प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीवार भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली मध्याह्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।
राष्ट्रपतिसँगको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अपराह्न बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक राखिएको एक मन्त्रीले जानकारी दिए ।
बिहीवारको मन्त्रिपरिषद् बैठक नियमित भएको र विभिन्न मन्त्रालयका नियमित एजेण्डा रहेको उनले लोकान्तरलाई बताए ।
लोकान्तर संवाददाता