×

NMB BANK
NIC ASIA

त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै

मंसिर २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

\कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने जानकारी दिए । पुस ६ गते विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह आयोजना गरिँदैछ ।


Advertisment
Nabil box
Kumari

दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् । पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ । दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक सात हजार ८७ जना बढी विद्यार्थीले आवदेन दिन पनि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई छ÷सातवटा काउन्टर बनाएर शैक्षिक उपाधि वितरण गरिने योजना छ । विद्यार्थी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने पोसाकमै सजिएर प्रमाणपत्र लिनेछन् तर औपचारिकता गरिने छैन । तीन चार दिनमा सबै तहका प्रमाणपत्र वितरण गरिसक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।

यसपटक सबै विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउन नसके पनि त्रिविले टेलिभिजनबाट दीक्षान्त समारोहका प्रत्यक्ष प्रसारण गर्ने भएको छ । जुम प्रविधिबाट गर्न व्यावहारिक हिसाबले समस्या भएका कारण फरक खालको मोडालिटीमा कार्यक्रम गर्ने योजना बनाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए ।

विश्वविद्यालयले दीक्षान्त समारोह त्रिविकै केन्द्रीय परिसरको भवनमा गर्ने भएको छ । यसअघि धेरै विद्यार्थी सहभागिता हुने भएकाले त्रिविको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परिसरमा दीक्षान्त समारोह गर्ने गरिएको थियो । त्रिविको गत वर्षको दीक्षान्त समारोह पनि सोही परिसरमा गरिएको थियो जसमा १० हजार ३८४ जनाले दीक्षान्तमा प्रत्यक्ष सहभागिता जनाएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x