×

NMB BANK
NIC ASIA

किसानको पीडा

सरकारलाई उखु किसानको प्रश्न– अब साहुलाई खेत बुझाएर हामी सडकमा बास बस्नुपर्ने हो ?

मंसिर २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उखु  बेचेर घर खर्च चलाउने र आफ्ना ५ सन्तान तथा २ भाइलाई शिक्षादिक्षा दिलाउने आशमा ३ वर्ष अगाडि सर्लाही गोडैटा नगरपालिका– ११ शिशोरीका रामकल्याण महतोले साहुसँग ३६ प्रतिशत ब्याजमा १ लाख ऋण लिएर ३ बिगाहा जग्गामा उखु लगाए । 

Sagarmatha Cement
Muktinath Bank

महतोले त्यो बेला ल्याएको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् । साहुले त्यसमा ब्याज जोडेर ४ लाख पुर्‍याएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो बेलामा १ वर्षमा उखु बेचेर तिर्ने वाचामा ऋण लिएका थिए, तर ३ वर्ष पुग्दा पनि चिनी मिलले पैसा नदिँदा ब्याजको स्याज, स्याजको पनि ब्याज गरेर साहुले ४ लाख पुर्‍याएको महतोले दुखेसो पोखे ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

‘उखु  बेचेर आफ्ना बालबच्चा पाल्छु भनेर उखु  लगाउन ल्याएको १ लाख ऋण अहिले ४ लाख पुग्यो, अब हामीले कसरी ऋण तिर्ने ?’ महतोले आफ्नो दुखेसो पोख्दै भने, ‘अब त सरकारले पनि नहेरे जग्गा बेचेर तिर्ने बेला आयो ।’

‘उखुको ५ लाखभन्दा धेरै पैसा लिनु छ । पैसा लिन बाँकी हुँदाहुँदै पनि अब हामीले खेत बेचेर साहुको ऋण तिर्ने र सडकमा बसेर माग्ने ?’ महतोले सरकारसँग प्रश्न गरे ।

अहिले घरपरिवार चलाउनै समस्या भएको उनले बताए ।

‘घर/परिवार चलाउन पनि समस्या छ । भएको पैसा उखुमा फस्यो । अब हामीले के गर्ने ?,’ महतोले लोकान्तरसँग भने ।

सर्लाही गोडैटा नगरपालिका– ११ माधवपुरका सञ्जयकुमार राउत ऋण लिएर उखुमा लगानी गरेर धेरै ब्याज तिर्न बाध्य भएकामध्ये अर्का किसान हुन् ।

उनले पनि उखु खेतीका लागि साहुसँग ३६ प्रतिशत ब्याजमा २ लाख ऋण ल्याएका थिए । उखु  बेचेर साहुको ऋण तिर्ने र घरपरिवार चलाउने योजनामा ऋण ल्याए तर चिनी मिलले पैसा नदिँदा अहिले ३ वर्षसम्म ब्याज समेत तिर्न सकेका छैनन् । साहुले पैसा नदिए खेत लगिदिने धम्की दिँदै आएको राउतले बताए ।

‘उखु लगाउन ल्याएको २ लाख ऋण अहिलेसम्म तिर्न सकेको छैन । साहुले खेत नै लैजान्छु भन्दैछ,’ राउतले दुखेसो पोखे, ‘अब सरकारले पैसा नमिलाइदिए साहुलाई खेत दिएर सडकमा बास बस्ने अवस्था छ ।’

ग्यारेजदेखि धर्मशालामा बास

आन्दोलनका लागि काठमाडौं आएका किसान यहाँका धर्मशालादेखि ग्यारेजमा बस्दै आएका छन् ।

गौशालाको धर्मशालामा बसेकाहरूले दैनिक ४ सय कोठाभाडा तिर्छन् ।

अध्यक्ष रायका अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघरमा आन्दोलनमा सहभागी हुन्छन् । 

तर उनीहरूको बस्ने ठेगान भने छैन । आन्दोलन सकिएपछि संघर्ष समितिका अध्यक्ष रामकुमार रायलाई कसलाई कहाँ सुताउने भन्ने चिन्ताले सताउने गर्छ ।

‘हामी अहिले कोही ग्यारेजमा, कोही धर्मशालामा बसेका छौं । आन्दोलन सकिएपछि साथीहरूलाई कहाँ सुताउने भन्ने चिन्ता हुन्छ,’ अध्यक्ष रायले लोकान्तरसँग भने ।

गौशालाको धर्मशालामा २ वटा कोठा लिएर २५ जना किसान बस्दै आएका छन् । बिहान बेलुकाको खाना धर्मशालाको क्यान्टिनमा खाँदै आएको उनले बताए ।

कांग्रेसको जुलुसमा किसानको कुरै उठेन

अघिल्लो वर्षजस्तै यस वर्ष पनि उखु किसानहरू आन्दोलनका लागि राजधानीमा छन् ।

यही बीचमा सोमवार कांग्रेसले देशव्यापी आन्दोलन गर्‍यो ।

काठमाडौंमा पनि कांग्रेसको जुलुस निस्कियो, तर जुलुसमा किसानका नाराले स्थान पाएनन् ।

माइतीघरबाट नेपाली कांग्रेसको जुलुस शान्ति बाटिकातर्फ जाँदै गर्दा उनीहरूले किसानको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएनन् ।

‘हामीलाई कुन पार्टी ? के पार्टी ? कस्तो पार्टी मतलब छैन । हामीलाई त केवल आफूले दुःख गरेर उत्पादन गरेको उखुको पैसा चाहिएको छ,’ अध्यक्ष रायले भने, ‘हाम्रो आन्दोलनलाई जसले समर्थन गरे पनि हुन्छ, तर हाम्रो पैसा चाहिन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x