिनँ, पसल नचल्दा खर्च चलाउन मुस्किल भयो,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगरकै ३० वर्षीया दृष्टिविहीन महिलाले पहिलेदेखि नै अरूले दिएको एक मुठी चामलले आफ्नो छाक टार्दै आएकी थिइन् । कोरोना महामारीमा सहयोग गर्ने हातहरू पछि हटेपछि उनी कति दिन भोकभोकै पनि बस्नुपर्‍यो । श्रीमान् र घरपरिवारबाट समेत एक्लिएर बसेकी उनी न आफू काम गर्न सक्छिन् न त कसैले उनलाई सहयोग गरेको छ । ‘आफन्तबाट त सहयोग केही पाएकी छैन,’ उनले भनिन्, ‘पहिला सहयोग गर्नेहरूले पनि अहिले वास्ता गर्न छाडे ।’ पहुँच भएका अपांगता व्यक्तिले केही राहत पाए पनि आफूले नपाएको उनको गुनासो छ ।


Advertisment
Nabil box
Kumari

कर्णालीमा अपांगता भएका अधिकांश व्यक्तिको यो साझा समस्या हो । कोरोना महामारीपछि भएको लकडाउनका कारण रोजीरोटी गुमाएका परिवार धेरै छन् । उनीहरूले रोजगारी मात्रै गुमाएका छैनन्, सम्बन्धित निकायबाट सहयोग पनि पाएका छैनन् । कर्णालीमा करिब ५१ हजारभन्दा बढी विभिन्न खाले अपांगता भएका व्यक्तिहरू रहेको अनुमानित तथ्यांक अपांग महासंघ कर्णाली प्रदेशसँग छ । यीमध्ये आधाभन्दा बढी व्यक्तिले कोरोनाका कारण रोजगारी गुमाएको आकलन छ ।

Vianet communication
Laxmi Bank

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका कृष्णबहादुर शाही ह्वीलचियर प्रयोगकर्ता हुन् । ढाड भाँचिएको समस्या रहेका उनलाई पिसाब चुहिने समस्यासमेत छ । जसका लागि उनले प्रयोग गर्ने ‘कन्डम क्यापेटर’ नपाउँदा अर्को संक्रमण हुने जोखिम बढेको छ । ‘यो दुईपटक भन्दा बढी प्रयोग गर्न मिल्दैन,’ उनले भने, ‘अहिले उमाल्दै प्रयोग गर्दै गरिरहेको छु, यसले झन् अरू रोग लाग्ने डर भइसक्यो ।’ उक्त सामग्री लिनका लागि काठमाडौं वा कोहलपुर जानुपर्ने हुन्छ । तर उनी अपांगता भएकै कारण त्यहाँसम्म पुग्न सकेका छैनन् ।

वीरेन्द्रनगरका २९ वर्षीय अपांगता भएका व्यक्तिले पनि नक्कली खुट्टा परिवर्तन गर्नुपर्नेछ । तर गत चैतदेखि उनी खुट्टा परिवर्तन गर्न नसकेकै कारण घरभित्रै बसिरहेका छन् । ‘पहिलाको खुट्टाले हिँड्नै मिलेन,’ उनले भने, ‘हिँड्नेबित्तिकै लड्ने समस्या भएपछि अहिले प्रयोग गरेको छैन ।’ राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका जनवकालत संयोजक जितेन्द्र ढकालका अनुसार कर्णालीका करिब ५ सय बढीले सहायक सामग्री नपाएको भनी गुनासो गरेका छन् । विशेषगरी शारीरिक अपांगता भएकाहरूले सहायक सामग्री माग गरेको उनले बताए । ‘अपांगता भएका व्यक्तिले निरन्तर रूपमा सेवन गरिरहनुपर्ने औषधि हेमोफिलिक फ्याक्टर, क्याथेटर, डाइपर ट्युबलगायत सामग्री नपाएर समस्या भागिरहेका छन्,’ उनले भने ।

कर्णालीमा अपांगता भएका कति व्यक्तिहरू कोरोना संक्रमित भए भन्ने यकिन तथ्यांक छैन । वीरेन्द्रनगरमा मात्रै ४ जना अपांगता भएका व्यक्तिहरू कोरोना संक्रमित भए । उनीहरूका अनुसार वीरेन्द्रनगरका आइसोलेसनमा अपांगमैत्री संरचना छैनन् । अपांग सशक्तीकरण केन्द्र (डेस्क) को सहयोगमा वीरेन्द्रनगरको कटकुवा अस्पतालको आइसोलेसनमा अपांगमैत्री सार्वजनिक शौचालय बनाइएको छ ।

अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माका अनुसार अन्य आइसोलेसनमा अपांगता भएका व्यक्तिलाई राख्नै समस्या छ । जनवकालत संयोजक ढकालले आइसोलेसनमा अपांगता भएका व्यक्तिका लागि र्‍याम, दोभाषे, सम्बन्धित निकायले निकाल्ने विभिन्न स्वास्थ्य सामग्रीहरूका डकुमेन्ट युनिकोडमा पनि हुनुपर्छ । तर कर्णालीका कुनै पनि आइसोलेसनमा यी व्यवस्था गरिएको छैन । ‘अहिले धेरै अपांगता भएकालाई कोरोनाका बारेमा जानकारी नै छैन,’ उनले भने, ‘मास्क, सेनिटाइजरलगायत अन्य सरसफाइका कुराबारे पनि उनीहरू अनभिज्ञ छन् ।’ महासंघले गरेको सर्भेअनुसार नेपालका करिब ७.५ प्रतिशत अपांगता भएका व्यक्तिलाई मनोसामाजिक परामर्श आवश्यकता पर्ने देखाएको छ ।

यसैबीच, महासंघले सरकारले बनाएको अपांगसम्बन्धी ऐन, नियम तथा कानुनको कार्यान्वयन फितलो भएको गुनासो गरेको छ । बुधबार वीरेन्द्रनगरमा भएको अन्तर्क्रियामा तीनै तहका सरकारले अपांगता भएका व्यक्तिको खोज तथा सम्मान गर्न बनाइएको कानुनको पनि कार्यान्वयन नभएको बताएको हो । प्रदेश अध्यक्ष शर्माले कर्णाली सरकारले विभिन्न कानुन बनाए पनि अपांगता भएका व्यक्तिलाई प्रत्यक्ष प्रभाव पर्ने कुनै पनि नीति नबनाएको जनाए । उनले प्रदेशका कतिपय क्षेत्रहरूका अपांगता व्यक्तिले पाउनुपर्ने परिचयपत्रसमेत नपाएको गुनासो गरे । कान्तिपुर दैनिकमा चाँदनी कठायतले खबर लेखेकी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x