×

NMB BANK
NIC ASIA

तालखर्कलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ को बरभञ्ज्याङ पुगेपछि बाक्लो बस्ती सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

क्षित्तिज देखिने थुम्का–थुम्का पहाडतर्फ झण्डै एक घण्टा यात्रा गरेपछि पुगिन्छ, तालखर्कअर्थात् ‘गुरुङ गाउँ’ । जति उकाली चढ्यो त्यति रमाइलो हुने पहाडी विशेषतामा रम्दै पुगिन्छ गुरुङ गाउँ । गुरुङ गाउँ पुगेपछि भने रमाइलोमा अझ रमाइलो र मौलिक विशेषता थपिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अग्ला थुम्का–थुम्का डाँडाको काखमा, वरिपरि जङ्गल र चौरको बीचमा रहेका करिब डेढ दर्जन घरको बस्ती हो तालखर्क । यहाँ गुरुङ समुदायको मात्रै बसोबास रहेको हुनाले यसलाई गुरुङ गाउँ पनि भनिएको हो । एकै समुदायको बसोबास भएकै कारण यहाँका बासिन्दाका आफ्नै मौलिकता र विशेषता छन् । आफैँमा पृथक पहिचान बोकेको तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास शुरू भएको छ ।


Advertisment
Nabil box
Kumari

पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना देखिएपछि तालखर्कका बासिन्दालाई घरबास (होमस्टे) सञ्चालन तथा पाक कलासम्बन्धी तालीम दिइएको छ । पर्यटक रमाउने यहाँका रमणीय क्षेत्र तथा वस्तु पर्यटकलाई चिनाउन स्थानीयवासीलाई प्रकृति प्रदर्शक तालीम सञ्चालन गरिएको छ । जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय यहाँको दीपज्योति युवा क्लबले यी तालीम सञ्चालन गरेको हो । तालीमका लागि रेडपाण्डा नेटवर्कको सहयोग र फालेलुङ गाउँपालिका–६ ले संयोजन रहेको थियो । 

Vianet communication
Laxmi Bank

तालखर्कलाई मुख्य प्राथमिकतामा राखेर सञ्चालित पाँच दिने तालीममा जिल्लाको फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका स्थानीयवासीसमेत सहभागी थिए । तालखर्कमा पूर्ण अर्गानिक खाना खान पाइन्छ । “हामीले यिनै अर्गानिक खानाका परिकार स्वादिष्ट बनाई पर्यटकको भोक मेटाउन, पर्यटकको स्वागत तथा सत्कार गर्न स्थानीयवासीलाई सक्षम र जागरुक गराएका हौँ”, दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले भने । लेकाली भेगमा मौसमअनुसार पाइने स्थानीय उत्पादन यहाँ पुग्ने पर्यटकले धित मरुञ्जेल खान पाउनेछन् । “यहाँका स्थानीयवासीका मौलिक रहनसहन, परम्परा र संस्कार छन् । यसले पर्यटकलाई झनै लोभ्याउने हाम्रो विश्वास हो”, बान्तवाले भने । 

तालखर्कको शिरमा यहाँका सबै जातिले समान आस्था र विश्वास राख्ने बूढीथाम धार्मिक पर्यटकीय क्षेत्र रहेको छ । यहाँसम्म सिँढी मार्ग विस्तार गरिएको छ भने भ्यू–टावर निर्माण भइरहेको छ । बूढीथाम क्षेत्र कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल सामुन्नेमा हेर्न निकै आकर्षक गन्तव्य मानिन्छ । तालखर्कबाट झण्डै एक घण्टा यात्रा गरेपछि सदावहार बगिरहने मुवा झरना पुगिन्छ । यिनै विशेषता रहेको तालखर्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त आधार रहेको ठान्नुहुन्छ यहाँका स्थानीयवासीलाई घरबास, पाककला तथा प्रकृति प्रदर्शनसम्बन्धी तालीम दिन चितवनबाट आइपुग्नुभएका रमेश चौधरी । “यहाँको आतिथ्यता र सत्कार नै सबैभन्दा उत्कृष्ट छ”, चौधरीले भने , “यस्तै यो स्थान चराको अवलोकनका लागि पनि उत्कृष्ट रहेछ ।” तालखर्कसहितका यहाँका उच्च पहाडी क्षेत्र रातोहाब्रे (रेडपाण्डा) समेत पाइने स्थान हो । “तालीमले तालखर्क पर्यटक भित्र्याउने उपयुक्त गन्तव्य बन्नसक्छ भन्ने देखिएको छ”, तालीमका प्रशिक्षक रमेश राईले भने , “स्थानीयवासी निकै जागरुक देखिएका छन् ।” यी स्थानका अतिरिक्त जिल्लाका अन्य स्थानमा समेत भ्रमण गर्न चाहने पर्यकटकका लागि लक्षित गरी तालखर्कभन्दा बाहिरका स्थानका स्थानीयवासीलाई प्रकृति प्रदर्शक तालीम दिइएको छ ।

फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा मौलिकताले भरिएको तालखर्कलाई पर्यटकीय गन्तव्य बनाउन घरबासलाई व्यवस्थित गर्नुपर्ने औँल्याउनुहुन्छ । “घरबासलाई व्यवस्थित गरी स्थानीय परिकार र मौलिकता सम्वद्र्धनमा हामी सबैको जोड हुनुपर्छ”, वडाध्यक्ष बान्तावले भने , “सरकारले गर्न नसकेको काम दीपज्योति युवा क्लबले गरेको छ । अब सरकारी सहयोग अवश्य प्राप्त हुनेछ ।” पर्यटकीय गन्तव्य निर्माणका लागि देखिएको सपना पूरा गर्न केही वर्ष लाग्ने भन्दै उनले अब उक्त स्थानमा गुरुङ समुदायको पहिचानसँग जोडिएको भेडापालनका लागि गाउँपालिकाबाट सहयोग जुटाउने बताए ।

स्थानीयवासीका लागि आयोजित तालीमको समापनका लागि तालखर्क पुगेकी प्रदेश १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले पर्यटन विकास र सोमार्फत स्थानीयवासीको आयआर्जन वृद्धिका लागि ग्रामीण पर्यटन प्रवद्र्धन अनिवार्य रहेको बताए । “हेला गरिएका स्थानीय उत्पादनबाट बाहिरका मान्छेलाई आकर्षण गर्ने र स्थानीयवासीले आयआर्जन अभिवृद्धि गर्ने होमस्टेको विकास ग्रामीण पर्यटन प्रवद्र्धनको मुख्य माध्यम बन्नसक्छ”, सभापति थेबेले भने , “यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्दै आएको छ ।” कोभिड–१९ को महामारीसँग जुध्ने क्रममा पनि तीनै तहका सरकारले पर्यटन विकासका कामलाई प्राथमिकतामै राखेको बताउँदै सभापति थेबेले अब पर्यटन क्षेत्रलाई खुल्ला गरी पूर्वाधार र प्रचारप्रसारमा जोड दिइनुपर्ने बताए । 

तालखर्कमा पर्यटन प्रवद्र्धनका लागि तालीमका अतिरिक्त दीपज्योति युवा क्लबले सबै स्थानीयवासीलाई आधुनिक चुलोसमेत वितरण गरेको छ । करिब रु ५५ हजार मूल्य पर्ने चुलो रु पाँच हजार ढुवानी खर्चमा स्थानीयवासीले प्राप्त गरेका छन् । क्लबले सबै घरमा घरबास सञ्चालनका लागि घरबास दर्ता र व्यवस्थापनमा समेत सहयोग गर्ने क्लबका कार्यकारी निर्देशक बान्तवाले जानकारी दिए ।

घरबास सञ्चालन, पाककला र प्रकृति प्रदर्शक तालीमले सानो गाउँको मुहार फेर्न र प्रशस्त आम्दानी लिनसक्ने बनाउन सहयोग पुगेको यहाँका स्थानीयवासीसमेत रहनुभएका फालेलुङ–६ का वडासदस्य कमल गुरुङले बताए । दुर्गम नै भए पनि अब तालखर्क पुग्न त्यति कठिन छैन । फिदिम–फालोट सडकले फालेलुङ–६ बरभञ्ज्याङसम्म जोडेको छ । यो सडक यसै आवमा कालोपत्रे पूरा हुने चरणमा छ । सोभन्दा माथिको क्षेत्रमा समेत गाउँपालिकाले रु २० लाख बजेट छुट्टयाइ सडक मर्मत गरेको वडाध्यक्ष बान्तवाले जानकारी दिए । रवीन्द्र काफ्ले,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x