‘डिसेम्बर फल्स’मा उपासनाको ‘इन्ट्री’

अभिनेता आर्यन सिग्देलको नयाँ चलचित्र ‘डिसेम्बर फल्स’मा क्याप्टेन फेम अभिनेत्री उपासनासिंह ठकुरीले काम गर्ने भएकी छन् ।

चलचित्रका निर्माता रामप्रसाद रिजाल, लक्ष्मण रिजाल तथा राजकुमार भट्टले उपसनालाई साइन गराएका छन् ।


Advertisement

आगामी माघबाट छायांकन शुरू हुने चलचित्रका लागि निर्माण पक्षले केही अभिनेत्रीको ‘सर्टलिस्ट’ बनाएको थियो । तर उपसनालाई आर्यनको अपोजिटमा लिने अन्तिम निर्णय भएको हो ।

उपासनाले कथावस्तु मन पराएपछि चलचित्रमा काम गर्न राजी भएको निर्माता लक्ष्मण रिजालले जानकारी दिए । ‘क्याप्टेन र कबड्डी ३’मा काम गरेपछि उपसनाको चर्चा चुलिएको थियो । उपासना र आर्यनको जोडी पहिलो पटक देख्न पाइने छ ।


Advertisement

रामप्रसाद रिजालको प्रस्तुतिमा तयार हुने चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल लगायतका कलाकार पक्का भइसकेका थिए । उपासनाले इन्ट्री गरेसँगै चलचित्रका कलाकारको ड्रीम टीम तयार भएको हो ।

लक्ष्मण रिजाल कार्यकारी निर्माता रहने चलचित्रलाई प्रवीण झाले निर्देशन गर्दैछन् । चलचित्रमा रबि नायडुको छायांकन रहनेछ । चलचित्र आगामी साउन १ गते सार्वजनिक हुने निर्माता राजकुमार भट्टले जानकारी दिए ।  चलचित्रमा दर्शकले उमेर अन्तरका युवा–युवतीको प्रेम देख्न पाउने छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्