क्षुद्र शब्दले दुख्छ मन अपमान न गरी देऊ,
विकलांग बाल प्रति प्रेम,मुस्कान छरी देऊ,
हामी प्रतिको सोच नै फराकिलो पारी लेऊ,
हक अधिकारमा कतै किचलो न पारी देऊ,
हाम्रो योग्यता क्षमता लाई विस्तार गरी देऊ,
निर्विघ्न उन्नत पहुँचको बाटो तैयार गरि देऊ,
कसैको हामी रैती होइनौं कठैबरा पनि छैंनौं,
समुचित अधिकार दिने अब निधो गरी लेऊ।
नयाँ साहस अनि प्रेरणाको मुहान खनी देऊ
फकृन पाऊँ खुसीले उदार उद्यान बनी देऊ,
मनले अपांग हामी छैनौं, अवसर दिई त हेर
सगरमाथा चढी सकेका छौं पत्यार गरी लेऊ।
सिंह हौं जंगलका पिंजडामा कैद गरी न राख,
जागी सकेका छौं अब हामी,गर्जना सुनी लेऊ।
– – –