×

NMB BANK
NIC ASIA

नेकपा विवाद बहुमत–अल्पमतमा

मंसिर २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिबार विधिवत् रूपमा तोडिएको छ ।

Muktinath Bank

बहुमत सदस्यहरूको पहलमा शनिबार बसेको सचिवालय बैठक र त्यही बैठकका बहुमत सदस्यहरूबाट व्यक्त रायका आधारमा आइतबारका लागि स्थायी कमिटी बैठक तोकेर नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको हो । योसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साढे दुई वर्षअघिको समझदारीपत्रको पहिलो बुँदामै ‘आगामी एकता महाधिवेशन वैचारिक, राजनीतिक विषय एवम् नेतृत्व निर्माण र संगठनसम्बन्धी विषय अल्पमत, बहुमतका आधारमा नभई सहमति र समझदारीका आधारमा टुंगो लगाउने’ भनिएको छ । ‘पार्टी अब विधानअनुसार अगाडि बढ्ने भयो, एकताको महाधिवेशनबाट सहमतिका आधारमा नेतृत्व नछान्दासम्म सबै विषयमा समझदारीकै आधारमा अघि बढ्ने भन्ने पूर्ववर्ती सहमति अध्यक्षद्वयबाटै तोडियो, आज (शनिबार) सचिवालय बैठक बसौं भन्नेमा दुई अध्यक्षबीच सहमति थिएन,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘भोलि स्थायी कमिटी बैठक पनि सहमतिले होइन, कमिटीले राखेको हो ।’


Advertisment
Nabil box
Kumari

नेताहरूका अनुसार झन्डै साढे ४ घण्टा बसेको सचिवालयको बैठक आइतबार स्थायी कमिटी बैठक बोलाउने या नबोलाउने भन्नेमै केन्द्रित भएको थियो । बैठक सुरु हुनेबित्तिकै अध्यक्ष दाहालले स्थायी कमिटीको बैठक बोलाएर सचिवालयका सबै दस्ताबेज अध्ययनका लागि सदस्यहरूलाई दिने र केही समय लिएर सचिवालयमा फेरि छलफल चलाउनुपर्ने प्रस्ताव गरेका थिए । ‘हाम्रो पार्टीको गम्भीर प्रकृतिको समस्या थाहा छ । यसलाई छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर हामीले प्रस्ताव पेस गरेका छौं,’ दाहालले भनेका थिए, ‘सचिवालयमै निष्कर्ष निकाल्न सकिन्छ कि भन्ने पनि आएको छ तर स्थायी कमिटीको बैठक बोलाइसकिएकाले भोलि (आइतबार) त्यहीं प्रस्तावहरू लिएर जाऔं ।’

Vianet communication
Laxmi Bank

दाहालले स्थायी कमिटी सदस्यहरूलाई प्रस्ताव अध्ययन गर्न दिएपछि सचिवालयले फेरि केही दिन समय लिन सक्ने बताएका थिए । ‘बोलाइसकिएको स्थायी कमिटी बैठकलाई अनदेखा गर्न मिल्दैन, प्रस्तावहरू बाँडेपछि उहाँहरूसँगको सहमतिमा हामीले समय लिउँला,’ उनले बैठकमा भने ।

दाहालको उक्त प्रस्तावमा सचिवालय सदस्यहरू ईश्वर पोखरेल र रामबहादुर थापासहित दाहाल–नेपालपक्षीय सबै सचिवालय सदस्यहरूले समर्थन जनाए ।
महासचिव विष्णु पौडेलले भने समस्या बोकेर स्थायी कमिटीमा जानका लागि सचिवालय असफल भएकै हो त भनेर सोधेका थिए ।

उनको उक्त प्रश्नमा खनाल, माधव नेपाल र वामदेव गौतमले असहमति राखे । ‘सचिवालय काम नलाग्दो भयो भनेको के हो ?’ तीनै नेताको आशय थियो, ‘महासचिवले यस्तो कुरा गर्न पाइँदैन । स्थायी कमिटीमा जाने भन्दैमा सचिवालय असफल भयो भन्न पाइन्छ ?’

बैठकमा आफू र महासचिव पौडेलबाहेकका सदस्यहरू स्थायी कमिटीमा दस्ताबेजहरू बाँडेर सचिवालयमा पनि सहमति खोज्न थप समय लिने विषयमा सहमत भएपछि ओलीले असन्तुष्टि राखेका थिए । ‘यो पार्टीमा बल प्रयोग हुन थाल्यो, यो पनि बल प्रयोगकै बैठक हो । धेरै बल प्रयोग नगर्नुस्,’ उनले भनेका थिए, ‘प्रचण्डजीले ल्याएको लाञ्छनापत्र कुनै कमिटीमा छलफलयोग्य छैन, लान मिल्दैन, लगे पनि गालीगलौज र रत्यौली मात्रै हुने हो, त्यस्तो गालीगलौज र रत्यौली हुने बैठकमा म जान्नँ । तपार्इंहरूको तयारी पूरा भयो होला, आफ्नो तयारी पूरा भएपछि जाने हो भने त मेरो के लाग्छ र ?’ प्रधानमन्त्री ओलीले अहिले तयारी नपुगेको भन्दै स्थायी कमिटी बैठक केही समय पर धकेल्न आग्रह गरेका थिए । ‘मलाई दुवै पदबाट हटाउने चालबाजीस्वरूप नै स्थायी कमिटी बैठक डाकिएको हो तर म हट्दिनँ,’ बैठकमा उनले भने, ‘स्थायी कमिटी बैठक किन र के कामका लागि चाहियो ? यसलाई अहिले रोकौं ।’

प्रधानमन्त्रीले यसो भनेपछि खनाल, नेपाल र गौतमले ‘तयारीका लागि कति समय चाहिन्छ दिन्छौं, दिन तोक्नुस् तर स्थायी कमिटीलाई अनिश्चित समयसम्म धकेल्ने कुरा नगर्नुस्’ भनेका थिए । ओलीले दिन भने तोकेनन् । बरु आफूले दाहालको आरोपपत्र फिर्ता लिन समय मागेको भन्दै अब नचाहिने बताए । ‘गृहकार्यका लागि समय भनेको त मैले आरोपपत्र फिर्ता लिनका लागि हो, अब ती लाञ्छनापत्रहरूलाई स्थायी कमिटीमै बोकेर जाने हो भने समय चाहिन्नँ, गृहकार्य पनि चाहिन्नँ ।’

त्यसपछि वरिष्ठ नेता नेपालले ओलीले आफूलाई अझै सुपरम्यान ठानेको टिप्पणी गरे । ‘यति धेरै कुरा भइसक्दा पनि तपाईंले आफूलाई अझै पनि सुपरम्यान ठानिरहनुभएको छ, सहमतिमा जाऔं भन्दा त्यसो गर्नुहुन्न,’ उनले भने, ‘आफूलाई सच्याउनुस् । समस्या आजको होइन, उहिलेदेखिकै हो ।’ साढे ४ घण्टाको गलफतीपछि अध्यक्ष दाहालले आइतबार स्थायी कमिटी बैठक डाक्ने, अध्यक्षद्वयले धारणा राख्ने, दस्ताबेजहरू वितरण गर्ने कार्यसूची प्रस्ताव गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्षद्वयले धारणा राखेपछि स्थायी कमिटी सदस्यहरूलाई बढीमा ५ दिन अध्ययन गर्न समय दिने तयारी नेताहरूको छ । त्योबीचमा सचिवालय सदस्यहरूले पनि छुट्टै सहमतिका लागि संवाद गर्नेछन् ।

सचिवालयजस्तै स्थायी कमिटीमा पनि ओली अल्पमतमा छन् । ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका नेताहरू १२ जना मात्रै छन् । आफ्नो स्पष्टै अल्पमत भएकाले पनि ओलीपक्षीय नेताहरूले पछिल्लो समय बहुमत, अल्पमतको राजनीतिमा लाग्न नहुने बताउँदै आएका थिए । तर यसपालि पार्टी नेतृत्वमा देखिएको विवादले सैद्धान्तिक आकारसमेत लिइसकेकाले दुई अध्यक्षको तहमा सहमति गरेर कुरा मिल्न नसक्ने ठम्याइ दाहाल–नेपाल पक्षको छ । त्यसैकारण शनिबार ओली र दाहालका दुवै दस्ताबेजलाई अध्ययन गरेर साझा प्रस्ताव बनाउनुपर्ने सचिवालय सदस्य थापाको प्रस्ताव पनि अस्वीकृत भयो । ‘बादलजीले विवादको टुंगो सचिवालयबाटै लगाऔं, साझा प्रस्ताव बनाउन वामदेवजीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाऔं भनेर प्रस्ताव ल्याउनुभएको थियो,’ सचिवालयका एक सदस्यले कान्तिपुरसँग भने, ‘वामदेवजीले नै त्यसलाई अस्वीकार गर्नुभयो ।
हामीले पनि कार्यदलको औचित्य नरहेको बतायौं ।’

नेकपाको अन्तरिम विधानको धारा ६० मा बहुमतको निर्णय पार्टीको निर्णय हुने उल्लेख छ । यसअघि पार्टी निर्णयमा नेताहरू नेपाल र श्रेष्ठले बारम्बार असहमति जनाउँदा अध्यक्षद्वयको सहमतिमा निर्णयहरू हुने गरेका थिए । वरिष्ठ नेता नेपालले एकतायता तीन पटक ‘नोट अफ डिसेन्ट’ लेखेका छन् भने सचिवालयका निर्णयमा दर्जनौं पटक मौखिक असहमति पनि राखेका छन् । तर पार्टीको मियोका रूपमा रहेका अध्यक्षद्वयकै बीचमा सहमति नभएर बैठक बहुमतका आधारमा सञ्चालन हुन थालेको यो पहिलो पटक हो । स्थायी कमिटी सदस्यहरूले सचिवालय समस्या सिर्जना गर्ने थलो भएको भन्दै विवादको छिनोफानो गर्न आफूहरू तयार रहेको बताउँदै आएका छन् । तर नेतृत्वमा अत्यन्तै कटुता सिर्जना गरेको पछिल्लो विवादले अब कस्तो गति लिन्छ, टुंगो छैन । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x