×

NMB BANK
NIC ASIA

रुसले शुरू गर्‍यो कोभिडविरुद्ध खोप अभियान

मंसिर २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

– रुसले कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरेको छ । कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिइन थालिएको हो ।

Muktinath Bank

रुसमा निर्मित स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो । खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् । तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ । अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानी मस्कोमा खोपको पहिलो डोज लिन हजारौं सर्वसाधारणले आफ्नो नाम दर्ता गराइसकेका जनाइएको छ । तर रुसको उत्पादन क्षमता के–कति छ भन्नेबारे केही उल्लेख गरिएको छैन । उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार आगामी ६ साताभित्र सम्पूर्ण नागरिकलाई खोपको पहिलो मात्र दिइसकिनेछ ।


Advertisment
Nabil box
Kumari

नगर प्रमुख सर्गे सोब्यानिनका अनुसार मस्कोका विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसलाई खोप दिइँदै छ । खोपको थप मात्रा उपलब्ध हुँदै गर्दा खोप लिन इच्छुक मानिसको सूची पनि बढ्दै जाने उनले बताए । मस्कोमा मात्रै १ करोड ३० लाख जनसंख्या छ ।

Vianet communication
Laxmi Bank

खोप लिन योग्य ठहर्‍याइएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत नाम दर्ता गर्न पाउने व्यवस्था मिलाइएको छ । खोप लिने केन्द्रहरू स्थानीय समयानुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछन् ।

पछिल्लो ३० दिनमा कुनै अन्य खोप लिएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई कोभिड–१९ विरुद्धको खोप नदिइने जनाइएको छ । त्यसैगरी, दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोप लगाइँदैन ।
रुसमा कोभिड–१९ संक्रमितको संख्या २४ लाख ३२ हजारभन्दा बढी छ । भाइरसका कारण हालसम्म ४२ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन् । अधिकारीहरूका अनुसार शनिबार एकै दिन रुसमा २८ हजार ६ सय ८४ संक्रमित थपिएका छन् । राजधानी मस्कोमा शनिबार करिब ८ हजार संक्रमित थपिएका जनाइएको छ । पछिल्लो समय संक्रमण झन् थपिँदै गएसँगै अस्पतालहरू कोभिडका बिरामीले भरिएका छन् ।

अमेरिकामा खोप अनिवार्य नगरिने
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोभिड–१९ विरुद्धको खोप लिन नागरिकलाई बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्दकोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले पहिलोपटक आग्रह गरेपछि बाइडेनले यस्तो बताएका हुन् । सीडीसीले अमेरिका कोभिड–१९ को संक्रमण दर उच्च रहने समयमा प्रवेश गरेको बताएको छ ।

अमेरिकामा शुक्रबार मात्रै भाइरसका कारण २ हजार ५ सय संक्रमितको मृत्यु भएको थियो भने झन्डै २ लाख २५ हजार संक्रमित थपिएका थिए । अमेरिकामा शनिबार साँझसम्म १ करोड ४३ लाख ७५ हजार जना कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । २ लाख ८० हजारभन्दा बढीले ज्यान गइसकेका छन् ।

नोभेम्बर ३ मा भएको चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जनवरी २० मा पदभार ग्रहण गर्दै छन् । उनको शपथ ग्रहण समारोहमा ठूलो भीड नहुने अपेक्षा गरेको बाइडेनले बताएका छन् ।

कोभिडविरुद्धको खोप विकास गरेका फाइजर र मोडर्नाले खोप वितरणको अनुमति माग गर्दै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनमा आवेदन दिइसकेका छन् । क्लिनिकल परीक्षणका क्रममा आफूले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखाएको फाइजरले जनाएको छ । त्यस्तै खोप ९४ प्रतिशत प्रभावकारी रहेको मोडर्नाको दाबी छ ।

फाइजरले निर्माण गरेको खोपले बेलायतमा भने सार्वजनिक प्रयोगका लागि बुधबार अनुमति दिइसकिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक साताभित्र अमेरिकाले कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि अनुमति दिने विषयमा टुंगो लागिसक्ने जनाएका छन् ।

पिउ रिसर्च सेन्टरले गरेको एक अनुसन्धानमा करिब ६० प्रतिशत अमेरिकीहरू मात्रै कोभिडविरुद्धको खोप लिने मनस्थितिमा रहेका देखिएको छ । उक्त संख्या गत सेप्टेम्बरमा ५० प्रतिशतको हाराहारीमा थियो ।
बाइडेनले खोपबारे व्यक्त गरिएका सम्भावित चिन्ता कम गराउने पहलस्वरूप आफू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका थिए । त्यस्तै पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्लू बुस र बिल क्लिन्टनले पनि आफूहरू सार्वजनिक रूपमा खोप लिन तयार रहेको जनाइसकेका छन् ।कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x