×

NMB BANK
NIC ASIA

२ वर्षमा सक्नुपर्ने कामलाई ९ वर्ष

फेरियो जनकपुर विमानस्थलको रूप: पप्पुबाट खोसिएको टर्मिनल भवन त बन्यो, तर व्यापक अनियमितता !

मंसिर २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुर विमानस्थलको स्वरूप पूर्ण रूपमा फेरिएको छ । ४२ करोड रुपैयाँको लागतमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन बनाएपछि विमानस्थलको स्वरूप फेरिएको छ । 

Muktinath Bank

जनकपुर विमानस्थलका प्रमुख किरण गौतमका अनुसार ४१३४ वर्ग मिटरमा नयाँ टर्मिनल भवन बनेको छ । नयाँ टर्मिनल भवनको मुख्य विशेषता भनेको पूर्ण रूपमा स्टील तथा सिमेन्ट ब्लकले उक्त भवन बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३५ वटा सीसीटीभी क्यामेरा जडान हुनुका साथै फायर अलार्म, प्यासेन्जर अनाउन्समेन्ट सिस्टम, नेटवर्क सिस्टम, कम्युनिकेसन सिस्टम, एक्सेस कन्ट्रोलको व्यवस्था छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

खास गरेर नयाँ टर्मिनल भवनमा आमाहरूका लागि स्तनपान कक्ष (मदर्स रूम), स्मोकिङ एरियाका साथै रेस्टुरेन्टको सुविधा छ । ५१ वर्गमिटरमा एउटा भीआईपी कक्ष बनाइएको छ भने विमानस्थल सुरक्षाका लागि समेत पुलिस क्वार्टर बनाइएको छ । 

‘पुरानो टर्मिनल भवनमा सवारीसाधनका लागि पार्किङको पर्याप्त सुविधा थिएन तर अहिले कुल ८० वटा कार तथा १५० वटा मोटरसाइकलसहित पार्क गर्न सकिने पार्किङ एरिया समेत बनाइएको छ,’ विमानस्थल प्रमुख गौतमले भने, ‘पहिले साढे दुई तल्लाको टर्मिनल भवन थियो भने अहिले ६ तल्लाको बनेको छ ।’

एक साथ ४११ जना यात्रु उक्त टर्मिनलबाट आउन जान सक्ने सुविधा हुनुका साथै १७४ जना मानिसहरू एक साथ ब्यागेज लिएर बस्न सक्ने सुविधा भएको गौतमले बताए । 

पुरानो टर्मिनल भवनलाई भत्काउन लगाइएको छ, उक्त ठाउँमा जहाजहरू पार्क गर्नका लागि एप्रोन बनाउने तयारी छ । पहिले वर्षाको समयमा विमान ल्याण्ड गरेपछि यात्रुहरू पानीमा भिजेर नै अराइभलसम्म आउन बाध्य थिए, तर अब इन्डोरको सुविधा भएका कारण कुनै पनि यात्रुहरू भिज्नुपर्दैन ।

विमानस्थल प्रवेश गर्ने ठाउँमा एउटा प्रवेशद्वार बनाइएको छ भने प्रवेशद्वारदेखि टर्मिनल भवनसम्म राम्रो कालोपत्रे सडक बनाइएको छ । फूलहरू सहितको आकर्षक गार्डेन ठाउँ–ठाउँमा बनाइएको छ ।​

रात्रिकालीन उडानका साथ साथै यात्रुहरूको लगेज जाँचका लागि डिजिटल एक्सरे सुविधा छ ।

विगतमा एयरलाइन्सका तीनवटा काउन्टर राख्न समेत ठाउँ अभाव थियो भने अहिले कुल ६ वटासम्म काउन्टर राख्न सकिने ठाउँ छ । आगो निभाउने फायर दमकलसहित फायर ब्रिगेड हुनुका साथै विमानमा इन्धन भर्न नेपाल आयल निगमको स्टेसन नै बनाइएको छ । 

विमानस्थल प्रमुख गौतमका अनुसार दैनिक बुद्ध एयरको तीन वटा, श्रीएयरलाइन्स र यती एयरलाइन्सको एक–एकवटा गरेर कुल ५ वटा जहाजको उडान हुने गरेको छ । दैनिक ३५० देखि ३६० जना यात्रुहरू जनकपुरबाट काठमाडौं जाने तथा काठमाडौंबाट जनकपुर आउने गरेको उनले बताए । 

‘विगतमा भीएफआर (भिजुअल फ्लाइट रूल) माध्यमबाट सूर्योदय र सूर्यास्त हुनु अघिसम्म मात्र विमानस्थल सञ्चालनमा हुने गथ्र्यो तर २०७६ माघदेखि आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रूल) प्रविधि जडान भएका कारण रात्रिकालीन उडान समेत शुरू भएको छ,’ गौतमले भने, ‘अब काठमाडौंको विमानस्थलमा मौसम बिग्रेका कारण साँझ उडान नै स्थगित हुने गथ्र्यो भने अब रातिको समयमा पनि जहाजको उडान तथा अवतरण गर्न सक्ने सुविधा भएको छ ।’ 

निर्माणमा भ्रष्टाचार र गुणस्तरहीन काम 

अहिले निर्माण भएको टर्मिनल भवनमा व्यापक आर्थिक अनियमितता भएको छ । 

२ वर्षमा बन्नुपर्ने उक्त टर्मिनल भवन ९ वर्षमा मात्र सम्पन्न भएको छ । सिभिल एभिएसन अथोरीटी अफ नेपाल (क्यान)ले २०६८ सालमा नै पप्पु कन्स्ट्रक्सनसँग नयाँ टर्मिनल भवन बनाउने सम्झौता गरेको थियो । शुरूमा १८ करोड रुपैयाँको लागतमा दुई वर्षको म्यादसहित उक्त निर्माण कम्पनीसँग सम्झौता गरिएको भए पनि उक्त कम्पनीले विभिन्न बहाना देखाउँदै पटक–पटक म्याद थप गराएको थियो । 

क्यानकातर्फबाट नियुक्त भएका आयोजना प्रमुख नलविक्रम थापाका अनुसार पप्पुले यसअघि विमानस्थलको काम नै नगरेको तथा उसँग स्किल्ड म्यानपावर समेत नभएका कारण निर्माणमा ढिलासुस्ती भएको थियो । ‘फेरि हामीले पनि डिजाइनमा केही परिवर्तन गरेका कारण पनि हामीले भनेअनुसार उसले काम गर्न नसक्ने स्थिति भए पछि २०७४ सालमा उसको ठेक्का नै रद्द गरेर नयाँ इस्टिमेटसहित बाँकी कामका लागि ठेक्का लगाएका थियौं,’ आयोजना प्रमुख थापाले भने, ‘स्ट्रक्चर समेतको काम उसले सम्पन्न गरेको हुनाले उक्त कम्पनीलाई करीब २१ करोड २७ लाख रुपैयाँ जति भुक्तानी गरिएको थियो ।’ 

तर, पप्पूले राखेको ५ प्रतिशत धरौटी रकम भने क्यानले होल्ड गरेर नै राखेको थियो । ‘नेपाल सरकारले पप्पुलाई कालोसूचीमा राखेर कारवाही गर्दा उसले तिर्नुपर्ने कर नबुझाएको अवस्थामा हामीले आन्तरिक राजस्व कार्यालयलाई धरौटीबापतको करीब १० लाख ५० हजार रुपैयाँ जति पठाएका थियौं,’ थापाले भने । 

त्यसपछि बाँकी काम र फिनिसिङ गर्नका लागि २१ करोड २७ लाख ७ हजार ७३० रुपैयाँको लागतमा थेगिम, गाल्वा, उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरिएको थियो । पप्पुको सम्झौता रद्द गरेर नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएपछि काम शुरू गर्नका लागि पप्पुले साँचो नै दिइरहेको थिएन ।

‘२ वर्षको कामलाई ४ वर्ष लगाएको पप्पुले निर्माणाधीन कोठाहरूमा लगाएको तालाको साँचो समेत नयाँ निर्माण कम्पनीका प्रतिनिधिलाई बुझाउन पटक–पटक आनाकानी गरेपछि प्रहरी प्रशासनलाई गुहार्न बाध्य भएका थियौं,’ सहायक आयोजना प्रमुख गणेश थापाले भने, ‘पछि प्रहरी लगाएर साँचो लिन सफल भएपछि मात्र नयाँ कम्पनीले काम शुरू गरेको थियो ।’

१ वर्षमा काम सम्पन्न गर्नुपर्नेमा नयाँ कम्पनीले पनि काम गर्न सकेन । १७ महिनाको थप म्याद उसले पाएको थियो । थपिएको म्यादभित्र काम सम्पन्न भएको थापाले बताए । 

अहिले निर्माण भएको टर्मिनल भवनको आयु कति होला भन्ने प्रश्न त छँदैछ, गुणस्तर समेत कायम नभएको थापा नै स्वीकार गर्छन् । स्टील तथा सिमेन्ट बोर्डबाट मात्र बनेको उक्त टर्मिनल भवनलाई निरन्तर मेन्टेनेन्सको काम गर्नुपर्ने भएका कारण यसको भविष्य कस्तो होला भनेर अहिले नै भन्न नसकिने इञ्जिनीयर समेत रहेका सहायक आयोजना प्रमुख थापाले बताए । 

काम जनकपुरमा हुने तर काम गराउने निकाय काठमाडौंमा भएका कारण पनि कुनै अभिलेख, खर्च विवरण आदि यहाँ नभएका कारण टर्मिनल भवन निर्माणको काम पारदर्शी हुन सकेको छैन ।

निर्माण काममा के कति कसरी भुक्तानी भयो भन्नेबारे आफूसँग कुनै हिसाब–किताब नभएको, त्यसको सम्पूर्ण अभिलेख काठमाडौंस्थित प्राधिकरणसँग भएकाले दिन असमर्थ रहेको जनकपुर विमानस्थल प्रमुख गौतम बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x