×

NMB BANK
NIC ASIA

प्रशंसनीय व्यक्तित्व

प्रेरणादायी संघर्ष : अपाङ्गता भएकाहरूका लागि पथ प्रदर्शक गंगा

मंसिर २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नरबहादुर रायमाझी र हिराकुमारीको दोस्रो सन्तानको रूपमा जन्मिएकी गंगा रायमाझी जन्मिएको तीन महिनामै अपाङ्ग हुन पुगिन् । 

Muktinath Bank

घरभित्र सुताइरहेको अवस्थामा उनी ओछ्यानबाट गुल्टिएर अगेनाको भुङ्ग्रोमा परिन् । तत्कालै तम्घास ल्याएर उपचार गरिए पनि उनका दुवै खुट्टा आगोले पूर्ण रूपमा जलेका रहेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन महिनासम्म तम्घासमा उपचार गरेपछि गंगा तङ्ग्रिइन् तर उनको खुट्टा घुँडाबाट तल काटेर फाल्नुपर्‍यो ।


Advertisment
Nabil box
Kumari

गुल्मी मालिका गाउँपालिका वडा नम्बर ५ थाप्लेकी गंगा ताते–ताते गर्न समेत नपाउँदै अपाङ्ग बन्न पुगे पनि परिवारले कुनै दुःख, कष्ट नदिई उनलाई हुर्काए । 

Vianet communication
Laxmi Bank

गंगाको विद्यालय जाने उमेर भयो । घरनजिकै विद्यालय थिएन । दाइदिदी विद्यालय जाँदा गंगालाई पनि झोला बोकेर पढ्न जाने हुटहुटी चल्थ्यो, तर शारीरिक अवस्थाले विद्यालय जान सक्ने अवस्थामा थिइनन् ।

एकदुई दिन त बाबा, आमा र हजुरबुवाले उनलाई बोकेर विद्यालय पुर्‍याए पनि । तर, कहाँ दैनिक रूपमा बोकेर पुर्‍याउन सकिन्थ्यो र ? 

गंगाको मामाघर अर्जे भन्ने ठाउँमा नजिकै विद्यालय थियो ।

उनलाई पढाउनका लागि मामाघर लगियो । मामाघर बसेर खुट्टाका घुँडामा चप्पल अडकाएर चार हातखुट्टाले घिस्रिएर गंगाको पोखरीबारी माविबाट विद्यालय यात्रा शुरू भयो ।

गंगाको संघर्षदेखि विद्यालयका शिक्षक र साथीभाइहरू दंग पर्थे । कसैले खिस्सी पनि गर्थे । तर, त्यसप्रति कुनै ध्यान नदिई उनले विद्यालय यात्रा जारी राखिन् ।

राम्रोसँग पढ्दै गइन् । २०५९ मा एसएलसी परीक्षा दिन तम्घासको अर्जुन बोर्डिङ स्कूलको गेटबाट दुई घुँडामा चप्पल लगाएर घिस्रिँदै गरेकी गंगामा सोही विद्यालयका प्रिन्सिपल दानबहादुर केसी र गुल्मीका तत्कालीन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नजर पर्‍यो । 

पढाइ र उनको अवस्था देखेर उनीहरू दुवैले आगामी शैक्षिक शत्रदेखि उपचारका लागि सक्दो सहयोग बताए । एसएलसी परीक्षा सकेपछि उनको कृत्रिम खुट्टा राखेर हिँडडुल गर्न सहज बनाउन सकिने भन्दै उपचारका लागि पोखराको हरियोखर्क अस्पतालमा केसी र शर्माकै पहलमा गंगालाई लगियो ।

पोखरामा चार महिना बसेर उनले खुट्टा राखिन् । सोही समयमा न्यूजिल्याण्डका नागरिक रब काउन्न अस्पतालको निरीक्षणमा आएका रहेछन्, रबले त्यहाँ गंगालाई देखे ।

शारीरिक त्यस्तो अवस्था देखेका रबललाई गंगाले आफू एसएलसी दिएर खुट्टा राख्न आएको बताएपछि उनी खुशी भए ।

उनले अस्पतालमै गंगालाई सोधे– के पढ्ने इच्छा छ ? । गंगाले सीएमए पढ्ने आफ्नो चाहना भएको रबलाई बताइन् । 

चार महिनामा कृत्रिम खुट्टा राखेर उनी तम्घास फर्किइन् । त्यो बेलासम्म एसएलसीको नतिजा प्रकाशित भइसकेर उनी उत्तीर्ण भएकी थिइन् । तत्कालीन प्रजिअ शर्माले तम्घास इनस्टिच्युटमा सीएमए अध्ययानका लागि गंगालाई निःशुल्क भर्ना गराइदिए ।

अध्ययनका लागि सदरमुकाम बस्दा लाग्ने सबै खर्च भने उनै रबले न्यूजिल्याण्डबाट पठाइदिए ।

१५ महिनामा गंगाले सीएमए पास गरिन् । त्योसँगै विभिन्न तालिमहरू पनि गरिरहेकी थिइन् । त्यहीबेला जिल्ला अस्पतालका तत्कालीन प्रमुख डा. तारानाथ पौडेलले फोन गरेर करारमा जागिर खान आऊ भन्ने गंगालाई अफर गरे । 
भर्खर पढाइ सकाएकी थिइन्, गंगाले । उनले खुशी साथ अस्पतालमा जागिर शुरू गरिन् । न्यूजिल्याण्डका रब फेरि २०६३ मा अस्पतालको निरीक्षणका क्रममा गुल्मी आइपुगे । त्यो बेला रबले गंगालाई जागिरे देखेपछि अत्यन्त खुशी भए ।

गंगालाई आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्ने गरी एउटा संस्था सञ्चालन गर्ने चाहना विद्यालय पढ्दादेखि नै थियो ।  

तम्घास आएका रबले उनलाई फेरि सोधे– अबको तिम्रो इच्छा के छ ? गंगाले रबसँग निर्धक्क भएर भनिन्, ‘मजस्तै अपाङ्गता भएकाहरूको क्षेत्रमा काम गर्न चाहन्छु । उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा काम गर्छु ।’

त्यसपछि रबले एउटा संस्था खोल्न आग्रह गरे । त्यसका लागि आर्थिक सहयोग आफूले गर्ने प्रतिबद्धता गंगासँग रबले जनाए । 

रबले सहयोग गर्ने प्रतिबद्धतापछि गंगाकै पहलमा २०६३ सालमा तम्घासमा शुरू भयो आशा अपाङ्ग केन्द्र, जुन गुल्मीकै पहिलो अपाङ्ग केन्द्र थियो । संस्थाको अध्यक्ष जर्नाजन घिमिरे थिए भने गंगा उपाध्यक्ष । 

गंगा जिल्ला अस्पतालको करार जागिर छाडेर ०६३ पछि पूर्णकालीन सेवामा जोडिइन् । यसमा उनलाई माइली बहिनी राधिकाले पनि सहयोग गरिन् ।

आफू जस्तै अपाङ्गता भएकाहरूलाई पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको आशा अपाङ्ग केन्द्रमा अहिले पनि ८ जना बालबालिका बस्दै आएका छन् । 

केन्द्रमा शारीरिक र मानसिक अपाङ्गता भएकाहरूलाई पुनःस्थापना गर्ने गरी राखिन्छ । संस्थामा बस्नेहरूको संख्या घटबढ  भने भइरहन्छ । अप्ठ्यारो परेकाहरू समेत केन्द्रमा आउने भएकाले नियमित बस्नेहरू अहिले पनि ८ जना रहेका छन् । संस्थाबाट अहिलेसम्म ८ सयभन्दा बढीले सेवा लिएको गंगा बताउँछिन् । 

केन्द्रले अहिले जिल्लाभरि नै पुनःस्थापनाका कार्यक्रम गरिराखेको छ । कान नसुन्नेहरूलाई मेसिन दिने, हातखुट्टा नभएकाहरूलाई कृत्रिम हातखुट्टा दिने, ह्वील चेयर दिने, फिजियोथेरापी गर्ने काम केन्द्रले गर्दै आएको छ । यस्ता सामग्रीहरू संस्थाले काठमाडौंबाट मगाएर आवश्यकता अनुसार वितरण गर्दै आएको गंगा बताउँछिन् । 

अप्ठ्यारो परिस्थितिमा परिवार र आफन्तको साथ पाए असम्भव केही नहुने उनको अनुभव छ । आगोले जलेर गंगाको खुट्टा गुमे पनि परिवारले आत्मविश्वास गल्न दिएनन् । उनले पनि आत्मविश्वास बनाइराखिन् । 

अपाङ्गता भनेको असक्षमता होइन, आफू आत्मनिर्भर भएर अरूलाई पनि रोजगारी दिन सक्नुपर्छ भन्ने गंगाको भनाइ छ । 

‘दुर्घटना टार्न सकिँदैन, त्यसलाई सहजरूपमा स्वीकारे मात्र जीवनमा अघि बढ्न सकिन्छ । म पनि सानोमै दुर्घटनामा परेर अपाङ्ग बने । तर, कहिल्यै हिनताबोध गरिनँ । जीवनप्रति गुनासो छैन गर्व छ,’ उनी खुशीसाथ भन्छिन् ।

उनी गुल्मीका अपाङ्गहरूको मुहारमा चमक ल्याउन क्रियाशील छिन् । जीवन नै सुख र दुःखको संयोग रहेको गंगाको बुझाइ छ ।

गंगाकै पहलमा अहिले तम्घासमै संस्थाको दुईतले भवन समेत बनेको छ, जसका कारण अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापनाका लागि सहज भएको छ ।

उनले संस्था स्थापना भएपछि त्यहाँ ८ सयभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा दिएको गंगाले बताएकी छन् ।

केन्द्रलाई प्रदेश र स्थानीय सरकारहरूले अहिले सहयोग गरिरहेका छन् । 

शुरूआतका वर्षमा गंगालाई केन्द्र सञ्चालनका लागि विदेशबाट सहयोग आउँथ्यो । त्यति मात्र हैन, कृत्रिम हातखुट्टा र अपाङ्गता भएकाहरूलाई आवश्यक पर्ने सेता छडी, ह्वील चेयर पनि सहयोग स्वरूप विदेशबाटै आउँथ्यो, तर अहिले केही कम भएको छ । 

गंगाले अहिले स्थानीय तहसँग सहकार्य गरेर पुनःस्थापना कार्यक्रम गरिरहेकी छन् । पूर्ण अपाङ्गता भएकाहरूका लागि अपाङ्गमैत्री संरचना निर्माण गर्ने काम पनि केन्द्रले स्थानीय तहसँग मिलेर गरिरहेको छ । शारीरिक अवस्था कमजोर भए पनि उनी अर्काको कमाइमा आश्रित कहिल्यै भइनन् ।  

जागिर थालेपछि  गंगाको उच्च शिक्षाको यात्रा रोकिएको थियो । जागिरकै बीचमा केही महत्त्वपूर्ण तालिमहरू पनि लिइन् । संस्थामै पूर्ण समय दिइन् । 

उनलाई पढ्ने रहरको छाडेको थिएन । सेवा गर्ने क्रममै उनले कक्षा ११ र १२ तम्घासकै महेन्द्र माविबाट व्यवस्थापन विषयमा उत्कृष्ट अंक ल्याउँदै पास गरिन् ।

त्यसपछि अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातक उत्तीर्ण गरिन् । ‘लामो समय अध्ययनको ग्याप भए पनि रेगुलररूपमा ब्याचलर सकाएँ, अब मास्टर्स पढ्ने अन्तिम धोको छ,’ उनले भनिन् । 

अहिले गंगा दुई कृत्रिम खुट्टाको सहायताले सेवामा तल्लिन छन् । ०६३ सालदेखि सेवामा लागेकी गंगाले करीब एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरेकी छन् ।

२० भन्दा बढी देशहरू घुमिसकेकी छन् । उनले अमेरिकाबाट सन् २०१० मा स्ट्रङ लिटरसिप सम्मान पाइन् । महिला तथा बालबालिका गुल्मी, आमा सरास्वती मुभिज, रायमाझी कुलखान परिवार, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतको हातबाट दर्जनभन्दा बढी पुरस्कार पाइन् ।

संस्थाका लागि आर्थिक संकलन गर्नदेखि केही साथीको निमन्त्रणमा उनी विश्वका विभिन्न २० देश पुगेकी हुन् । हालसम्म उनी न्युजिल्याण्ड, सिंगापुर, अमेरिका, युके, जर्मनी, इटाली, क्रोएसिया, चेक रिपब्लिक, फ्रान्स लगायतका देशमा पुगेकी छिन् । भ्रमणबाट थप अध्ययन र प्रेरणा मिलेको गंगा बताउँछिन् । 

१४ वर्षदेखि अपाङ्गताको क्षेत्रका काम गरिरहेकी ३५ वर्षीया गंगाले धेरैलाई पुनर्स्थापना गरेर स्वावलम्बी बनाएकी छन् ।

अपाङ्गता भएकाहरूलाई केही अवसर दिएमा मात्र पनि अपाङ्गता भएकाहरूको जीवनस्तर उकासिने विश्वास गंगाको छ ।

गंगा अति न्यून आय भएका अपाङ्गता भएकाहरूलाई सीप सिकाएरै स्वरोजगार बनाउन सकिने बताउँछिन् ।

‘अपाङ्गता भएका व्यक्तिहरू दबिएर बस्ने नभई अवसरका लागि घरबाट निस्कनुपर्छ, लगनशील भएर लागेमा धेरै गर्न सकिन्छ, आफूलाई कमजोर ठान्नुहुँदैन,’ उनले भनिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x