स्याण्डिलभित्र सुनका चार बिस्कुट भेटिएपछि

 
सुरक्षा व्यवस्था जति बढाए पनि सुन तस्करी अझै बढ्दो छ । केही सुरक्षाकर्मीको मिलेमतोमै छिर्छन् भने, केही तस्करको चलाकीका कारण । अहिले तस्करहरुले पनि सुन लुकाउन अनेक तरिका अपनाउँदै गएका छन् । जसले पत्ता लागि सकेपछि सबैलाई अचम्मित पार्छन् । 

भारतमा यस्तै घटना भएको छ । बुधबार एक महिलाको स्याण्डिलभित्र सुनका चार बिस्कुट बरामद भएको छ भने, ६ बिस्कुटसहित एक जनालाई प्लेनबाटै पक्राउ गरिएको छ । 


Advertisement

भारतीय एयर कस्टमले हावामा सुन तस्करीको नयाँ तरिका अपनाउन थालेकोबारे खुलासा गरेको छ । कोही स्याण्डिलमा त कोही प्लेनमा लुकाएर सुन तस्करी गर्दछन्, जस कारण प्रहरीलाई तस्कर समात्न मुस्किलै हुन जान्छ । एयर इन्टेलिजेन्स लगातार सुन तस्करलाई एयरपोर्टमा सूचनाका आधारमा स्पेशल चेकिङका बेला पक्राउ गरिरहेको छ । 

बुधबार चेन्नइ एयरपोर्टमा २ जनाबाट १ किलो १९ ग्राम सुनको बिस्कुट पक्राउ गरेको छ । जसको मूल्य करिब ९६ लाख बराबर रहेको बताइएको । छानबिनका क्रममा प्रहरीले यस्तो ठाउँमा सुन भेटायो कि अन्यत्र कतै चेकिङ गर्दा भेटाउन मुस्किलै पथ्र्यो । 


Advertisement

बुधबार इन्टेलिजेन्सलाई दुबईबाट फ्लाइटमा सुन तस्करी गरी ल्याउँदै गरेको सूचना मिलेको थियो । त्यसपछि फ्लाइटलाई स्पेशल चेकिङका लागि रोकियो । खानतलासीपछि विमानको सिटमा एउटा कपडाको स्पेशल डिजाइन गरेर पाउच बनाइएको थियो । सिटको एक पाइपमा यसरी फिट गरिएको थियो कि त्यसलाई फेला पार्न सजिलो थिएन । 

जब सिटबाट त्यो पाउच निकालियो त्यसमा ६ सुनका बिस्कुट थिए । जसको तौल करिब एक किलो थियो । त्यो पनि २४ क्यारेटको सुन । यो सुनको मूल्य करिब ८० लाख रहेको छ । 

यस्तै एयर कस्टमले ३० वर्षका विवेक मनोकरणलाई चेन्नइ विमानस्थलबाट संदिग्ध अवस्थामा पक्राउ गर्‍यो । विवेकले स्याण्डिल लगाएकी थिइन् । चेकजाँचमा खटिएका अधिकारीलाई स्याण्डिलको डिजाइन देखेर शंका लाग्यो ।

जाँचको क्रममा स्याण्डिलभित्र सुन लुकाएको पाइएको छ । केही दिनअघि एक व्यक्तिले यसरी नै चप्पलभित्र सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेकाले पनि तीन युवतीमाथि पनि अधिकारीले शंका गरेका थिए । 

विवेक पनि दुबईको फ्लाइटबाट एयरपोर्टमा उत्रिएका थिए । त्यहाँ जब अधिकारीले उनको स्याण्डिल खोलेर चेकजाँच गरेपछि सुन फेला परेको थियो । स्याण्डिलको स्ट्रिप्समा सेलो टेपले बाँधेर स–साना टुक्रामा सुन लुकाइएको थियो । विवेकको साथबाट सुनका चार बिस्कुट बरामद गरिएको थियो । यो सुनको मूल्य करिब ९६ लाख रुपैयाँ बराबर रहेको बताइएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्