×

NMB BANK
NIC ASIA

‘६० देखि ७० प्रतिशतलाई खोप लगाउनुपर्छ’

मंसिर २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारी रोक्न नेपालमा ६० देखि ७० प्रतिशत मानिसले संक्रमणविरुद्घको खोप लगाउनुपर्ने विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाविरुद्धको खोप विकास नभएसम्म सामाजिक दूरी कायम राखी मास्क लगाउने, साबुनपानीले हात धुने, हावा ओहोरदोहोर हुने ठाउँमा बस्नेलगायत जनस्वास्थ्यका उपाय अपनाउन सुझाव दिँदै आएको छ ।

Muktinath Bank

‘त्यस्ता जनस्वास्थ्य उपायबिनै महामारी रोक्न न्यूनतम ९० प्रतिशत प्रभावकारी खोप ६० देखि ७० प्रतिशतलाई लगाउनुपर्छ,’ कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले भने, ‘तर खोपले गर्दा आम व्यक्तिको शरीरमा उत्पन्न हुने संक्रमणविरुद्घको रोग प्रतिरोधक क्षमता कति समयसम्म रहन्छ, त्यो अहिले भन्न सकिँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा ७० प्रतिशतले खोप लगाए करिब २ करोड १० लाख जनाले त्यो सुविधा पाउनेछन् । सरकारले जोखिम समूहमा रहेका र अन्यलाई खोप दिने नीति लिएको छ । कोरोना नयाँ भाइरस भएको तथा संक्रमण सुरु भएको वर्ष दिन नाघेकाले जानकारी र अनुसन्धान अभावले खोपको कभरेज कति हुनुपर्छ भन्ने यकिन जवाफ दिन मुस्किल रहेको डा. उप्रेतीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

विज्ञहरूका अनुसार करिब ७० प्रतिशत मानिसमा खोप दिँदा संक्रमण मात्र रोकिन्न मृत्युदरमा समेत कमी आउँछ । ‘रणनीतिक रूपमा प्रक्रिया पुर्‍याएर खोप लगाइयो भने सबैलाई खोप लगाउनु पर्दैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘हाम्रो उद्देश्य कोभिड संक्रमणको कडी तोड्नु हो । जोखिममा रहेका समूहलाई खोप लगाएर संक्रमणको विस्तार रोक्न सफल रह्यौं भने पूरै जनसंख्यालाई खोपको आवश्यकता हुन्न ।’

Vianet communication
Laxmi Bank

निश्चित संख्यामा भ्याक्सिनेसन गर्दा ठूलो समुदायमा भाइरसको प्रसारमा कमी आउने विज्ञको भनाइ छ । ‘खोप लगाउने व्यक्तिहरू मिलेर ठूलो स्तरमा समुदायलाई सुरक्षित गर्ने यो प्रक्रियालाई हर्ड इम्युनिटी भन्छौं,’ डा. ठाकुरले भने, ‘सामान्य भाषामा धेरैजसो व्यक्तिको शरीर भाइरससँग लड्ने स्थितिमा आउनु हर्ड इम्युनिटी हो ।’

स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार हाल सरकारको लक्ष्य सबै नेपालीलाई खोप दिने भए पनि १५ वर्षमुनिका बालबालिकामा खोप परीक्षणको निष्कर्ष नआएकाले उक्त समूह तत्काल खोप लगाउनुपर्नेमा परेन । मुलुकमा हाल ५५ वर्षभन्दा माथि उमेर समूहमा कोभिडको मृत्युदर धेरै देखिएको छ ।

तत्काल उपलब्ध हुने खोपमा सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीहरू छन् । यसपछि ५५ वर्षमाथिका र ४० देखि ५४ वर्षका दीर्घरोगी, अग्रपंक्तिमा काम गर्ने सामाजिक कार्यकर्ता छन् । जोखिम समूहलाई खोप दिएर कोभिडबाट प्रतिरोधी बनाउने प्रयास रहने डा. उप्रेतीले बताए ।

ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसनका अनुसार हाल विश्वमा क्लिनिकल परीक्षणअन्तर्गत पहिलोदेखि तेस्रो चरणसम्म १५ मुलुकमा ४३ खोप निर्माण भइरहेका छन् । तेस्रो चरणसम्म परीक्षणमा अमेरिकामा ११, चीनमा ११, जर्मनीमा ४, भारत र अस्ट्रेलियामा ३/३, बेलायत र रुसमा २/२ वटा खोपको निर्माण कार्य जारी छ ।

यस्तै, क्युवा, इटाली, जापान, साउथ कोरिया, कजाकिस्तान, ताइवान र सिंगापुरमा पनि एक–एक वटा खोपको विकास भइरहेको छ । हाल परीक्षणको चरणमा रहेका खोपमा सबैभन्दा बढी प्रोटिनमा आधारित १४ वटा छन् । यसपछि भाइरल भेक्टर खोप १३ वटा, न्युक्लिक खोप १० र भाइरसमा आधारित खोप ७ वटा छन् । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x