छिमेकी देश भारतमा अनेक घटना हुन्छन् । कोरोना महामारीका बेला सचेतना अपनाउन सबै देशजस्तै भारतले पनि विभिन्न प्रयासहरु गरिरहेको छ । तर, पनि सफल हुन सकेको छैन ।
भाइरसको संक्रमण कम गर्न केन्द्र सरकारले लकडाउन जारी गरेका बेला धेरैले लकडाउन उल्लंघन गरिरहेका छन् । कतै प्रहरीले नरम तरिकाले सम्झाइरहेका छन् भने कतै बल प्रयोग पनि गरिरहेको छ ।
यहीबीचमा मध्येप्रदेशका एक प्रहरी सहायक निरीक्षकले एक मजदुरको निधारमा लकडाउन उल्लंघन गरेको लेखिदिएकी छन् ।
ती मजदुरको निधारमा प्रहरीले ‘मैले लकडाउन उल्लंघन गरेको छु, मदेखि सबै टाढा रहनुहोस’ भनेर कलमले लेखिदिएकी हुन् । मध्येप्रदेशको छतपुर क्षेत्रमा प्रहरी सहायक निरीक्षकले मजदुरको निधारमा कलमले लकडाउन उल्लंघन गरेको र आफूबाट सबैलाई टाढा रहन लेखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त घटनाको जानकारी पाएपछि प्रहरी अधिरक्षक सौरभले यसबारेमा निधारमा लेख्ने महिला प्रहरी सहायक निरीक्षकलाई कारबाहीको दायरामा ल्याइएको बताएका छन् ।
लोकान्तर संवाददाता