कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
पुस १, २०७७
सिंहसार्थ बाहु गुठीले छायाँ सेन्टर स्थापना भएको जग्गामा कुनै पनि विवाद नरहेको बताइसक्दा पनि केही व्यक्तिहरूले अनावश्यक विवाद निकालेर दु:ख दिने काम गरेको गुनासो छायाँ सेन्टरका सञ्चालकहरूले गरेका छन् ।
ठूला व्यापारिक घरानाको लगानीमा काठमाडौंको ठमेलमा निर्माण भएको छायाँदेवी कम्प्लेक्सका सम्बन्धमा अनावश्यक विवाद निकालिएको र दु:ख दिने काम भएको उनीहरूको गुनासो छ ।
लामो समयदेखि सिंहसार्थ बाहु गुठीको नाममा रहेको जग्गामा कम्प्लेक्स निर्माण भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
यद्यपि अहिले सो गुठीले कम्प्लेक्समाथि कुनै पनि विवाद नरहेको भनी स्पष्टीकरण दिइसकेको छ ।
गुठीले जग्गामा कुनै पनि विवाद नरहेको भन्दै गत असोज २७ गते छायाँदेवी कम्प्लेक्सका नाममा पत्र पठाएको छ ।
सिंहसार्थ बाहु गुठीले असोज २७ गते पत्र काटेको थियो । कम्प्लेक्सले गत साउन १२ गते पठाएको पत्रको जवाफस्वरूप गुठीले सो पत्र काटेको हो ।
गुठीले जग्गामा विवाद नरहेको बताइसकेपनि केही व्यक्ति तथा समूहको व्यक्तिगत स्वार्थमा छायाँ कम्प्लेक्सलाई अनावश्यक विवादमा तानिएको कम्प्लेक्स सञ्चालकहरूले बताएका छन् ।
करीब ३० जना व्यवसायीको ६ अर्बभन्दा बढी लगानी रहेको कम्प्लेक्स ‘मिनी ठमेल’को रूपमा विकसित गर्ने गरी तयार भएको थियो । अहिले पनि कम्प्लेक्समा विभिन्न किसिमका व्यवसाय, होटल, ब्यूटी पार्लर, चलचित्र हल, सपिङ मललगायत धेरै व्यवसायहरू सञ्चालन हुँदै आएका छन् ।
छायाँदेवी कम्प्लेक्सका अध्यक्ष पृथ्वीबहादुर पाण्डे आफूबाट पैसा लिनका लागि केही व्यक्ति तथा मिडियाले कुप्रचार गरेको बताउँछन् ।
उनले विवादै नभएको विषयमा विवाद ल्याएर रकम असुल्ने प्रयोजनले केही व्यक्तिहरू लागेको गुनासो गरे ।
पाण्डेले लोकान्तरसँग भने, ‘केही मानिसहरूले पैसा खान र दुःख दिनलाई यस्तो गरेका हुन् । केही मिडियाले पनि पृथ्वीबहादुर पाण्डेबाट पैसा झर्छ भनेर यसरी भ्रामक प्रचार गरिरहेका हुन्, नत्र विवाद वा विरोध गर्नुपर्ने कुनै ठाउँ छैन ।’
उनले थपे, ‘गुठीसँग हाम्रो विवाद नै छैन । गुठीको एकजना मान्छे गएर नेवारको गुठी पाण्डेले लियो भन्ने अनि समुदायमा गलत प्रचार गर्ने गरेको अवस्था छ ।’
उनले लगानी दुरुत्साहन गर्नका लागि यस्तो विरोध गरिएको बताउँदै यथार्थमा कुनै विवाद नभएको बताए ।
यस्तै छायाँ सेन्टरका निर्देशक एवं पर्यटन व्यवसायी सुमन पाण्डेले नेवारी सम्पदाको नाममा आफूहरूमाथि केही समूहले आक्रमण गरेको बताए ।
लोकान्तरसँग उनले भने, ‘नेवारी सम्पदाको नाममा हामीमाथि आक्रमण गर्ने काम भयो, जुन कानूनीरूपमा तथ्यपरक छैन ।’
केही समूहले इमोसनल ब्ल्याकमेल गर्ने, लगानी दुरुत्साहन गर्ने तथा अनावश्यक लाञ्छना लगाउने काम गरेको भन्दै उनले झूटको खेती गर्नेहरूको विस्तारै पर्दाफास हुँदै गएको बताए ।
‘हामीलाई गलत देखाउन झुटको खेती गर्नेहरू अगाडि सरे । अब उनीहरूको विस्तारै पर्दाफास हुँदै गयो । उनी भन्छन्, ‘नेवारी सम्पदाको नाममा हामीमााथि आक्रमण गर्ने काम भएको थियो, अब भने नेवारी समुदायले बुझ्नुभयो ।’
नेवारी समुदायले यहाँ गरिएको लगानी विकास गर्नका लागि रहेछ भनेर बुझेको बताउँदै उनले अब नेवारी समुदायसँग मिलेर अगाडि बढ्ने बताए ।
उनले भने, ‘नेवारी समुदायले बुझ्नुभयो, यो लगानी विकास रहेछ, विकास रोकिनुहुँदैन । त्यसपछि उहाँहरू हाम्रो पक्षमा आउनुभयो ।’
उनले छायाँ सेन्टर नेपालको ‘बेस्ट र बीग’ प्रोजेक्टको रूपमा विकास गर्ने काम भइरहेको समेत बताए ।
छायाँ सेन्टरका म्यानेजिङ डाइरेक्टर महेश्वर श्रेष्ठ विवाद नै नभएको विषयमा विना कारण विवाद निकालिएको बताउँछन् ।
लोकान्तरसँग उनले भने, ‘कुनै बेला यहाँ पोखरी थियो, पछि समयक्रमसँगै यसलाई खरिदबिक्री गरियो र हामीले अहिले छायाँ सेन्टर बनाएका छौं । यसमा विवादको कुरा नै छैन ।’
उनले आफ्नो इगो पूरा गर्नका लागि केही व्यक्तिहरूले दुःख दिन खोजेको बताए । उनले भने, ‘अब केही विवाद छैन । स्थानीयहरूले पनि बुझिसकेका छन् ।’
यथार्थ बुझाउन नेवारी कार्यक्रमको झलक
सोमवार छायाँ सेन्टरको हलमा खचाखच भीड थियो ।
मुखमा मास्क लगाएर आउनेहरूमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ कलाकार निर शाह लगायतका कलाकारहरू तथा स्थानीय नेवारी समूदाय अग्रपंक्तिमा देखिन्थे ।
नेपाल भाषामा निर्माण हुन लागेको सामाजिक कथामा आधारित चलचित्र ‘लुँ यागु तक्मा’ (सुनको तक्मा) को शुभ मुहुर्त कार्यक्रम छायाँ सेन्टरमा राखिएको थियो ।
यो कार्यक्रम यहाँ राख्नुको आसय चलचित्रको शुभमुहुर्त गर्नु मात्र नभएर नेवार समुदाय र छायाँ कम्प्लेक्सबीच अब विवाद छैन भनेर देखाउनु पनि रहेको छायाँ सेन्टरका निर्देशक पाण्डेले बताए ।
उनले अब नेवार समुदायसँग जग्गाको विषयमा विवाद नरहेको उल्लेख गर्दै अन्य केही व्यक्ति वा संस्थाले विरोध गर्नुको तुक नहुने जिकिर गरे ।
उनले भने, ‘आज सबै सम्पदा अभियन्ता र समाजसेवीहरू यो कार्यक्रममा सरिक हुनुभएको छ । समाजमा छायाँ सेन्टर नेवारी सम्पदाविरोधी भनेर चित्रण गर्न खोज्नेहरूका विरुद्ध आज उहाँहरूले साथ दिनुभएको छ ।’
उनले थपे, ‘यहाँको सम्पदा र स्रोत, युवा शक्ति परिचालमा हामी सबै मिलेर अगाडि बढ्छौं, ज्वलन्त उदाहरण आजको कार्यक्रम हो ।’
स्थानीय भन्छन्– विवाद छैन, विवादमा पार्न खोजियो
छायाँ सेन्टरमा जग्गामा विवाद नभएको र केही व्यक्ति तथा समूहले विना कारण विवादमा तान्न खोजेको स्थानीयहरू बताउँछन् ।
जग्गा विवाद गर्नै नपर्ने विषय रहेको भन्दै एक स्थानीयले अहिले केही व्यक्तिहरूले विवाद निकालेको बताए ।
उनले नाम नबताउने भन्दै लोकान्तरसँग भने, ‘अहिले कुनै विवाद छैन, हामी छिमेकीले पनि पहिले त चित्त नबुझाएको हो, निर्माण हुनुअगावै । पछि उहाँहरूले हाम्रा माग मान्नुभयो अनि हामीले बनाउन दिएका हौं ।’
पहिला कमलपोखरी भएपनि गुठीले नै जग्गा बेचिसकेपछि अहिले बाह्य व्यक्तिले अनावश्यक विवाद निकालेको उनले बताए ।
ठमेल साविक २९ नम्बर वडा (हाल २६ नम्बर)का पूर्व वडाध्यक्ष विश्वम्भरलाल प्रधानले स्थानीय र छायासेन्टरबीच कुनै किसिमको विवाद नरहेको बताए ।
उनले भने, ‘केही व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि विवाद निकालेका हुन्, नत्र स्थानीय समुदाय र छायाँ सेन्टरबीच विवाद छैन ।’
के छ गुठीको पत्रमा ?
छायाँदेवी कम्प्लेक्सलाई सिंहसार्थ बाहु गुठीले असोज २७ गते पत्र काटेको थियो । कम्प्लेक्सले गत साउन १२ गते पठाएको पत्रको जवाफस्वरुप गुठीले सो पत्र काटेको हो ।
१५ रोपनी जमिनमा फैलिएको यस क्षेत्रको १२ रोपनी जग्गा केही समयअगाडि सिंहसार्थ बाहु गुठीको नामको पोखरी रहेको पत्रमा बताइएको छ ।
२०२५ जेठ १७ मा पेश गरिएको लगतअनुसार कमल पोखरी र डिलको कित्ता नम्बर १६७ को क्षेत्रफल १२–१३–२ गरी जम्मा २६–८–० क्षेत्रफलको जग्गा केशर शमशेर जबराले १९६७ माघ २९ गते कब्जमा लिएको देखिन्छ ।
उनको मृत्युपछि उनका छोरा केयुर शम्शेर जबराको कब्जाबाट छुटाएर गुठीको हक कायम गरी पाऊँ भन्ने मुद्दामा २०३१ माघ २२ गते सर्वोच्च अदालतले पुनरावेदन गर्दै सो पोखरी र डिल समेत सिंहसार्थ बाहु गुठीको नाममा दर्ता कायम राख्ने गरी केयुर शमशेरबीच २०३३ पुस ३ गते मिलापत्र भएको गुठीले कम्प्लेक्सको नाममा पठाएको पत्रमा स्पष्ट पारेको छ ।
यस्तै पोखरीको डिलको जग्गामा २०३३ सालको सर्वे नापीको फिल्डबूकमा फिल्डमार्सल केशर शमशे मोहीमा र जग्गाधनीमा गुठी कायम गरिएको थियो ।
यस्तै गुठीलगत तथा तहसिल कार्यालय भद्रकालीको २०३९ जेठ २१ गतेको पत्रबाट जग्गाको कित्ताहरूको मोही नामसारी भई केयुर शमशेर कायम भएको र उनको मृत्युपछि २०४४ माघ २४ गतेको कार्यालयको निर्णयबाट अम्बिका राणाको नाममा मोही नामसारी भएको थियो ।
गुठी संस्थानबाट २०४७ चैत १४ गते राणा र शंकरप्रसाद शाहको नाममा गुठी रैतानी भएको र जग्गाधनी प्रमााणपत्र पूर्जा पाएको देखिएको गुठीको भनाइ छ ।
२०४७ माघ १८ गते गुठी रैतानी भइसकेको निर्णयलाई बदर गर्दै सोही साल चैत १४ गते पुन: अर्को निर्णय गरिएपछि पुनरावेदन अदालत पाटनबाट गुठी संस्थानको पहिलो निर्णय कायम राखेको र पछिल्लो निर्णय बदर हुने गरी २०५३ जेठ २५ मा फैसला भएको गुठीले बताएको छ ।
२०६२ असार १६ गते काठमाडौं जिल्ला अदालतका न्यायाध्शिको रोहब्रमा अम्बिका राणा तथा गुठीका गुठीयार थकालीहरूबीच मिलापत्र भएको बताउँदै त्यसपछि अहिलेसम्म कुनै पनि विवाद नरहेको गुठीले जनाएको छ ।
हेर्नुहोस्, पत्र :
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...