×

NMB BANK
NIC ASIA

३ म्यानपावर कम्पनी ६ महिना निलम्बित

मंसिर २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन ठूला म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले ६ महिना निलम्बन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावर निलम्बनमा परेका हुन् । अब यी कम्पनीले निलम्बन फुकुवा नभएसम्म वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा श्रमिक पठाउन नपाउने विभागले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी कम्पनीले श्रमिक भर्ना प्रक्रिया नै उल्लंघन गरी कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता अगाडि बढाएका थिए । आफ्ना एजेन्टमार्फत अन्तर्वार्ताका लागि गोप्य भर्ती गर्न युवालाई भेला गरिएको थियो । उनीहरूले भेला गरेका युवाको अन्तर्वार्ता लिन कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागका उच्च अधिकारी काठमाडौं आएका थिए । विभागको टोलीले छापा मार्दा होप इन्टरनेसनलमा अन्तर्वार्ता लिइरहेका बेला कतारी अधिकारीहरूसमेत फेला परेका थिए ।


Advertisment
Nabil box
Kumari

कारबाहीमा परेका म्यानपावर कम्पनीका सञ्चालकहरूसँग बयान लिइने भएको छ ।

Vianet communication
Laxmi Bank

विभागका अधिकृत कुशल बरालले ती म्यानपावरको बयान कार्य आइतबारबाट सुरु गर्ने बताए । म्यानपावर कम्पनीले पेस गरेको लिखित जवाफ चित्त नबुझेपछि बयान लिन लागिएको हो । गत वर्षको पुसमा यी तीनवटै म्यानपावर कम्पनीले गोप्य रूपमा एक सय ७९ जना नेपालीलाई कतारी प्रहरीमा भर्ती गरेका थिए । त्यतिखेर यी म्यानपावरले भर्ती हुने युवासँग ८ देखि १२ लाख रुपैयाँसम्म असुल गरेको खुलेको थियो ।

वैदेशिक रोजगार ऐनअनुसार भर्नालाई पारदर्शी बनाउनका लागि सार्वजनिक सूचना जारी गर्नु अनिवार्य छ । नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण गरी विभागबाट पूर्वस्वीकृति लिई दैनिक पत्रिकामा सूचना जारी भएको सात दिनपछि मात्रै तोकिएको दिन अन्तर्वार्ता गर्नुपर्छ ।

दोस्रो चरणमा झन्डै ३ सय जनालाई भर्ती गर्ने तयारी थियो । दोस्रो लटमा भने २० करोड रुपैयाँको खेल भएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । संघले पनि यी म्यानपावरसँग स्पष्टीकरण सोधी कारबाही गर्ने निर्णय गरेको छ ।

विश्वकपलाई समेत लक्षित गरी सुरक्षा गार्डमा झन्डै १२ हजारसम्म नेपाली लैजाने कतारको योजना छ । प्रहरी सेवामा भर्ती हुनका लागि भने उमेर २५ देखि ३६ वर्षभित्र, उचाइ ५.८ फिटको हुनुपर्ने छ । करार अवधि ५ वर्ष तोकिएको छ । तालिमको समयमा तीन हजार रियाल र तालिम सकेपछि भने ६ हजार रियाल पाउने बताइएको छ ।

श्रम स्वीकृतिको प्रक्रिया छलेर भिजिट भिसामा पठाउने काममा संलग्न रहेको भन्दै विभागले तीनवटा म्यानपावर कम्पनीमाथि शुक्रबार छापा मारेको छ । एउटा म्यानपावर कम्पनीलाई सिल गरिदिएको छ ।

अनुसन्धान अधिकृत बरालको नेतृत्वमा गएको टोलीले स्काई अफ द वर्ल्ड म्यानपावर कम्पनी, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट र सुर्खेत ओभरसिजमा छापा मारेको हो । विभागले मल्टिपल ट्राभल एन्ट टुर्समा छापा मारेपछि यी म्यानपावर कम्पनीले भिजिट भिसामा श्रमिक पठाउने गरेको खुलेको थियो ।

ती म्यानपावरले मल्टिपललाई आफूले संकलन गरेको राहदानीलाई भिजिट भिसा लगाइदिन भन्दै पत्राचार गरेको तथ्य फेला परेको बरालले बताए । विभागले मल्टिपल ट्राभल्सको कम्प्युटरको सीपीयू नै जफत गरी अनुसन्धान गरिरहेको छ । विभागले सुर्खेत ओभरसिजको कार्यालयलाई भने सिल गरेको छ । दुई घण्टासम्म पर्खंदा पनि कार्यालय नखुलेपछि सिल गरेको बरालले बताए ।

मल्टिपल र स्काई अफ द वर्ल्डका सञ्चालक दिनेश राई हुन् । नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगरेपछि म्यानपावर कम्पनीले मोटो रकम लिई भिजिट भिसामा श्रमिकलाई पठाउन थालेको हो । वैदेशिक रोजगार ऐनले श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने कार्यलाई अपराध मानेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x