×

NMB BANK
NIC ASIA

दक्ष जनशक्ति आकर्षित गर्दै बेलायत

मंसिर २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तत्कालीन प्रधानमन्त्री टेरेजा मे गृहमन्त्री छँदादेखि नै बेलायतले आप्रवासी नियन्त्रण आफ्नो मुख्य एजेन्डा बनायो ।

Muktinath Bank

सत्तारूढ कन्जरभेटिभको चुनावी एजेन्डा थियो अध्यागमन नियन्त्रण । लाखौं आप्रवासी घटाउने सरकारी लक्ष्यको चपेटामा अन्तर्राष्ट्रिय विद्यार्थी र वर्क परमिटमा रहेका विदेशी कामदार परे । भिसा अस्वीकृत, नियममा कडाइ । विश्लेषकहरू भन्छन्, ब्रेक्जिट मुद्दा आउनुको प्रमुख कारण थियो आप्रवासी नियन्त्रण ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रेक्जिट (बेलायत ईयूबाट बहिर्गमन) मुद्दा पनि सफल भयो । यही ३१ डिसेम्बरमा ब्रेक्जिटको संक्रमणकालीन ११ महिना अवधि सकिएसँगै बेलायतको अध्यागमन प्रणाली एकाएक परिवर्तन हुँदै छ । बेलायतले अब फेरि विश्वभरका उच्च दक्ष जनशक्ति भित्र्याउने घोषणा गरेको छ । खुबी हुनेलाई नेपालसहित विश्वभरबाट बेलायत आएर काम गर्न अब बाटो खुलेको हो ।


Advertisment
Nabil box
Kumari

ईयूसँग खुला आवतजावत अन्त्य भई अंकमा आधारित प्रणालीले युरोपेली र गैरयुरोपेली नागरिक सबैलाई समान नियम लागू हुनेछ । दशकौंदेखि निर्बाध रूपमा बेलायत प्रवेश गरेर बस्न, काम गर्न अनि पढ्न पाएका युरोपेली नागरिक अब वञ्चित हुनेछन् । बेलायत सरकारले गत मंगलबार (डिसेम्बर १) देखि अंकमा आधारित भिसा प्रणाली सुरु गरिसकेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका प्रतिभावान् तथा दक्ष कामदार भित्र्याउन नयांँ प्रणाली सुरु गरेको हो ।

Vianet communication
Laxmi Bank

जनवरीदेखि बेलायतमा काम गर्नका लागि ईयू मुलुकका बासिन्दा लगायत सबै विदेशी नागरिकले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन सुरु गरेका छन् । अनलाइनबाट भिसा आवेदन गर्न सकिनेछ । स्किल्ड वर्कर भिसाका लागि रोजगारदाताबाट जागिरको अफर, अंग्रेजीमा निपुण र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउन्ड हुन अनिवार्य छ ।

आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनुपर्नेछ । आप्रवासी कामदारहरूले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सिपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्नेछन् । भिसा आवेदन शुल्क ६ सय १० देखि १ हजार ४ सय ८ पाउन्ड, हेल्थकेयर सरचार्ज ६ सय २४ पाउन्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा १ हजार २ सय ७० पाउन्ड सञ्चित हुनुपर्नेछ । बेलायतबाहिरका आवेदकलाई सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।

सरकारले ईयूसँग खुला आवतजावत अन्त्य, आफ्नो सीमा नियन्त्रण फिर्ता र नयाँ अंकमा आधारित अध्यागमन प्रणाली लागू गर्ने प्रतिज्ञा पूरा गरेको जनाएको छ । सामान्य, प्रभावकारी र लचिलो यो प्रणालीले रोजगारदातालाई आवश्यकताअनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने गृहमन्त्री प्रीति पटेलको धारणा छ ।

सरकारले भिसाका अरू रुट पनि खुला गरेको छ । इन्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, मेडिसिन, कला र संस्कृतिका क्षेत्रमा असामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोबल ट्यालेन्ट भिसा र व्यावसायिक दक्षता एवं नयाँ सिर्जनात्मक सोच भएका व्यक्तिलाई इनोभेटर र स्टार्ट अप भिसाको रुट पनि खोलिएको छ । विश्वभरका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने गत ५ अक्टोबर, २०२० मै खुला भइसकेको थियो । सरकारको नयाँ घोषणाले नेपालबाट पनि दक्ष जनशक्ति बेलायत भित्रन बाटो खुलेको छ । ‘उच्च दक्ष व्यक्तिलाई बेलायत आउने यो राम्रो अवसर हो,’ लन्डनका एक जना सोलिसिटर राजु थापा भन्छन्, ‘ईयूसँग अलग्गिएपछि बेलायतले दक्ष जनशक्ति अभाव पूरा गर्न यो रणनीति ल्याएको देखिन्छ ।’

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवं ब्यारिस्टर प्रा.डा. सूर्यप्रसाद सुवेदी बेलायतमा संसारका उत्कृष्टमध्येका विश्वविद्यालय र कला एवं संस्कृतिको अनुपम संगम भएको मुलुक भएकाले यहाँको जीवनप्रति मानिस आकर्षित हुनु स्वाभाविक भएको बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x