×

NMB BANK
NIC ASIA

जाडो छल्न बेसी झर्न थाले भेडाका बथान

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् ।

Muktinath Bank

 बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका हुन् । मध्यबर्खामा झण्डै चार हजार मिटर माथिको उचाइमा पर्ने विभिन्न खर्कमा भेडा गोठ राखेका भक्तबहादुर कात्तिकपछि क्रमशः औलतर्फ झर्दै मङ्सिर लागेसँगै २०० बढी भेडाको बथानसहित गाउँघरमै आइपुगेका हुन् । “याम्फुदिन, सुरुम्खिम, कालीखोलाका विभिन्न खर्क हुँदै गाउँमै आइपुगियो, फागुनसम्म औलमै गोठ राख्नुपर्छ”, भक्तबहादुरले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिसो बढेसँगै भेडाले औलतर्फ झर्ने सङ्केत गर्ने उहाँको भनाइ छ । “गर्मी बढेपछि औलबाट क्रमशः उकालो चढ्छन्, तल झर्न मान्दैनन्, फेरि लेकमा जाडो बढेपछि ओरालोतर्फ झर्छन्, सोहीअनुसार गोठ सार्ने गर्नुपर्छ”, उनले भने । यता फुङलिङ नगरपालिकामा पर्ने फावाखोलाका गोपाल विष्ट पनि ३०० भेडाको बथानसहित फक्ताङलुङ गाउँपालिकामा पर्ने लेलेपमा झर्नुभएको छ । करिब चार हजार मिटरमाथिको उचाइमा पर्ने चेइराम, सेलेलेलगायतका क्षेत्रमा महिनौँ दिन बिताउनुभएका विष्ट जाडो बढेसँगै भेडी गोठ लिएर औल झरेका हुन् । केही दिन सोही क्षेत्रमा नै गोठ रहने र मङ्सिर अन्तिमतिर फावाखोला क्षेत्रमा आइपुग्ने उहाँको योजना छ । 


Advertisment
Nabil box
Kumari

प्रायः उच्च हिमाली क्षेत्र रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् ।

Vianet communication
Laxmi Bank

कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले हिमाली क्षेत्रका विभिन्न खर्क हुँदै यतिबेला भेडाका बथान बेँसीसम्म आइपुगेका हुन् । फागुनदेखि भने भेडाको बथान उकालोतर्फ नै लाग्छन् । ताप्लेजुङको फावाखोला, याम्फुदिन, खेवाङ, सुरुम्खिम, आङ्खोप, लिंखिमलगायतका करिब एक दर्जन किसानले भेडापालन गरेका छन् । केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्यरुपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ । 

“उच्च क्षेत्रका खर्कमा वन कुकुर, भालु, हिउँ चितुवाले आक्रमण गरेर धेरै भेडा मर्छन्, कति रोगले मर्छन्, अर्कातिर खर्कहरु मासिँदै गएका छन्, सामुदायिक वन क्षेत्रमा धेरै शुल्क तिर्नुपर्छ, जनशक्ति नपुग्दा स्याहार गर्न पनि गाह्रो छ”,  गोपाल विष्टले भने । गएको भदौमा मात्रै ३२ वटा भेडा वन्यजन्तुको शिकार बनेको विष्टको भनाइ छ । यस्तै दर्जनौँ भेडा जङ्गलमै हराएको समेत विष्टले बताए । 

भेडीगोठ लोप हुँदै गएको अवस्थामा यसको महत्व पनि थपिँदै गएको छ तर अनेकौँ समस्याले कतिपय भेडापालक किसान अन्य पेशा व्यवसायतर्फ लागेका छन् । वर्षौंदेखि भेडापालन गर्दै आएका फावाखोलाका चतुरमान इजम, भीमबहादुर कार्की, भीमबहादुर विष्ट, बलराम विष्ट र धनबहादुर विष्टलगायतले भेडीगोठ छाडेर अन्य पेशा व्यवसायमा लागेको स्थानीय कमल विष्टले बताउनुभयो । भेडा बहुउपयोगी जनावरको रुपमा लिने गरिन्छ ।

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ । यस्तै यसको मासुसमेत प्रायले रुचाउँछन् । ऊनबाट बनेका कपडा धेरै न्यानो हुन्छन् भने यसको घ्यू विभिन्न घाउखटिरा आउँदा, आगोले पोल्दा औषधिको रुपमा प्रयोग हुने गरेको बताइन्छ । पाल्न सक्दा राम्रो आम्दानीको स्रोत मानिने भेडीगोठको संरक्षण र वृद्धि विकासका लागि सरकारले थप अनुदानलगायतका सहुलियत प्रदान गर्न आवश्यक रहेको स्थानीय किसानको भनाइ छ । सन्तोष पुर्कुटी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x