मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि दश श्ययाको अस्पताल तयार गएको हो ।
विद्यार्थी सङ्ख्या कम भएर नजिकैको अर्को विद्यालयमा प्राथमिक तह गाभिएपछि खाली रहेको सो विद्यालयको भवन उपयोग गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए ।
भीमसेन प्रावि नजिकै रहेको भीमसेन माविमा गाभिएपछि भवन खाली थियो ।
“अस्थायी अस्पताल बनाउन अन्य भवन थिएनन्, विद्यालयको खाली भवनको उपयोग गर्यौं”, उनले भने “कोभिड अवधिभर यो भवनमा अस्पताल रहनेछ ।”
पहिले क्वारेन्टाइन बनाइएको भवनमा श्ययाका लागि आवश्यक पूर्वाधार निर्माण गरेर अस्पतालका रुपमा विकास गरिएको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले जनस्वास्थ्य अधिकृत सातौँ तहका रामचन्द्र लामाको नेतृत्वमा चार जना खटाएको छ । दुई स्टाफ नर्स करार सेवामा छन् । एक कार्यालय सहयोगी पहिलेदेखि नै सेवारत छन् ।
“अस्थायी भए पनि अस्पताल हो, आवश्यक पूर्वाधार सम्पन्न बनाइएको छ”, प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले भने, “मितव्ययी हिसाबले बिरामीको हितमा अस्पताल चल्नेछ ।” अस्पतालको अनुगमन गाउँपालिकाले गर्ने तथा आवश्यक पूर्वाधार, उपकरण र औषधिको व्यवस्था गरिएको उनले बताए ।
गाउँपालिकालाई सङ्घीय सरकारले अस्थायी कोभिड अस्पतालको लागि रु १० लाख उपलब्ध गराएको थियो । रु पाँच लाख कर्मचारीको व्यवस्थापन र बाँकी रु पाँच लाखमा पूर्वाधार निर्माण गर्ने कार्यविधि छ ।
“सरकारले पाँच श्ययाको अस्पताल बनाउन भनेको थियो, हामीले दश श्ययाको बनायौँ”, अध्यक्ष थापाले भने , “सम्भावित बिरामी, जनशक्ति र पूर्वाधारका आधारमा श्यया बढाइएको हो ।”
गाउँपालिकाले चिकित्सकका लागि आवेदन मागे पनि नपरेपछि जनस्वास्थ्य अधिकृतलाई जिम्मेवारी दिएर थप प्रक्रियामा लागेको छ ।
काठेखोलामा हालसम्म ७८ सङ्क्रमितमध्ये ७४ जना निको भइसकेका छन् । अस्थायी अस्पतालमा दुई जनाले उपचार गराइरहेका छन् ।
अस्पतालमा रहेका सङ्क्रमितलाई आइसोलेसनमा दैनिक तीन पटक खानाको व्यवस्था गरिएको र कोभिड महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० र ७५ प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरिइको गाउँपालिकाले जनाएको छ ।
अस्पताल सञ्चालनपछि अक्सिजन आवश्यक बिरामीको काठेखोलामै उपचार हुनेछ । भेण्टिलेटर र सघन उपचार कक्षका आवश्यक बिरामीलाई मात्रै सदरमुकाम बागलुङ बजार पठाइने छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...