×

NMB BANK
NIC ASIA

कैलाली र कञ्चनपुरका आठ उद्योगको उत्पादन रोक्का

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मापदण्ड नपुगेको भन्दै कैलाली र कञ्चनपुरका आठवटा उद्योगको उत्पादन रोक्का गरिएको छ । 

Muktinath Bank

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्ड अनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ वटा उद्योगलाई खाद्य ऐन बमोजिम उत्पादन रोक्का गरिएको र एकको मापदण्ड सुधार गरिएकाले उत्पादन फुकुवा गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

जसमा कञ्चनपुरको कौशल कञ्चन मिनरल शुक्लाफाँटा झलारी पानी उद्योगले मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएकोमा मापदण्ड सुधार गरी कार्यालयमा जानकारी गराएकोले उत्पादन फुकुवा गरिएको उनले बताए । 

Vianet communication
Laxmi Bank

कैलालीका मापदण्ड नपुगी उत्पादन रोक्का रहेका प्रशोधित पानी उद्योगमा कैलाली वाटर इण्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एण्ड बेभरेज इष्डष्ट्रिज लम्किचुहा, एनकेडिजे वेबरेज एण्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेस्ट उद्योग टीकापुर रहेका छन् । 

कञ्चनपुरका प्रशोधित पानी उद्योगमा डेली ड्रिंकिङ बाटर एण्ड मल्टी प्रोडक्सन उद्योग पुर्नवास, ब्लु बर्ड वाटर टिटमेन्ट एण्ड सप्लायर्स भीमदत र शिवशंकर वाटर एण्ड मल्टि प्रोडक्सन भासी रहेका छन् । 

स्वच्छता मापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरेसम्मका लागि आठ उद्योगको सिलबन्दी सहित उत्पादन रोक्का राखिएको बताइएको छ । 

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७७÷७८ प्रथम चार महिनाको अवधिमा खाद्य नमूना विश्लेषण र दाना नमूना विश्लेषणबाट पाँच लाख ७३ हजार १६५ रुपैयाँ राजश्व संकलन  गरेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x