माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कोभिड– १९ बाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत प्रदान गर्ने ध्येयका साथ रु ६५ अर्ब ६९ करोड बराबरको पुनरकर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाले पुनरकर्जाका लागि दर्खास्त आह्वान गरेकामा गत असोज मसान्तसम्म रु ६९ अर्ब चार करोड माग भएकामा रु ५० अर्ब सात करोड स्वीकृत भएको छ ।
यसैगरी ग्राहक मूल्याङ्कनअनुसार प्रदान गरिने पुनरकर्जाका लागि रु ५५ अर्ब २५ करोड माग भएकामा रु १५ अर्ब ६२ करोड स्वीकृत भएको छ । सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्दै लक्षित क्षेत्र र वर्गको पहुँच सुनिश्चित गर्ने प्रयास गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
उनले पुनरकर्जा लिनेमा ताप्लेजुङ, बैतडी, दार्चुलादेखि सुगम जिल्ला तथा त्यस मातहतका नगरपालिका र गाउँपालिकालाई समेटिएको बताए ।
कृषि तथा पशुपक्षी कर्जाबाहेकका कार्यविधिमा उल्लेखित अन्य कर्जामा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकले ५०० वा न्यूनतम प्रतिशाखा १० तथा राष्ट्रियस्तरका विकास बैंकले ३०० वा न्यूनतम प्रतिशाखा पाँचमध्ये जुन बढी हुन्छ सोहीबमोजिमको सङ्ख्यामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रियस्तरबाहेकका विकास बैंक तथा वित्त कम्पनीले क्रमशः न्यूनतम २०० र १०० सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । गत असोज मसान्तसम्ममा कूल ४१ हजार ६१८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु ७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २७ हजार ३६९ ऋणीलाई रु ६१ अर्ब २५ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १४ हजार २४९ ऋणीको रु ११ अर्ब २२ करोड कर्जा बक्यौता रहेको छ ।
चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । त्यसका लागि पुनरकर्जा कार्यविधि लागू गरी उपलब्ध कोषको पाँच गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
वाणिज्य बैंकले कूल कर्जा लगानीको कृषि क्षेत्रमा गत असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत लगानी गरेका थिए । सोहीअनुसार २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै गत असोज मसान्तमा वाणिज्य बैंकले आफ्नो कूल कर्जा लगानीको ९।५ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । यस्तै वाणिज्य बैंकले कूल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम छ प्रतिशत, २०७९ असार मसान्तसम्म सात प्रतिशत, २०८० असार मसान्तसम्म नौ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
गत असोज मसान्तमा वाणिज्य बैंकले आफ्नो कूल कर्जा लगानीको ५।६ प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गरेका छन् । कोभिड–१९ बाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालू पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिइएको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा कूल रु ९० अर्ब तरलता प्रशोचन गरिएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले यस अवधिमा रिभर्स रिपोमार्फत रु ६० अर्ब र निक्षेप सङ्कलन उपकरणमार्फत रु ३० अर्ब गरी कूल रु ९० अर्ब तरलता प्रशोचन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...