×

NMB BANK
NIC ASIA

किम्फ फिल्म फेस्टिभल आगामी साताबाट, भिमिओमा हेर्न मिल्ने

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमान्डु इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौं संस्करणको आयोजना आउँदो डिसेम्बर महिनाको १० देखि १४ सम्म हुन लागेको छ। कोभिड-१९ द्वारा सृजित अहिलेको परिस्थितिलाई दृष्टिगत गरेर यस पटकको महोत्सव भने ‘भर्चुअल’ हुने भएको छ।

Muktinath Bank

यस पटक १५ मुलुकका १८ वटा चलचित्रहरू प्रदर्शनका लागि छानिएका छन्। त्यसबाहेक ‘नेपाल पानोरामा’ अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू देखाइनेछन्। फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरूसित ‘भर्चुअल’ अन्तरक्रिया हुनेछ र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुनेछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सवमा प्रदर्शन गरिने यी फिल्महरू भिमिओ मा www.kimff.org मार्फत हेर्न सकिनेछ।


Advertisment
Nabil box
Kumari

अन्तर्राष्ट्रिय चलचित्रहरूमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रीडाकर्महरू समेटिएका छन् भने नेपाल पानोरामामा फेरि एक पटक प्रतिभाशाली युवा नेपाली सिनेकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ।

Vianet communication
Laxmi Bank

यस पटक किम्फको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ र अंग्रेजीमा Against despair. Towards hope. भन्ने रहेको छ। अहिले कोरोनाको महाव्याधिले उत्पन्न गरेको संकटसित जुध्दै आशा र विश्वासका साथ अघि बढ्ने ध्येय यस नारामा प्रतिबिम्बित भएको छ।

किम्फ २०२० को उद्घाटन विख्यात भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याङ्गस एन्ड अ मुस्ट्याच’ को प्रदर्शनबाट हुनेछ। यस चलचित्रको पूरै छायाङ्कन नेपालमै भएको थियो। उक्त अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन पनि दिनुहुनेछ।

डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरूमाझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ।

दिवङ्गत लेखक पिटर कार्थकको हिमाल किताबद्वारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि महोत्सवको अवसरमा गरिनेछ।

यसैगरी कोभिड-१९ र लकडाउनबारे बनाइएका विशेष डकुमेन्ट्रीहरूको प्रदर्शनपछि तिनबारे फिल्मका वास्तविक पात्र तथा कोभिड विशेषज्ञहरूमाझ छलफल र विमर्श गरिनेछ।

यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहनुभएको छ। निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनौट गर्नेछ। अन्तर्राष्ट्रिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ।

अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमश: रु. २ लाख, रु. १ लाख ५० हजार र रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। उक्त पुरस्कार राशि क्रमश: नेपाल पर्वतारोहण संघ, हिमालयन इन्टरन्यासनल माउन्टेन फिल्म अफ चाइना (HIMF) र स्वीट्जरल्यान्डका व्यवसायी उर्सुला तथा फ्रेडी ओहल्यान्डद्वारा उपलब्ध गराइएको हो। उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशि क्रमश: रु. १ लाख र रु. ७५ हजार रहेको छ र पुरस्कार रकम क्रमश: मिला प्रोडक्सन्स तथा चलचित्र विकास बोर्डले उपलब्ध गराएको हो।

किम्फ इन्टरन्यासनल अलायन्स फर माउन्टेन फिल्म (International Alliance of Mountain Film) नामक विश्व संस्थाको सक्रिय सदस्य रहेको छ। यस संस्थामा २० वटा मुलुकका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरू सदस्य रहेका छन्। यस वर्ष धेरै मुलुकका माउन्टेन फिल्म फेस्टिभलहरूले कोभिड-१९ का कारण भर्चुअल फेस्टिभलहरू गरिरहेका छन्।

फेस्टिभलमा देखाइने चलचित्रहरूले यसअघि झैं दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक विषयहरूतर्फ दर्शकहरूको ध्यान आकर्षित गर्नेछन् र ती विषयउपर सार्वजनिक संवाद र विमर्शको उठान गर्न सघाउनेछन् भन्ने आशा किम्फ आयोजक समितिले राखेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x