×

NMB BANK
NIC ASIA

‘खोप भटाभट आउँदैछन्, सास र आश दुवै आएको छ मेरो ।’ मैले उसलाई बिहान हुन लागेको संकेत गरेँ ।

Muktinath Bank

‘तिम्रो आशा तिमी आफैँ राख ! कुरो बुझ्नु छैन ?’ उसले निकै बुझेझैँ गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बुझ्नुपर्ने कुरा नै के छ र ? अमेरिका र जर्मनीका कम्पनी फाइजर र बायोंटेकले खोप लगाउन शुरू गरे । मोडेर्नाले पनि शुरू गर्दैछ । अक्सफोर्ड/एस्ट्राजेनेकाले पनि स्वीकृति पायो । चीनका ५ खोप र रुसको स्पुत्निक भी पनि लाखौँ पाखुराभित्र पसिसके । अरू कम्पनी पनि रातदिन लागेका छन् ।’ मैले छोटकरीमा बताएँ ।


Advertisment
Nabil box
Kumari

‘अमेरिका र जर्मनीले किन माइनस ७० देखि ८० डिग्री तापक्रममा राख्नुपर्ने खोप बनाए थाहा छ ? सबै खोप आफुले मात्र लगाउन यस्तो रणनीति अपनाएका हुन् । मोडेर्नाले महंगो मूल्य राखेको जनता लुट्न हो । अक्सफोर्डको खोप बेलायतले क्याप्चर गरेको छ । चीन र रुसका खोपको भर छैन । क्लिनिकल ट्रयालमा कति मान्छे मरे, त्यसको खै लेखाजोखा ? कति मान्छेको स्नायु प्रणालीलाई असर गर्‍यो ? सीमित मान्छेमा गरेको परीक्षणले प्रमाणित हुनै सक्दैन,’ उसले टेबुल ठोक्यो ।

Vianet communication
Laxmi Bank

बोल्ने पालो मेरो थियो । तर उही बोल्यो – ‘खोप सुरक्षित भएको भए किन बालबालिकामा परीक्षण गरेनन् ? किन गर्भवती, सुत्केरी र गम्भीर रोगका बिरामीमा परीक्षण गरेनन् ? यस्तो जोखिम समूहलाई खोप नलगाएपछि अरूले पाखुरा किन दुखाउने ?’

मैले भनें – खोप निरन्तर अनुसन्धानको विषय हो । प्रभावकारिता बढाउँदै तथा पार्श्वप्रभाव घटाउँदै जाँदा खोप परिष्कृत हुँदै जान्छ । केही समयपछि बालबालिकाका लागि पनि खोपको अनुसन्धान हुन्छ ।’

‘तिमीलाई थाहा छ, खोप केले बन्छ ? गर्भपतन गराएका शिशुको फोक्सोबाट बन्छ ।’ अकल्पनीय कुरा गर्‍यो ।

‘त्यो असत्य हो । कुनै पनि खोप उत्पादन प्रक्रियामा भ्रुण कोशिकाहरू प्रयोग हुँदैनन्। कोरोना भाइरसको अनुवंश अर्थात प्रोटिन प्रयोग गरेर फाइजर र मोडेर्नाले खोप बनाएका छन् भने अरू कम्पनीले निस्क्रिय कोरोना भाइरसलाई रुघाखोकी लगाउने भाइरससँग मिलाएर खोप तयार गरेका छन् ।’ मैले प्रतिवाद गरें ।

वेटर कागजकलम बोकेर हाम्रो टेबुलमा आयो ।

‘मैले हनी विथ लेमन टी खाने । अनि तिमीले ?’

उसले वेटरलाई भन्यो – ‘दुई बोत्तल बियर, दुई प्लेट मोमो, एउटा साँधेको पिनट ल्याऊ !’

‘दिउँसै बियर खाने र भन्या ?’

उसले भन्यो – एउटा कुरा बुझिराख, यो फाइजर र मोडेर्नाको खोप छ नि, ती आरएनए भ्याक्सिन हुन् । ती खोप लगाएपछि हाम्रो डिएनए नष्ट हुन्छ । आम नरसंहारका लागि यी खोप ल्याइएको हो ।’

मैले भनें – त्यो कुरा गलत हो । यी खोपले हाम्रो इम्युन सिस्टमलाई कोरोना भाइरस चिनाउन र तीसँग लड्न तालिम दिने काम गर्छन् ।

‘तिमीलाई थाहा छ, यो महामारी फैलाउने, गरीब, बुढाबुढी तथा रोगीलाई मार्ने अनि जनसंख्या नियन्त्रण गर्ने बिल गेट्सको षड्यन्त्र हो । यो खोपमा फाइब जी माइक्रो चिप्स राखेका छन् । यसको रिमोट कन्ट्रोल उनीहरूको हातमा हुन्छ । उनीहरुलाई जुन बेला महामारी फैलाउनु छ, एक क्लिकमा तमाम गर्न सक्छन् ।’ उसले षड्यन्त्रको सिद्धान्त सुनायो ।

मैले प्रतिवाद गरें – ‘तिमी पूरै गलत छौं । बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनले गाभीमार्फत् अल्प विकसित ९२ देशका लागि अर्बौं डोनेसन दिएर नि:शुल्क वा एकदम सस्तो मूल्यमा खोप उपलब्ध गराउँदैछ । बिल गेट्सले आफूले कमाएको नब्बे प्रतिशत रकम सामाजिक काममा खर्च गरेका छन् ।’

‘बल्ल ठाउँमा आयौ । कोही किन अर्बौं डलर खर्च गर्छ ?’ ऊ आफ्नो दृष्टिकोणमा ठिंग उभियो ।

उसले भन्यो – ‘सय वर्ष पहिले फैलिएको स्पेनिस फ्लुमा रोगले पाँच करोड मान्छे मरेका थिए भने खोपले ५० करोड मान्छे मरेका थिए ।’

मैले भनें – ‘गलत । त्यो बेला इन्फ्लुएन्जाको कारण महामारी फैलियो कि ब्याक्टेरियाको कारण भन्ने थाहा थिएन । त्यसैले अमेरिका र बेलायतले ब्याक्टेरियाविरुद्धको खोप दिएका थिए । त्यो खोपले काम नगरे पनि खोपका कारण मान्छेको मृत्यु भएको थिएन । अमेरिका र बेलायतको नियत सही थियो ।’

मैले भनें – ‘मृत्युको मुख्य दुई कारणहरू थिए, प्रारम्भिक फ्लु संक्रमण वा भाइरसको कारण शुरू भएको ठूलो प्रतिरक्षा प्रतिक्रियाबाट फोक्सोलाई तरल पदार्थले भरेर धेरै मान्छेको मृत्यु भएको थियो ।’

 

उसले वेटरलाई बोलाएर भन्यो – ‘दुई बोत्तल बियर, दुईवटा सेकुवा र एउटा चिकेन चिल्ली ल्याऊ त !’

‘कोरोना भ्याक्सिनको डरलाग्दो कुरो अर्कै छ । यो खोप लगाएपछि महिलालाई बन्ध्याकरण हुन्छ । बच्चा नजन्मेपछि तथा बुढाखाडा मरेपछि जनसंख्या स्वत: नियन्त्रण हुन्छ ।’

‘कहाँबाट लिन्छौं हँ यस्ता नचाहिने कुरा ? कतै तिमीलाई गहिरो फ्रस्ट्रेसन त छैन ?’

उसले एक गिलास बियर स्वाट्ट तानेर भन्यो – ‘अमेरिकामा युगभले १६४० जनामा सर्भे गरेको थियो । ती मध्ये २८ % ले विश्वास गरेका छन् कि बिल गेट्सले खोपमार्फत् माइक्रोचिप्स राख्न चाहन्छ । ती मध्ये ४४ % रिपब्लिकनले यो दाबीलाई सत्य ठानेका छन् ।’

उसले भन्यो – ‘चुरोट मगाऊँ ?’

मैले भनें – ‘अहिलेसम्म पिएको छैन ।’

उसले आफ्नो लागि चुरोट मगायो ।

रुफटप रेस्टुरेन्टबाट हेर्दा बाटोमा भीड खुब हतारमा देखिन्थ्यो । अलिअलि साँझ पर्न लागेको थियो ।

चोकको भीड हेर्दा यस्तो लाग्थ्यो नेपालमा कोरोना महामारी सर्लक्क सकियो ।

उसले एस्ट्रेमा चुरोटलाई कच्याककुचुक गर्दै भन्यो – खोप आओस् नआओस्, मलाई त बाल । म खोप परीक्षण गर्ने गिनीपिग हुन चाहान्नँ । मेरो शरीर, मेरो अधिकार, मेरो स्वतन्त्रता । कसैले जबर्जस्ती खोप लगाउन पाउँदैन, बुझ्यौ ?’

‘कस्तो हावा कुरा गर्छौ यार ? खोप पाउन सजिलो ठानेका छौ ? के खोप उनीहरूका लागि लगाउने हो ? आफूलाई के ठानेका छौ ? तिमी खोपको कुनै गिन्तीमा पर्दैनौ । पायौ र मन लाग्यो भने लगाऊ, नत्र नलगाऊ । म त जसरी पनि लगाउँछु । खोप लगाउँछु, अनि एक वर्षको घाटा उठाउने र यो वर्षको नाफा कमाउने गरी काम गर्छु ।’ मैले दृढता व्यक्त गरें ।

‘त्यो असुरक्षित र काम नगर्ने खोपमाथि के-के हुन्छ हेर्दै जाऊ ! खोपको चोरी, डकैती, विभेद, भ्रष्टाचार । त्यति मात्र हैन खोप वितरणमा हुने विभेद तथा भ्रष्ट्राचारको कारण धेरै देशका सत्ता ढल्नेछन्, धेरै भ्रष्टले जुत्ताको माला लगाएर जेलमा बस्नेछन् ।’  उसले अर्को बियर थप्यो ।

‘पर्याप्त अनुसन्धान र परीक्षणविना हतारमा ल्याइएका खोपले धेरै मान्छेको मृत्यु हुनसक्छ, दीर्घकालीन पार्श्व प्रभाव हुनसक्छ । अहिले केही महिना प्रभावकारी भएपनि भाइरस म्युटेसन भएपछि यो खोपले काम नगर्न सक्छ । तसर्थ यो खोपलाई अपडेट गर्दै बुस्टर डोज लगाउनु पर्ने हुनसक्छ । अहिलेपनि ठूलो संख्यामा अमेरिकी तथा युरोपियनहरू यो वर्ष खोप लगाउन चाहेका छैनन् । पहिले स्वास्थ्यकर्मी र राजनीतिज्ञले लगाएर त्यसको नतिजा आएपछि मात्र आफूले लगाउने भनेका छन् । एउटा खोप स्थापित हुन चारदेखि दश वर्ष लाग्दछ । यो आपतकालीन खोप हो ।’ मेरो कुराले उसको मुहारमा सुर्योदय भयो ।

उसले फेरी बियर र चिकेन चिल्ली अर्डर गर्‍यो ।

‘मलाइ त पुग्यो यार !’

‘बाहुन भएर नि तीनवटा मात्र बियर खाने ? बाहुनको इज्जत नफाल न यार !’ उसले व्यंग्य गर्दै भन्यो -  हेर बाबु, मैले मेरो शरीरमा जानीजानी बाहिरी विषाक्त पदार्थ, अम्लीय पदार्थ, रासायनिक पदार्थ, सुक्ष्म चिप्स तथा भाइरसलाई प्रवेश कदापि गराउने छैन । खोप गलत भयो भने रगत बाक्लो गराउने, अक्सिजन घटाउने, रगतमा संक्रमण गराउने तथा मृत्यु समेत हुनसक्छ । तिम्रो हकमा तिम्रो शरीर, तिम्रो स्वास्थ्य, तिम्रो छनोट ।’

तल बाटोमा गाडीको भीड बढिरहेको थियो । मान्छेहरू पेट पाल्ने कर्म गरेर घर फर्किंदै थिए । ट्राफिक प्रहरीले फोक्सोमा अनेक गाडीबाट निसृत कालो धुँवा सेवन गरिरहेका थिए । धुलो उस्तै उडेको थियो । टेलिभिजनमा भने विकासको मूल फुटिरहेको थियो ।

उसको गफ अझै सकिएको थिएन । ऊ मुडमा थियो ।

‘तिमी आफैँ भन, साधारण रुघा, जनै खटिरोजस्ता सामान्य रोगको सयौंवर्ष खोप पत्ता लगाउन नसक्नेले रातारात कसरी कोरोना भ्याक्सिन बनाए ? हेर, यो जनसंख्या नियन्त्रण गर्ने, पेन्सन भुक्तानी घटाउने, इन्योरेन्स कप्लक्क खाने र संसारको पैसा बाँसको पात बटुलेझैं बटुल्ने ठूलो खेल हो ।’ उसलाई बियर लागेपनि तर्कले आफ्नो ठाउँमा खुट्टा टेक्दै थिए ।

मैले उसलाई भनें – ‘हेर, तिमी ठूलो भ्रममा छौं । विज्ञानको गतिशीलतालाई बुझ्ने प्रयत्न गर । एउटा साँचो कुरा के हो भने न्यून गुणस्तर र मिथ्या खोपले बजारमा कब्जा जमायो भने विनाशकारी कदम हुनसक्छ । त्यसले महामारीलाई झन् बढावा दिनेछ । ठूलो कमिसनमा काम गर्न अभ्यस्त हाम्रा शासक तथा प्रशासकले जस्केलोबाट नक्कली खोप नल्याउलान् भन्न सकिँदैन । यिनीहरूले स्वास्थ्य उपकरण खरिदमा आफ्नो औकात देखाइसकेका छन् । त्यस्तै खोपहरू नयाँ हतियार बन्नेछन् । खोपको कारण शक्तिशाली राज्यहरूले भू-राजनीतिक प्रभावलाई नियन्त्रण गर्न खोज्नेछन्। हामीले चीनको खोप किन्ने कि भारतको ? यो प्रश्न स्वास्थ्यसँग मात्र जोडिएको छैन ।’

‘जाऊँ यार रात पर्‍यो ।’  मैले उसलाई अनुरोध गरें ।

उसले भन्यो – ‘कति वर्षपछि भेट भएको भन त ? हतार नगर, म तिमीलाई घर पुर्‍याइदिन्छु । कोरोनाले गर्दा प्रहरीले मापसे चेक गर्दैन ।’

मैले भनें – ‘मापसे चेक हाम्रै लागि गर्ने हो । म ट्याक्सीमा जान्छु, तिमी पनि गाडी यहीँ राखेर ट्याक्सीमा जाऊ ।’

उसले बियर र चुरोट मगायो ।

उसले चुरोटको धुँवा उदाउँदै भन्यो– ‘कोरोना खोप अहिले धनी र शक्तिशाली देशको पकडमा छ । जुन कम्पनीको हेर्‍यो, अमेरिका, बेलायत, क्यानाडा लगायतका देशको बूकिङमा छन् । क्यानाडाले आफ्नो जनसंख्यालाई पाँचपटक दिन पुग्ने खोप बूकिङ गरिसकेको छ ।

बेलायतले जनसंख्याभन्दा ३ गुणा बढी खोप अर्डर गरेको छ । बीबीसीमा सुनेनौं, १४ प्रतिशत धनी देशले ५३ प्रतिशत खोप बूक गरिसकेका छन् । गरीब देशका जनताले खोप पाउन वर्षौं लाग्छ । यस्तै हो भने नेपालजस्ता अल्प विकसित देशमा बढीमा १० % ले मात्र खोप पाउँछन् ।’

मैले भनें – ‘कोभ्यास सुविधामा नेपालमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्याका लागि खोप आउँछ । त्यसपछि १७ % जनताका लागि अर्को चरणमा आउँछ भन्ने सैद्धान्तिक कुरा छ ।’

उसले भन्यो – ‘३ % स्वास्थ्यकर्मी र जेष्ठ नागरिकका लागि आउँछ, १७ % त्यति सजिलै आउनेवाला छैन । त्यो सीमित खोप शासक, प्रशासक, ब्यापारी र आसेपासेको पाखुरामा पुग्छ । देखाउनका लागि केही स्वास्थ्यकर्मी र आफन्त जेष्ठ नागरिकलाई दिन्छन् । महामारीमा भ्रष्टाचार गर्नेको मनमा कहिल्यै हरि हुँदैन । अहिलेको ताल हेर्दा नेपालमा आउने खोप यत्ति हो । अनि के हुन्छ थाहा छ ? भारतबाट ब्ल्याकमा किनबेचको व्यापार चल्छ । उस्तै परे टिटानस सुइको बाहिर कोरोना भ्याक्सिन लेखेको स्टिकर आउँछ ।’

मैले भनें – ‘त्यो स्तरको पाप त गर्दैनन् होला । सरकारको तयारी शून्यभन्दा माथि नै छ । ३ करोड नेपालीलाई पुग्ने खोप ल्याउनका लागि त्यो अनुसारको भण्डारण, परिवहन, सुरक्षण, खोप केन्द्र निर्माण, खोप लगाउने तालिम, खोप लगाउने मापदण्ड, त्यसको अनुगमन लगायतका धेरै विषयमा तयारी गर्नुपर्दछ । त्यसपछि सरकारले भारत वा चीनसँग प्रधानमन्त्री स्तरमा छलफल गरेर खोप बूक गर्नुपर्छ । विश्वभर खोपको भोकमरी चलेको छ । कसैले नि:शुल्क दिन्छ र लगाउँला भनेर हामीले सपना देख्नु हुँदैन । सर्वसाधारणका लागि सरकारले किनेर नि:शुल्क खोप दिनुपर्छ । किन्न सक्ने नागरिकका लागि कम्पनी र मूल्य तोकेर निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ ।’

उसले मुख बिगारेर भन्यो – ‘सरकारले के गर्छ थाहा छ ? कमिसनका लागि हामीले नै खोप खरिद गर्छौं भन्छ, अनि न आफूले ल्याउँछ, न निजीलाई दिन्छ । यहाँ भण्डारण, परिवहन, सुरक्षण आदिको अनुगमन हुँदैन । तापक्रम मिलेन भने खोप पानी हुन्छ । खोप ल्याउन त्यति सजिलो छैन । समयमा खोप पाउन नेपालले कि भारतका कम्पनीलाई खनखनी पैसा बुझाउनुपर्छ, कि चीनका कम्पनीलाई । कि सी जिनपिंगलाई कि नरेन्द्र मोदीलाई 'त्वमेव: माता च पिता त्वमेव:…' भन्नुपर्ने हुन्छ । चिट्ठी लेखेको भरमा खोप आउने कल्पना सोम शर्माको सातु जस्तो हो । यहाँका अधिकांश नेताले दुतावास धाएर वा व्यापारीलाई गुहारेर सुटुक्क खोप लगाएको शंका लागेको छ मलाई । खोप नलगाएका भए नाकमुनि मास्क लगाएर बैठक, सभा, भेटघाट किन गर्छन् ?’

उसले चिन्ता गर्‍यो – ‘हेर, मैले खोप कम्तिमा १ वर्ष लगाउँदिन । खोप लगाएर सुस्त मनस्थितिको भएँ भने ? मृत्यु भयो भने ? माइक्रो चिप्स घुसायो भने ? मेरी बूढीको बच्चा नहुने भयो भने ? तिमीले अघि भनेका थियौं नि, जबर्जस्ती गर्दैन भनेर । जबर्जस्ती गर्छ । खोपको प्रमाणपत्रविना प्लेन चढ्न, जागिर खान, यात्रा गर्न, भिसा लगाउन, फिल्म हल जान दिएन भने त्योभन्दा ठूलो जबर्जस्ती के हुन्छ ?’  उसले पुरानो कुरा दोहोर्‍यायो ।

मलाइ लाग्यो, उसलाई बियर लाग्यो । मैले भनें – ‘उठौं यार ! म खोप लगाउने, तिमी नलगाउने कुरामा हामी अडिग रह्यौं ।’

***

उसँग अर्को वर्ष अर्थात् २०७८ सालको मंसिरमा भेट भयो ।

उसले सोध्यो – ‘खोप लगायौ ?’

मैले भनें – ‘कहाँ लगाउनु ? आफैँ ज्वाइँ ल्याए, आफैँ ज्वाइँ खाए ।’

अनि तिमीले खोप लगायौ ?

उसले भन्यो – ‘म त उहिल्यै दिल्ली गएर खोप लगाएर आएँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x