×

NMB BANK
NIC ASIA

'राजावादी’ को प्रदर्शनमा प्रशासन मूकदर्शक

मंसिर २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राजसंस्था’ र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित ‘राजावादी’ हरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक आन्दोलन–२०७७ को ब्यानरमा शनिबार संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना, नागरिक सरकार र नागरिक आयोग गठनको मागसहित माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

Muktinath Bank

गृह मन्त्रालयले भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन देशभरका प्रशासनलाई परिपत्र गरे पनि प्रदर्शनकारीलाई कसैले रोकेन । पछिल्लो समय पूर्वराजाको पक्षमा देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार काठमाडौंसहित झापा र चितवनमा पनि प्रदर्शन गरिएको थियो । काठमाडौंमा भएको प्रदर्शनमा सहभागीले राष्ट्रिय झन्डा, पूर्वराजा ज्ञानेन्द्र र पृथ्वीनारायण शाहको तस्बिरसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बिहान ११ बजे माइतीघरमा भेला भएर नारा जुलुससहित बबरमहल हुँदै बानेश्वरमा पुगेर प्रदर्शन कोणसभामा परिणत भएको थियो ।


Advertisment
Nabil box
Kumari

सभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी, नेपाली सेनाका पूर्वसहायकरथी प्रेमसिंह बस्न्यात, चिकित्सक डा. मनोज झा, पूर्वसांसद ऋषिबाबु परियारलगायतले सम्बोधन गरेका थिए । प्रदर्शन आयोजना गर्नेमध्येका एक वरिष्ठ अधिवक्ता भण्डारीले माग पूरा नभएसम्म आन्दोलनलाई जारी राखिने बताए ।

Vianet communication
Laxmi Bank

गृह मन्त्रालयले उपत्यकासहित देशभर सभा–सम्मेलन, जुलुसलगायत भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गत साता परिपत्र गरेको थियो । गृहको परिपत्रपछि काठमाडौं प्रशासनले केही दिनअघि कोरोना महामारीको जोखिमलाई कारण देखाउँदै काठमाडौं प्रशासनले आमसभा, प्रदर्शन र विरोध जुलुस गर्न रोक लगाएको थियो तर राजावादीले प्रदर्शन रोकेनन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रदर्शन प्रशासनको अनुमतिबेगर भएको बताए । उनले भने, ‘प्रदर्शन हुँदै छ भन्ने अनौपचारिक मात्रै जानकारीमा आएको हो, आयोजकले अनुमति लिएका थिएनन् ।’ शान्तिपूर्ण प्रदर्शन भएकाले पनि प्रशासनले बल प्रयोग नगरेको उनले बताए ।

सत्तारूढ नेकपामा देखिएको आन्तरिक कलह, जनजीविकासँग जोडिएका समस्या थप बढ्दै जानु, भ्रष्टाचारजन्य गतिविधिमा वृद्धिलगायत विषय थपिँदै जाँदा नागरिक स्तरबाटै राजावादीको प्रदर्शनमा सर्वसाधारणको उपस्थिति पनि बढ्दै गएको छ ।

यही क्रममा पछिल्लो एक महिनायता धनगढी, नेपालगन्ज, सुर्खेत, बुटवल, पोखरा, चितवन, जनकपुर, हेटौंडा, विराटनगर र झापामा र्‍याली, जुलुस र सभा/प्रदर्शन भएका छन् । सरकार र सत्तारूढ दल नेकपाले जनजीविकासँग जोडिएका समस्या समाधान नगरेकै कारण राजावादीको प्रदर्शनमा मानिसको उपस्थिति बढेको पनि विश्लेषण गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x