×

NMB BANK
NIC ASIA

सुस्ताएको सुन बजारलाई बिहेको लगनले राहत

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मूल्यमा भइरहेको उतारचढावका कारण सुस्ताएको नेपाली सुन बजारलाई विवाहको लगनले राहत मिलेको छ । गत महिना शून्यसरह कारोबार मंसिरसँगै बढ्न थालेको छ ।

Muktinath Bank

अहिले दैनिक १५ देखि २० किलोको हाराहारीमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । गत वर्षको मंसिरको तुलनामा भने कारोबार ५० प्रतिशत नै कमी रहेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मंसिरमा बिहेको लगन हुने भएकाले चहलपहल र माग दुवै बढेको छ । गत वर्षको भन्दा यस वर्ष भने ५० प्रतिशतसम्म कम भएको अनुमान छ,’ शाक्यले भने ‘अहिले दैनिक १५/२० किलो कारोबार हुँदा भने केही राहत मिलेको छ ।’ कोभिड–१९ को महामारी र करिब तीन महिना लामो लकडाउनका कारण बजार सुस्त थियो । लगानी सुरक्षित गर्न लगानीकर्ताहरूले सुनमा लगानी गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको भाउ अस्वाभाविक रूपमा बढेको थियो । नेपाली बजारमा तोलाकै १ लाख रुपैयाँसम्म नाघेको थियो । मूल्यमा भइरहेको उत्तारचढावका कारण कारोबार दसैंतिहारका बेला पनि सन्तोषजनक हुन नसकेको व्यवसायी बताउँछन् । बिहेका लगनकै कारण बिस्तारै चहलपहल बढ्न थालेको विशाल बजारस्थित गणपति ज्वेलर्सका म्यानेजर श्रीराम पाठकले पनि स्विकारे ।


Advertisment
Nabil box
Kumari

‘लगनमा सुन किन्नैपर्ने अवस्था भएर बजार तातेको हो,’ उनले भने, ‘यसले बजारमा माग बढाएको छ । गत महिनाको भन्दा कारोबार राम्रो छ ।’ सुन किनेर राखौं भन्नलाई नभई आवश्यक परेकैले मात्र किनिरहेको उनको भनाइ छ । वैशाख, साउन, भदौ, असोज र मंसिरलाई सुनको कारोबार बढी हुने महिना हुन् । यो समयमा बिहेको लगन अन्य समयभन्दा धेरै हुने गर्छन् । अहिले समग्रमा २५ प्रतिशत कारोबार भएको निष्कर्ष निकालिएको महासंघका पूर्वअध्यक्ष शाक्यले जानकारी दिए । ‘तिहारमा पनि राम्रो कारोबार भयो,’ उनले भने, ‘लकडाउनमा रोकिएका बिहे तिहारपछि धमाधम हुन थालेका छन् ।’ एक समय तोलाकै १ लाख ३ हजार रुपैयाँसम्म पुगेको सुनको कारोबो लकडाउनका कारण शून्य थियो ।

Vianet communication
Laxmi Bank

‘अहिले ९० हजार रुपैयाँसम्म आइपुगेकाले मानिसलाई सास फेर्ने सक्ने अवस्था भयो,’ उनले भने, ‘रोकिएको विवाह गर्नैपर्ने स्थितिले सुन बजार तातेको छ ।’ महासंघका अनुसार मंसिर १५ गते छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको थियो । मंसिर १८ गते भने छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि नेपालमा सुनको मूल्य साउन २३ गते अहिलेसम्मकै उच्च छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ थियो । महासंघले चैत १० मा सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ तोकेको थियो । त्यति बेला सरकारले गत चैत ११ बाट लकडाउन घोषणा गरेपछि मूल्य निर्धारण रोकियो । २०७७ जेठ २५ मा भाउ निर्धारण गर्दा एक्कासि बढेर तोलाको ८७ हजार ३ सय रुपैयाँ पुग्यो ।

कोभिड–१९ को बढ्दो संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता प्रभावित भएको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् । त्यसैले लगानी सुरक्षित गर्न उनीहरू सुनतर्फ आकर्षित भएको उनको भनाइ छ । माग एक्कासि बढेपछि अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भयो । त्यसको असर नेपाली बजारमा पनि पर्‍यो ।

‘भाउ लगातार बढेर साउन २३ मा तोलाकै १ लाख ३ हजार ५ सय रुपैयाँ पुग्यो, त्यसपछि कोभिडको भ्याक्सिन आउने हल्लासँगै पुनः घट्यो । साउन २८ मा प्रतितोला ९५ हजार ४ सय रुपैयाँसम्म पुग्यो,’ शाक्यले भने, ‘खोपको कुरा विश्वासिलो नभएपछि भाउ पुनः बढ्न थाल्यो । भदौ २ मा प्रतितोला १ लाख सय रुपैयाँ पुग्यो ।’

पछिल्लो समय भ्याक्सिनको सफलताका समाचारसँगै भाउ पनि घट्न थालेको महासंघले जनाएको छ । मूल्य पुनः अस्थिर देखिएको शाक्यले बताए । कान्तिपुर दैनिकमा नुमा थाम्सुहाङले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x