×

NMB BANK
NIC ASIA

मधेशको एउटा कम्युनिस्ट परिवारबाट मिस नेपालको यात्रा, दाइजोविरुद्ध लड्ने सन्ध्याको सपना

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दशक अघिसम्म पनि मिस नेपाल सुन्दरी प्रतियोगिताबारे कम्युनिस्ट पार्टीका सदस्यहरूको धारणा अलि परम्परागत र रुढीवादी थियो । 

Muktinath Bank

१५ वर्ष अघिसम्म त अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मिस नेपालको प्रतियोगिता चलिरहेको समयमा बानेश्वरमा प्रदर्शन हुन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विरोधको नेतृत्व गर्नेहरू हुन्थे अखिल नेपाल महिला संघ र कम्युनिस्ट पार्टीका महिला संगठन । २०६५ सालमा संसद् बैठक बस्नुअघि मिस नेपालको प्रतियोगिता बीआईसीसीमा हुने गर्दथ्यो । 


Advertisment
Nabil box
Kumari

जब मिस नेपाल प्रतियोगितामा नेपालको साझा पहिचान झल्किन थाल्यो बिस्तारै–बिस्तारै मिस नेपाल प्रतियोगितको विरोधका स्वरहरू सुक्दै जान थाले ।

Vianet communication
Laxmi Bank

हिजो स्वयं सुन्दरी प्रतियोगिताको विरोध गर्ने परिवारका सदस्यहरू प्रतियोगितामा भाग लिन थाले । 

मिस नेपाल बनेका ‘छोरीहरू’को पफर्मेन्स र लिडरशिपका कारण पनि विरोधका स्वरहरू सुक्दै गए । यो सुन्दरी प्रतियोगिताबारे नेपाली समाजमा आएको एउटा जबरजस्त परिवर्तन हो । 

दुई वर्षअघि नेकपाका सांसद विरोध खतिवडाकी छोरी श्रृंखला मिस नेपाल बन्न सफल भइन् । यसपटक समेत नेकपाकै सांसद इन्दु शर्माकी छोरी पनि मिस नेपाल प्रतियोगितामा सहभागी छन् ।

अझ रोचक कुरा त, उनी तराई–मधेशबाट प्रतियोगितामा समावेश भएका कारण चर्चामा छिन् । उनी हुन् सन्ध्या शर्मा । 

‘सुन्दरी प्रतियोगिताको नाममा जुन ढंगले मिस नेपाल प्रतियोगिताको विरोध भएको थियो, त्यो बिल्कुल गलत थियो,’ सन्ध्याका बुवा एवं नेकपा नेता रामकुमार शर्मा भन्छन्, ‘सुन्दरता भन्दा पनि उनीहरूभित्रको क्षमता परीक्षण हुने प्रतियोगिता हो भनेर अहिले धेरैले बुझ्न थालेका छन् ।’

शर्मा सत्तारुढ नेकपा केन्द्रीय सदस्य एवं पूर्व सांसद हुन्। 

राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको बहस चलिरहेको समयमा सुन्दरी प्रतियोगितामा मधेशकी छोरी सहभागी भएकी छन् । सन्ध्या मिस नेपाल भएमा पछाडि परेका मधेशका महिलाका लागि प्रेरणाको स्रोत बन्ने परिवारको विश्वास छ । 

मधेशमा दाइजो प्रथा उन्मुलनको लक्ष्य !

मधेशमा जन्मे हुर्केकी सन्ध्या शर्मा सानैदेखि अलि फरक स्वभावकी थिइन् । आफ्नो समाजमा छोरीहरूप्रति भइरहेको विभेदका कारण उनमा अलि विद्रोही स्वभाव पैदा भएको थियो ।

आमा इन्दुका अनुसार एकदिन काकाका छोराको बिहेको कुरा चलिरहेको समयमा दाइजोको कुरा उठ्यो ।

उनले दाइहरूसँग झगडा गरिन्, ‘यस्तो पढेलेखेको मान्छेले दाइजो बार्गेनिङ गर्न सुहाउँछ ?’ 

पढेर आफ्नै खुट्टामा उभिएका छोरीको बिहेमा पनि दाइजोको बार्गेनिङ ! यो त असह्य कुरा हो ।

उनले अठोट गरिन्– मसँग बिहे गर्न आउने कसैले दाइजो शब्द उच्चारण गर्‍यो भने पनि म उसँग बिहे गर्दिनँ, बरु त्यसै बस्छु । 

तराई मधेशमा अहिले पनि दाइजो एउटा मुख्य सामाजिक समस्या बनेको छ । दाइजोकै कारण महिला हिंसाका कारण पारिवारिक कलह र कयौं घटना भइरहेका हुन्छन् ।

शिक्षित बर्गका केटाहरू समेत दाइजोका लागि बार्गेनिङ गर्ने गरेको बेलाबखत चर्चामा आइरहन्छ ।

‘मधेसमा छोरीहरूलाई गर्ने विभेदविरुद्ध केही गर्छु भन्ने उनको सोच छ, राजनीतिक परिवारमा हुर्केको भएर होला समाज परिवर्तनमा लाग्ने उनको विचार छ,’ सन्ध्याकी आमा इन्दुले लोकान्तरसँग भनिन् ।

यसअघि दुईपटकसम्म मिस नेपाल प्रतियोगितामा सहभागी हुन फारम भरेकी सन्ध्या पढाइको शेड्युल नमिलेका कारण भाग लिन पाएकी थिइनन् । यसपटक भने प्रतियोगितामा सहभागी हुने अवसर मिल्यो ।

‘म कुनै नेसनल फिगर बनें भने दाइजोका नाममा तराई मधेशमा भइरहेको विभेदविरुद्ध अभियान चलाउने छु भन्ने छोरीको पहिलेदेखिको सोच हो, छोरीलाई पढाउनुपर्छ भन्ने चेतना फैलाउने उसको धोको छ,’ छोरीको लक्षबारे बुवा रामकुमारले भने ।

चुरे संरक्षण र पर्यावरण बचाउने सपना

सन्ध्या पढ्नमा पनि उस्तै अब्बल छन् । देहरादुनमा रहेको फरेस्ट रिसर्च इन्स्टिच्युट (एफआरए)मा छात्रवृत्ति कोटामा उनी एमएस्सी गर्दैछिन्, फरेस्टीमा । दक्षिण एसियाका लागि छुट्टाइएको १० जनाको कोटामा उनी छात्रवृत्ति पाएर एमएससी गर्न देहरादुन गएकी हुन् ।

बीएससी फरेस्टी गरेकी उनले चुरे संरक्षणबारे थेसिस गरेकी थिइन् । एमएससीमा पनि चुरे संरक्षणमा थेसिस गरेर पीएचडी गर्ने धोको रहेको बुवा रामकुमारले बताए । तराईको पर्यावरण जोगाउन भन्दै नेपालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको छ । 

चुरे मासिँदा तराईका जिल्लामा बाढी र डुबानको समस्या बढ्दै गएको पर्यावरणविद्हरूले चिन्ता व्यक्त गरिरहेका छन् । 

‘नेपालको अन्नको भण्डार मधेशको पर्यावरण चुरेसँग गाँसिएको छ, चुरे क्षेत्रको संरक्षणका लागि अभियान चलाउनुपर्छ भन्ने उसको सोच छ, त्यसैमा पीएचडी गर्ने उनको लक्ष्य छ,’ रामकुमारले भने ।

रामकुमार आफू पनि फरेस्टीका विद्यार्थी हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x