३ म्यानवापर कम्पनीमा छापा

वैदेशिक रोजगार विभागले उपत्यकाका ३ वटा म्यानपावरमा छापा हानेको छ । 

भिजिट भिषामा नेपाली श्रमिकलाई विदेश पठाउन लागेको सूचनाको आधारमा स्काई अफ द वल्र्ड म्यानपावर प्रालि, सुर्खेत ओभरसिज प्रालि र इम्पावर ह्यूमन रिसोर्स म्यानेजमेन्ट प्रालिमा छापा हानेको वैदेशिक रोजगार विभागका निर्देशक टिकामणि नेउपानेले बताए ।


Advertisement

‘भिजिट भिषामा मानिसहरु विदेश पठाउन लागेको सूचनाको आधारमा छापा हानेका हौं,’ निर्देशक नेउपानेले लोकान्तरसँग भने, ‘श्रम स्वीकृती लिएर श्रमिक पठाउने म्यानपावर कम्पनीले भिजिट भिषामा पठाउनु गैरकानूनी हो ।’

कोरोना भाइरसका कारण विश्व कतिपय देशले श्रम स्वीकृति लिएर कामदार नमगाएका कारणले म्यानपावरहरुले भिजिट भिषामा वैदेशिक रोजगारीमा पठाउन चोरबाटो अपनाएका छन् । 


Advertisement

एक साता समयमा अगाडि पनि उपत्यकाका  २ म्यानपावर कम्पनीमा छापा हानेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्