×

NMB BANK
NIC ASIA

हिउँदे विपद्को पूर्वतयारी तीव्र

मंसिर २१, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

सरकारले सम्भावित शीतलहर तथा हिमपातबाट हुने क्षति कम गर्न विपद्को पूर्वतयारी तीव्र बनाएको छ ।

Muktinath Bank

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था कार्यकारी समितिले चिसो मौसममा ‘सम्भावित शीतलहर तथा हिमपात प्रभाव न्यूनीकरण पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७७’ पारित गरेको छ । साथै त्यसलाई कार्यान्वयनका लागि काम अगाडि बढाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन पनि दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले चिसोजन्य विपद्का लागि तत्काल पूर्वतयारी थाल्न निर्देशन दिइएको हो ।


Advertisment
Nabil box
Kumari

बैठकलगत्तै प्राधिकरणले विपद्मा जुट्न स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका, २०७७ को मस्यौदामाथि बृहत् छलफल गरेको छ ।

Vianet communication
Laxmi Bank

सरकारको निर्देशन अनुसार प्राधिकरणले चिसोजन्य विपद्बाट आमजनतालाई सुरक्षा दिने कार्ययोजनामा काम थालेको प्रवक्ता जनार्दन गौतमले जानकारी दिए । उहाँका अनुसार कार्यान्वयनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइएको छ । त्यसका साथै चिसोबाट बच्न सचेतनामूलक कार्यक्रम स्थानीय भाषामै तयार गर्ने तयारी पनि सुरु भएको छ ।

कार्ययोजना अनुसार शीतलहरबाट अति प्रभावित बन्ने तराईका ११ जिल्लालाई १५ लाख रुपियाँसम्मको न्यानो कपडा, कम्बल र दाउरा लगायतको व्यवस्था गरिने छ । कम प्रभावित ११ जिल्लालाई १० लाख रुपियाँसम्मका सोही सामग्री प्रदान गरिने छ ।

हिमाल छोएका २१ हिमाली जिल्लालाई सात लाख रुपियाँ बराबरको र ३४ पहाडी जिल्लालाई पाँच लाखसम्मको न्यानो कपडा लगायतका सामग्री प्रदान गरिने छ । त्यस्तै विपन्न वर्ग, जोखिममा परेका समुदायलाई समेत न्यानो कपडा, दाउरा लगायतका जाडोबाट सुरक्षित राख्ने सामग्री वितरण गर्ने तयारी भएको छ ।

कार्ययोजनाको निर्देशन अनुसार जिल्ला, प्रदेशस्थित विपद् व्यवस्थापन कोषमा रहेको बजेटबाट खर्च गर्न भनिएको छ । यदि त्यस कोषमा बजेट नरहेको अवस्थामा प्राधिकरणमार्फत तोकिए अनुसारको सोध भर्ना लिएर भए पनि जाडोबाट आम नागरिकको जिउज्यानको रक्षा गर्न भनिएको गौतमले बताए ।

कम चिसो हुने अनुमान
यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । “हिउँदमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी सुक्खा र तातो हुने भएकाले कमचिसो हुने आकलन गरिएको हो,” वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले भन्नुभयो । विगतका वर्ष तुलनामा यस वर्षको हिउँदमा कम चिसो हुने प्रक्षेपण विभागले गरेको हो ।

पश्चिमी वायुको सक्रियता यस वर्ष नेपालमा कम हुने भएकाले पनि हिउँदमा वर्षा र हिमपात विगतभन्दा कम हुने अनुमान गरिएको छ । त्यसैले पनि औसतभन्दा कम चिसोको अनुभूति यसपटक हुने कँडेलले प्रस्ट पार्नुभयो । पश्चिमी वायुको प्रणाली दक्षिण एसियाको अफगानिस्तान, पाकिस्तान, भुटान, जम्मु–काश्मीर हुँदै नेपाल भित्रिने गर्छ । यी सबै क्षेत्रमा नै यस वर्ष अलिक सुक्खा र कम हिउँदे वर्षा रहने दक्षिण एसियाली जलवायु आकलन मञ्च (सास्कोफ)ले प्रक्षेपण गरिसकेको छ ।

सोही अनुसार नेपालको जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा यस वर्षको चिसो सरदरभन्दा कम हुने सम्भावना सार्वजनिक गरेको हो । बेलायत, अमेरिका, युरोप लगायतका मुलुकले तयार पारेको जलवायु प्रारूप (मोडल)ले पनि दक्षिण एसिया क्षेत्रमा हिउँदमा हिमपात गराउने प्रणाली कम आउने देखाएको छ । जस अनुसार सरदरभन्दा बढी तातो र सुक्खा हुने र वर्षा सरदरभन्दा कम हुने पूर्वानुमान गरिएको छ ।

चिसो बढ्दै गरेको मौसमसँगै शनिबारदेखि आकाशमा बदलीको अवस्था सुरु भएको छ । यति बेला भारतको पूर्वी उत्तरप्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीका कारण नेपालमा मौसम बदली र वर्षाको अवस्था ल्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा बदली बढी देखिएको छ ।गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x