×

NMB BANK
NIC ASIA

कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन पोखरामा विगतमाझैं पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान), पोखराले अंग्रेजी नयाँ वर्ष अवसरमा पुस १५ देखि १७ गतेसम्म लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव तयारी गरेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरामा बुधवार पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्टलगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनका लागि महोत्सव तयारी गरिएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

विगतमा पुस १३ देखि १७ सम्म ५ दिनका लागि हुने महोत्सव यसपालि छोट्याएर ३ दिनमात्र गर्न लागिएको हो । महोत्सव विगतमा झैं शहीदचोकदेखि हल्लनचोकहुँदै जरेबरसम्मको करीब ३ किमी क्षेत्रफलमा हुनेछ । 

Vianet communication
Laxmi Bank

विगत ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरू विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको महोत्सव संयोजक वसन्त गौतमले जानकारी दिए । 

अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रूपमा प्रबद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् । यसपालि तडकभडक र तामझाम भने हुने छैनन् । 

यसैबीच, पोखराका होटलहरुले विगतमा कोठामा ५० प्रतिशत छुट दिने घोषणा महोत्सव अवधिसम्म पनि कायम राख्ने जनाएका छन् । 

महोत्सव सफल पार्न गौतमको संयोजकत्वमा गठित समितिमा सचिव भीष्मराज पौडेल र सहकोषाध्यक्ष रोशनजंग कार्की सहसंयोजक चुनिएका छन् । 

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ हुने पोखरा सडक महोत्सव नेपालमै ठूलो क्षेत्रफलमा हुने महोत्सवको रूपमा चिनिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x