×

NMB BANK
NIC ASIA

ओलीले नचाहँदा–नचाहँदै नेकपा संकट स्थायी कमिटीमा, भोलिको बैठकमा सहभागी होलान् ?

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकट समाधानका लागि स्थायी कमिटी बैठकमा छलफल गर्ने निर्णय शनिवारको सचिवालय बैठकले गर्‍यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले विवादलाई तल्ला कमिटीमा लैजान चाहेका थिएनन् ।

Muktinath Bank

ओली पक्षले सबै विवादहरू अध्यक्षद्वयबीच वा सचिवालय बैठकमै हल गरेर स्थायी कमिटीमा साझा प्रस्ताव लैजानुपर्ने कोसिस गरेको थियो । शनिवारको सचिवालय बैठकमा त्यही दृश्य देखियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले शनिवारको सचिवालय बैठकका ४ घण्टा भोलि स्थायी कमिटी बैठक राख्ने कि नराख्ने मन्थनमै बितेका जानकारी दिए । यसअघि ओली पक्षका नेताहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्वय मिलेर समाधान खोज्नुपर्ने र पार्टी बैठकहरू पर सार्नुपर्ने विषयमा प्रचण्डसँग छलफल गरेका थिए ।


Advertisment
Nabil box
Kumari

शनिवारको सचिवालय बैठकमा समेत प्रधानमन्त्री ओलीले विवाद समाधान नभई स्थायी कमिटी बैठक राख्न नहुने अडान लिएका थिए । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले अडान लिएपछि बैठक राख्ने निर्णय भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

आइतवार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने निर्णय भए पनि प्रधानमन्त्री ओली सहभागी हुनेमा शंका रहेको नेकपा स्रोतले जनाएको छ । ओलीका प्रस्तावबारे समेत छलफल गर्नुपर्ने भएकाले ओली सहभागी नभएको बैठक खल्लो हुने मत समेत नेकपामा छ । यसअघि मंसिर १७ गतेको सचिवालय बैठकमा ओली सहभागी नभएपछि शनिवारका लागि बैठक सारिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x